मन्त्रि बन्न नपाएपछि पार्टीहरुमा किचलो, पार्टीनै छोड्ने सामूहिक धम्की
शेर बहादुर देउवा प्रधानमन्त्रि भएको करिब डेढ महिना भयो । जेठ २३ मा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको भोलीपल्ट कांंग्रेसबाट र माओवादीबाट तिन तिनका दरले र फोरम लोकतान्त्रिकबाट १ जना गरी जम्मा ८ सदस्यीय मन्त्रिमण्डल बनाए । मन्त्रिमण्डल बन्नेको सूची लामो बन्यो । सबै गूटका मन्त्रि बन्नेहरुले दाबी गर्न थाले । बल्लतल्ल मन्त्रिमण्डल त गठन गरिएको छ । तर नेपाली कांग्रेसदेखि माओवादीसम्म असन्तुष्टि च्याल्लब्याल्ल भएको छ । जिल्लाका नेताहरुले ‘फलानालाई मन्त्रि नबनाए सामूहिक राजिनामा दिन्छौं’ भन्नेसम्मको धम्की दिएका छन् ।
मन्त्री चयनमा देउवालाई आफ्नै पार्टीमा तिब्र असन्तुस्टि छ । किनभने नेपाली कांग्रेसमा शेर बहादुर देउवा, राम चन्द्र पौडेल, शेखर कोइराला, क्रिष्ण प्रसाद सिटौला र खुम बहादुर खड्काको अलग गुट छ । ति सबै गूटले आआफ्ना तर्फबाट मन्त्रि बनाउन माग गरेका छन् । त्यसैले प्रधानमन्त्रि देउवाले आन्तरिक समस्या झेल्दै आएका छन् ।
कोइराला खेमामा लामो समयसम्म रहेरपनि मन्त्रि बन्न नपाएका अर्जुन जोशी जस्ता नेताहरु देउवा खेमामा पुगेका छन् । तिनको आशा कि त देउवा खेमामा गएपछि मन्त्रि पद लिने छ वा देउवा आफैंले आश्वाशन दिएका छन् । यसरि खेमा बदल्नेहरु नेपाली कांग्रेसमा धेरै छन् । त्यसैले देउवालाई गाह्रो छ, कसलाई मन्त्रि बनाउने र कसलाई नबनाउने ।
स्थानिय निर्वाचनका बेला परेकाले देउवाले निर्वाचनको अकरण देखाएर धिलो गरे । केहि समय पन्छिए । त्यो बिचमा केहि तयारिपनि गरे । तर जति तयारि गरेपनि आफ्नो पार्टीको एकल सरकार नभएकाले मन्त्रि पदको संख्या थोरै छ भागबण्डामा । तर मन्त्रि बन्ने दाबेदार भने धेरै छन् । यहि समस्या सरकार सन्चालको सहभागि माओवादी केन्द्रलेपनि ब्यहोरिरहेको छ ।
मन्त्रिमण्डल विस्तार प्रक्रियासँगै विभिन्न जिल्लाका सत्तारुढ नेताहरुले आआफ्नो जिल्लाले मन्त्री पद पाउनुपर्ने माग गरेका छन् । यस्तो असन्तुष्टि सबै दलमा छ । तर कांग्रेस र माओवादीमा बढि देखिएको छ । माओवादी केन्द्रको त आफ्नो जिल्लाले मन्त्रि नपाए समूहिक राजिनामानै दिने चेतावनी नेत्रित्वलाई दिएका छन् । यस्तो मागले कांग्रेस सबहपती देउवा मात्रै होइन माओवादी केन्द्रपनि अप्ठेरोमा परेको छ ।
रामेछाप जिल्लाले मन्त्री नपाए माओवादी नेता कार्यकर्ताले सामुहिक राजीनामा दिने भन्दै माओवादीका नेताहरुले प्रचण्डलाई दिएका छन् । पार्टीमा कोकसलाई मन्त्रि बनाउने भन्ने बहस र छलफल चल्नासाथ रामेछापका नेता र कार्यकर्ताले आफ्नो जिल्लाले मन्त्रि नपाए सामूहिक चेतावनी दिएका हुन् ।
माओवादी कार्यकर्ताले रामेछापलाई पूर्वको लालकिल्ला, बलियो आधार मान्छन् । उनीहरुले यस अघि मन्त्रिपरिषद विस्तार गर्दा रामेछापबाट कोहिपनि मन्त्रि नबनाएको भन्दै आक्रोश पोखेका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेका श्याम कुमार श्रेष्ठलाई उनीहरुले मन्त्रि बनाउनुपर्ने शर्त राखेका थिए । तर मन्त्रि परिषद बिस्तारमा उनलाई राज्य मन्त्रिमा प्रस्ताव गरेपछि उनले अस्विकार गरेका छन् । शुरुमा उनलाई मन्त्रि बनाउने भनेर आश्वाशन दिएपनि अन्तिममा राज्य मन्त्रि दिएकाले अपमान गरेकाले अस्विकार गरेको श्रेष्ठलेनै सार्वजनिक गरेका छन् । उनले राज्य मन्त्रि पद अस्विकार गरेपछि माओवादी केन्द्रमा किचलो शुरु भएको छ ।
नेपाली कांग्रेसमापनि त्यस्तो किचलो शुरु भएको छ । मन्त्रि परिषद बिस्तार गर्दा पूर्वका धनकुटा, तेह्रथुम जस्ता जिल्लालाई बेवास्ता गरेकाले किचलो शुरु भएको हो । पटक पटक मन्त्रि भैसकेकाहरुलाई मन्त्रिपरिषदमा लगेको र निर्वाचनका बेला पहाडी भेगमा खटेर पार्टीकालागि लागेकाहरुलाई बेवास्ता गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध गरेका छन् ।
आजै मन्त्रि परिषद बिस्तार भएकाले असन्तुष्टिको राप बाहिर आइसकेको छैन । किनभने कतिपय आस्वाशन पाएका नेता र जिल्लाले मन्त्रि पाएनन् । खेमा र पार्टी बदलेर पदको लोभमा आएका कतिपय नेतालेपनि आश्वाशन अनुसार पद पाएनन् । त्यसले गर्दा मन्त्रि परिषद बिस्तार भएको आजको घटनासँगै कांग्रेस र माओवादी केन्द्रमा अझै किचलो बढ्ने संभावना छ ।





