जनपरिचालन अभियानमा खै त जनता ?

16729735_1474004665943372_1681083321_n

नेकपा एमालेले यतिखेर देशभरिनै जनपरिचालन अभियान सञ्चालन गरिरहेको छ । नेताहरुलाई देश दौडाहामा भ्याईनभ्याई छ । पार्टी कार्यकर्ताहरु सञ्चालित छन् । संविधान कार्यावन र नयाँ निर्वाचन घोषणाको प्रमुख मुद्दा लिएर एमालेले देशभरि शुरु गरेको जनपरिचालन अभियानमा जनताको सहभागिता भने उत्साहजनक छैन । शहरमै गरिएको जागरण अभियानमापनि जनसहभागिता लाजमर्दो देखिन्छ ।

यहाँ राखिएको तस्विर चितवन रत्ननगर नगरपालिकाको बकुलहरमा लिईएको हो । रत्ननगर नगरपालिकाको वडा कमिटि एकमा गरिएको यो जनपरिचालनले कि त यहाँ एमालेको संगठन शुन्य जस्तै छ भन्ने देखाउँछ । कि भने जनतामा राजनिति, नेता र पार्टीप्रति बित्रिष्णा भएको संकेत गर्छ ।

संसदिय पार्टीहरुको लोकप्रियता हेर्दा एमाले अन्य दलभन्दा अगाडि छ । एमालेले यो क्षेत्रमा अन्य दलहरुले भन्दा विकासका कामपनि गरेको छ । बाहिरबाट सर्सर्ति हेर्दा अन्य दलभन्दा एमालेकै पकड र लोकप्रियता छ । तरपनि एमालेले शुरु गरेकै जनपरिचालनमा एक दर्जन मानिसको सहभागितापनि देखिन्न । जनसहभागिताको त कुरै छोडौं, यो परिचालनमा एमालेकै कार्यकर्तापनि देखिँदैनन् । रत्ननगर जस्तो नगरपालिकामै आफ्नै पार्टीका कार्यकर्ता नदेखिनु, जनसहभागिता शुन्य देखिनुले सायद राजनितिप्रति जनताको भरोसा, चासो र चाख घटेको देखाउँछ ।

फोटो- बलराम सापकोटा

तपाइँको प्रतिक्रिया