उद्दारमा महिला मेयर
महिलाहरुको नेत्रित्व कमजोर हुन्न भन्ने छनक दिन खोज्दै छन्, रेणु दहालले । साह्रै विवाद र आलोचना खेपेकी उनी अन्तत भरतपुर महानगरपालिकाको मेयरमा त जितिन् । तर त्यो जितलाई सिद्द गर्न सक्छिन् कि सक्दिनन् धरमर र आशंका बाँकि छन् । महिलाहरुको नेत्रित्व पुरुषको भन्दा कमजोर हुन्छ भन्नेहरुकालागि उनले अहिले गैरहेको बाढिबाट पिडितहरुकालागि उद्दारमा खटेर गतिको जवाफ दिन खोजेकि छन् । यो सहयोग र उद्दारसितै आफ्नो ब्यक्तित्व र साहस उँचो बनाउने कोसिसपनि गरेकि छन् । साथै नगरवासीलाई आफ्नो नेत्रित्वप्रति आश्वस्त पार्ने मौकापनि उनले छोपेकि छन् ।
देशभरि परेको ठूलो वर्षाले धेरै ठाउँमा क्षती गर्यो । तराईका धेरै ठाउँ डुबानमा छन् । चितवनमापनि रापती र नारायणी नदी बहुलाउँदै आएर धेरै गाउँ डुबानमा परे । धेरैको बिल्लिबाठ हुन लाग्यो । त्यो देखेर मेयर रेणु दहाल आफैं उद्दारमा खटेकि छन् । उनले आफ्नो संगठनका नेता, कार्यकर्ता, शुभेच्क्षुक र वाई सी एलका सदस्यहरुलाई परिचालन गरेर उद्दारमा खटेको चितवनबाट बाबु भट्टराईले जानकारि दिए । उनी बिहानैदेखि नगरपालिकाको समेत स्रोत परिचालन गरेर पार्टी कार्यकर्ता र समर्थकहरुसहित पिडितहरुको उद्दारमा खटेकि छन् ।





