केपी ओली र पूर्व राजाको बढ्दै छ निकटता

gyanendra-shah-oli

धेरैले अनुमान नगरेपनि पूर्व राजा ज्ञानेन्द्र शाह र एमाले अध्यक्ष केपी ओलीबिच निकटता बढ्दै छ । पछिल्लो समयमा यि दुबैका अभिब्यक्तिलेपनि दुबै निकट बनेको बुझ्न सकिन्छ । संविधान शंसोधनका विषयमा पार्टीहरुबिच मतभेद भैरहेको छ । यहि मौकामा पूर्व राजा ज्ञानेन्द्र शाहले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् । प्रदेशहरु बिभाजन गर्ने विशयमा दलहरुको बिवाद र छलफल बढेकै बेला उनले अस्थायी सत्ताहरु भनेर बिभाजन गर्न खोजिएको प्रदेश संख्यातिर संकेत गरे । यहि मौकामा एमाले नेता केपी ओलीलेपनि धेरै प्रदेशहरु नबनाउने । बरु पञ्चायती कालमै छुट्ट्याएको पाँच विकास क्षेत्रलाईनै प्रदेश कायम गर्नुपर्ने विकल्प लिएर आएका छन् । यसले पनि पूर्व राजा ज्ञानेन्द्र शाह र एमालेको निकटता बढेको देखिन्छ । 

जनआन्दोलन चलिरहेका बेला आन्दोलनको अग्रपंक्तिमा थिएनन् ओली । त्यो बेला धेरैले चर्चा गरेका थिए, केपी ओली गणतन्त्र स्थापनाका पक्षमा छैनन् । बरु राजतन्त्र सहितकै बहुदलिय प्रजातन्त्रकै पक्षमा छन् । दलहरुले आन्दोलन चर्काईरहेका बेला तिनलाई संकेत गर्दै ओलीले भनेका पनि हुन् ‘बयलगाढा चढेर अमेरिका पुग्न सकिन्न ।’ उनी त्यो जन आन्दोलन सफल पार्न सकिने विश्वाशमापनि थिएनन् र गणतन्त्र स्थापनाको पक्षमापनि थिएनन् भन्ने उनैको अभिब्यक्तिले संकेत गरेको हो । तर दलहरुले आन्दोलन सफल पार्दै जाँदा उनी त्यसैमा मिसिए ।

राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको शाहको भनाई प्रदेश नंबर पाँच विभाजित गर्नेतर्फ संकेत छ । एमाले पार्टीपनि यसैको बिरुद्दमा उत्रिएको छ ‘पाँच नंबर प्रदेशलाई बिभाजन गर्नु जनभावना बिरुद्द हो, राष्ट्रिय एकताको मर्म बिरुद्द हो’ भन्दै । शाहको संकेत समग्रमा प्रदेशहरु बिभाजन बिरुद्द छ भने एमालेलेपनि पाँच नंबर प्रदेशको नाम लिँदै प्रदेशहरु बिभाजनको बिरोध गरेको छ र पछिल्लो समयमा अोलीले हाकाहाकी पाँच विकास क्षेत्रकै बिकल्प अघि सारेर पूर्व राजासित निकटता देखाएक छन् । पूर्व राजाको बिज्ञप्तीलाई अति प्राथमिकता दिने, सामाजिक सञ्जालहरुमा अझ बढि फैलाउने र प्रशंसा गर्नेमा केपी ओलीलाई राष्ट्रवादी नेता भनेर प्रशंसा गर्नेहरुनै बढि देखिएका छन् ।

बैज्ञानिक ढंगले प्रदेशहरु हेरफेर नगर्ने । पञ्चायती मोडलकै पाँच विकास क्षेत्रहरुलाई प्रदेश मान्ने भन्नुको अर्थ पञ्चायती शैलीकै प्रादेशिक वितरण ठिक थियो भन्ने हो । तर पञ्चायती अवधारणा अनुरुप बिभाजन गरिएको मोडल केपी ओलीका लागि अहिले आएर कसरि सहि भयो ? केका आधारमा यति समयपछि उनी समर्थन गर्न पुगे ? पञ्चायती शैलीको प्रदेशिक वितरणको मोडल ठिक थियो भने नेपाल किन पछाडि पर्‍यो ? किन विकास हुन सकेन ? वा ति प्रदेशिक वितरणहरु सहि थिए भने केपी ओलीले प्रदेशहरु बिभाजन गर्ने बहस चल्दानै किन अगाडि सार्न सकेनन् ? किन ज्ञानेन्द्र शाहकै बोली पर्खेर बसे ?

ति पाँच विकास क्षेत्रका अवधारणनै गलत भएकाले न हो विकास हुन नसकेको । असफल भैसकेको मोडेललाई सदर गरेर केपी ओली पछाडि फर्किन खोजेका त होइनन् ? आफू राजतन्त्रात्मक बहुदलिय बय्वस्थातिरै फर्किन खोजेको छनक दिएका होइनन् ओलीले ?

तपाइँको प्रतिक्रिया