मागे माफि उपराष्ट्रपति पुत्रले
विहान जनआस्था साप्ताहिकमा एउटा रिपोर्ट आयो । त्यहि रिपोर्ट मैले नेपालप्लस डट कममापनि राखें । किनकि मैलेनै लेखेको थिएँ त्यो । रिपोर्ट थियो, उनले हामी तिन नेपालीलाई अनादार गरेको विषय । हिजो जनआस्थामा रिपोर्ट लेखेर म सुतें । विहान फेसबूक खोलें । दिपेश पुनले प्रतिक्रिया (म्यासेज) लेखेका रहेछन् । पढें । मैलेभन्दा पहिले त मेरो रिपोर्ट उनले पो पढेछन् । खुशि लाग्यो । किनभने उनले हामीलाई जे पर्यो, अनादार गरियो त्यसमा माफि माग्दै म्यासेज गरेका रहेछन् । यद्दपि उनले आफ्नो बचाउ गर्ने कोसिस पनि गरेका छन्, आफ्नो म्यासेजमार्फत ।
कुन पत्रिका, मेडियामा के लेखियो, त्यो मेरो सरोकारको विषय होइन । मैले जे लेखें त्यो प्रत्यक्ष भोगेको घटना हो । जे भोगियो त्यहि लेखियो । हामीले भोगेको कुरो किनपनि सत्य हो भने दिपेश पुन आफैंले महसुस गरेर माफि मागे ।
धेरै नेता, तिनका पत्नी, परिवारका अन्य सदस्य युरोप यात्रामा निस्किन्छन् । ति मध्ये धेरैले आफ्नो मपाइत्व देखाउँछन् । भेटघाटकै क्रममा प्रवाशी नेपाली, तिनको संघ संस्था र तिनले उठाएका मुद्दामा अनादार गर्छन् । साथ समर्थन्, आर्थिक सहयोग, गास र बस भने यहिँका नेपालीसित खोज्छन् । तर आफूले गल्ति गरेको महसुस गर्दैनन् । हत्तपत्त गरेकापनि थिएनन् । राम्रो पक्ष के हो भने दिपेश पुनले चाहिँ आफ्नो गल्ति महसुस गरेका छन् । गल्ति महसुस गरेर सच्चिने प्रयास गर्नुनै महत्वपूर्ण हो ।
उनले हाकै भनेका छन् ‘तपाईले मेरो नियतबस भन्दापनि केटाकेटीपनको कमज़ोरीलाई बाहिर ल्याई दिएर परिपक्वता बनाउनुभयो । यसको लागि म हजूरलाई हृदयदेखि धन्यवाद दिन्छु ।’ यसरि खुलेर आफूले गरेको कमजोरीलाई स्विकार गर्ने नेता वा तिनका निकटहरु कमै छन् । कम्तिमा दिपेश पुनले प्रतिवाद गर्ने, आफ्नै बचाउ गर्ने र रिसराग साँच्ने काम गरेनन् ।
उनले यो पनि भनेका छन् “त्यो मान्छे, मान्छे हैन जसले गल्ति गर्दैन । त्यो मान्छे, मान्छे हैन जसले गल्ति गरेको थाहा पाएर पनि आफूलाई सुधार्दैन ।”
मसित सामान्य औपचारिकताकालगि माफी मागेको भए पुग्दो हो । अथवा त्यतिपनि आवश्यक नहुँदो हो । तर उनले मसितै भएका अन्य दुई मित्रहरुसितपनि मागि मागेका छन् । बरु यसरि कमजोरी औंल्याइदिएर परिपक्क बनाएको प्रतिक्रिया दिएका छन् ।
दिपेश पुनले लेखेको म्यासेज जस्ताको तस्तै हेर्नुस्
सर नमस्कार ! मैले हजूरले जनआस्थामा लेखेको सबै पढे । म त अचम्मै परें त्यहाँ हजूरहरु पनि आउनुभएको रहेछ भनेर । तपाईको बारेमा यूरोपमा साथीहरुले पनि कुरा गर्थे । मैले पनि हजूरसंग भेट्ने ईच्छा गरेको थिएँ । तर संभव भएन । जहाँसम्म त्यो नदि छेउको कुरो छ, त्यो दिन घुम्नको लागि नै म बेल्जियम नगएर त्यता बसेको थिएँ । गंगा कमरेड दिउँस स्पेन जाने थाहा पाएको थिएँ । उहाँले घुमौला त भन्नुभएको थियो तर मलाई घुमाउने भनेको दर्शन जी ले । म काम सकेर त्यही तालमा आउछु । तपाईको फोन नं छैन । त्यो ताल भन्दा कतै जो सुकैले भनेपनि नजानुहोला । फेरी हराउनुहोला पनि भन्नुभएको थियो । त्यसैमा फ्री वाईफाई त्यही मात्र भएकोले यसो समय विताउन लाईव दिईरहेको बेला तपाईहरु आउनुभएको रहेछ । मैले फेरी गंगा कमरेडसंग कुरा भैरहेको । खासै त्यस्तो छैन । फेरी एकैछिन पछि स्पेन फर्किनेहोला केडिस्टर्व गरिरहनु भन्ने सोचेछु ।
गंगा कमरडले उहाँहरु यतै को हो य। स्तो कुरो छ भनेको भए कुरा बुझिन्थ्यो होला । म त फेरी वाईफाई पाएको खुसीमा जोसमा गुमाएको होस् जस्तो भएछ सर । तपाईले मेरो नियतबस भन्दा पनि केटाकेटीपनको कमज़ोरीलाई बाहिर ल्याई दिएर परिपक्वता बनाउनुभयो । यसको लागि म हजूरलाई हृदयदेखि धन्यवाद दिन्छु । “त्यो मान्छे मान्छे हैन जसले गल्ति गर्दैन । त्यो मान्छे मान्छे हैन जसले गल्ति गरेको थाहा पाएर पनि आफूलाई सुधार्दैन ।”
मेरो अन्तरमनको हृदयको कुरो गर्ने हो भने हजूरले जुन आरोप लगाउनुभएको छ म त्यही प्रवृति तोड्ने अभियान मै छु । तर त्यहाँ नियतजन्य भन्दा पनि मेरो अलि काँचोपनले त्यो पर्न गयो । म अर्को साथीलाईपनि हृदयदेखि माफी चाहान्छु । वास्तवमा म को हो भन्ने कुरो सेटोपाटी देवकोटा सरलाई बुझ्नसक्नुहुन्छ होला । उहाँसंग लामै कुरो भयो । तर त्यो ताल छेउको कुरो नै मेरो प्रवृतिको प्रतिनिधित्व गर्दैन । त्यहाँ गंगा जी, स्विसका साथी र म बिच भेटघाट बारे कोर्डिनेसन नहुँदा त्यस्तो भयो । म दुवैजनालाई माफी दिनुहोला सर ।
यस अघिको रिपोर्ट हेर्नुस्