दार्जिलिङ र नेपालकाे तुलना यी तर्क हुन् कि कुतर्क ?

  • भरत दहाल

कतिपय मानिसहरूले दार्जिलिङमा भैरहेकाे अान्दाेलनकाे समर्थन र तराइकाे कथित मधेशवादी वितण्डाकाे विराेध गर्नेहरूप्रति कटाक्ष गर्दै दाेहाेराे भूमिका खेलेकाे अाराेप लगाएका छन्। यस्ता सन्त सूत्रवादीले निम्न कुराहरूमा ध्यान दिन अावश्यक देखिन्छ ।

१. सिद्धान्तहरू प्रयाेगका लागि प्रक्षेपण गरिएका हुन्छन् र प्रयाेगकाे प्रश्न सापेक्षतासंग जाेडिएकाे हुन्छ। नेपाल र भारतकाे सापेक्षता एउटै हाेर्इन। नव उदारवाद सामर्थ्यवान पूँजीवादसी देशहरूले विकास गरेकाे एउटा सिद्धान्त हाे तर यसले यूराेप र अमेरिकालार्इ माेटायाे भने हामी जस्ता कमजाेरहरूकाे टाट उल्टायाे। स्वतन्त्र बजारकाे अार्थक सिद्धान्त बाेकेकाे इण्डियाले अाफ्नाे उत्पादनकाे बजारमा असर गर्ने विदेशी सामानकाे अायातमा किन राेक लगाएकाे छ ?

२. कुनै पनि नीतिहरूकाे कार्यान्वयन गर्दा राष्ट्रिय हितलार्इ सर्वाेपरि राखिन्छ। राष्ट्रिय हितमा अाँच अाउने नीतिलार्इ कुनै देशले लागु गर्दैन। नेपालमा कथित मधेश राष्ट्रका लागि बिहारबाट मान्छे पठाएर अपराध गर्दै अाएकाे इण्डियाले दार्जिलिङमा गाेलि किन चलायाे ? कमजाेर देशहरूलार्इ विभाजन गर्न ILO काे धारा १६९ काे दुहार्इ दिएर अरबाैंकाे लगानि गर्ने अमेरिकीहरूले उक्त धारालार्इ किन अनुमाेदन गरेका छैनन् ?

३. नेपालकाे संकट १२ बुँदे नामकाे विदेशी रणनीतिकाे अभिन्न अंग हाे र याे बाह्य शक्तिहरूले अाफ्नै पहलमा अाफ्ने भूमिमा गराएकाे हाे। तसर्थ, याे पूर्ण रूपमा प्रायाेजित छ। दार्जिलिङकाे अान्दाेलन बाह्य शक्तिहरूकाे सहयाेग विना अाफ्नै बलबुतामा सय बर्षदेखि चल्दै अाएकाे अान्दाेलन हाे। कृत्रिमता र स्वाभाविकता यी दुइका बीचकाे अाधारभूत अन्तर हाे।

४. राजनीतिक लडार्इमा सिद्धान्तहरूलार्इ अाफ्नाे जित र हारकाे कसिमा परिक्षण गरिन्छ। हामीले केहि नराम्राे नगर्दा पनि इण्डिया हाम्राे देशलार्इ विखण्डन गर्ने रणनीतिमा लागेकाे छ। इण्डियनहरूकाे याे अपराधिक षढयन्त्रलार्इ कमजाेर बनाउने हामीले जे गर्न सक्छाैं, गर्नु पर्छ। यसर्थमा हामीले गाेर्खालैंड अान्दाेलनकाे मात्र हाेर्इन, इण्डियाभरि हुने स्वतन्त्रता अान्दाेलन र चीन, पाकिस्तान जस्ता त्यसका विराेधि बाह्य शक्तिहरूकाे समर्थन गर्नु पर्दछ। याे अन्यायमा परेकाहरूकाे बचाउकाे रणनीति हाे।

५. दार्जिलिङमा स्वायत्ताकाे माग भैरहेकाे छ तर साम्राज्यवादका दलालहरूले नेपालमा उठाउन उक्साएकाे मुद्दा स्वतन्त्रताकाे हाे। त्यहाँ इण्डियन राष्ट्रभित्र अात्म सम्मानकाे माग गरिएकाे छ, यहाँ समानान्तर राष्ट्रका रूपमा पहिचानकाे मुद्दालार्इ स्थापित गर्ने षडयन्त्र भैरहेकाे छ।
सिद्धान्तहरू कसले, कसका लागि, कसकाे पक्ष र विपक्षमा विकास गरेकाे हाे भन्ने कुरा नबझेर वा नीतिहरूकाे कार्यान्वयनकाे परिवेश तथा राष्ट्रिय हित नहेरेर वा यस्ता सिद्धान्तहरू कुन चिज प्राप्तिका लागि प्रयाेग गर्न खाेजिएका छन् भन्ने कुरामा ध्यान नदिएर साम्राज्यवादी डिजार्इनलार्इ प्राेत्साहन दिने गरी कसैले पनि कुतर्क नगराैं ।

(स्रोत : दहालको फेसबूक)

तपाइँको प्रतिक्रिया