निर्वाचन भाँड्न डङ कि डङ ठोक्ने निति
निर्वाचन हुन्छ भन्ने निश्चितानै छैन । निर्वाचन घोषणा गरेका दलहरु, सरकारनै यसमा निश्चिन्त देखिन्नन् । सरकार सञ्चालनमा रहेका दलका नेतानै कोहि निर्चानको मिति सर्ने बताउँछन् । कोहि निर्वाचन सहि तरिकाले होला भन्नेमै आशंका ब्यक्त गर्छन् । एक महिना बाँकि हुँदापनि निर्वाचन हुने कि नहुने बहस जारि छ । निर्वाचन सार्ने कि नसार्ने मतभेद देखिएको छ । सरकारमा नभएका, निर्वाचनकालागि अनेक शर्त राखेका र यो संघिय गणतन्त्रनै नमान्ने भनेर उत्रिएका दलहरुपनि आआफ्नै तयारिमा छन् । एकिक्रित जनक्रान्ति गर्नुपर्छ भन्दै उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (बिप्लवले नेत्रित्व गरेको पार्टी) ले भने चुनावको मुखैमा डङ कि डङ हान्ने निति लिएको छ । उनीहरुले निर्वाचन भाँड्न दस्ता नै तयार पार्न लागेका छन् । केहि ठाउँमा तालिमपनि दिएका छन् ।
झट्ट हेर्दा निर्वाचन गराउने सरकार र त्यसमा सहभागि हुने दलहरुको भन्दापनि फरक र आन्तरिक तयारिमा बिप्लवको पार्टी (नेपाल कम्युनिष्ट पार्टी) देखिएको छ । यो चुनावसँग नेपाली जनता नेपाल कम्युनिष्ट पार्टीको सम्बन्ध कागलाई बेल पाक्यो, हर्ष र विस्मात् भन्दै निर्वाचन बिथोल्ने कार्यक्रम गर्न थालेका छन् ।
वैशाख ३१ गते हुन लागेको निर्वाचनलाई नेपाल कम्युनिष्ट पार्टीले फटाहाहरुको निर्वाचन भन्दै सशक्त तरिकाले बहिष्कार गर्न आव्हान गरेको छ । मतपेटिकामा आगो झोसेको पोस्टर बनाएका छन् । ‘शान्ति, समानता, स्वाधिनता र संव्रिद्दिकालागि वैज्ञानिक समाजवाद स्थापना गरौं’ भन्दै चुनावी पोस्टर बनाएर टाँस्दै हिँडेका छन् ।
उनीहरुले पोस्टरहरु थरि थरिका बनाएका छन् । ति पोस्टरमा भिन्नभिन्न नाराहरु लेखिएको छ । यस्तो निर्वाचन भाँड्न नेपाल कम्युनिष्ट पार्टीले जिल्ला, गाउँ, शहर, वडा वडामा सकेसम्म लडाकू दस्ता तयार पार्न लागेको छ । कति जिल्लामा उनीहरुले यस्ता दस्ता तयार पारेर तालिम दिएका छन् ।
परिस्थिति हेरेर निर्वाचन बहिस्कारको योजना बनाउन लागेको नेपाल कम्युनिष्ट पार्टी आफू बलियो भएको ठाउँमा खुलेरै निर्वाचन बहिस्कारबारे सार्वजनिक गर्ने, जनताकहाँ गएर बहिस्कार गर्न आव्हान गर्ने, निर्वाचन भाँड्न तालिम दिने गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले सरकारले घोषणा गरेको स्थानी तहको निर्वाचनलाई चितवनमा कुनैपनि हालतमा हुनै नदिने बताएका छन् । चुनाव देश र जनताको हितविरुद्धमा भएकाले अाफ्नो पार्टीले खारेज गर्ने निति लिएको र यो निर्वाचनलाई भाँडेरै छाड्ने बताएका हुन् ।








