सर्वहारा नेतालाई पूँजीवादीको झापड

dhanraj-gurungनामै सर्वहारा । केहि हुने कुरै भएन । तर नेपालमा भने सर्वहारा भन्ने शब्द मागिखाने भाँडो भएको छ । सर्वहारा जनताको मुक्तिकोलागि काम गर्ने कम्युनिष्ट पार्टी ठगी खाने संस्था बनेका छन् । सुकुम्बासी, सर्वहारा जनताको लागि मुक्तिको लागि लड्ने नेता लुटिखाने माध्यम बनेका छन् । सर्वहारा जनताको लागि काम गर्ने नेताले आफू र अफ्नो स्वार्थ, आफ्नै निजि मुक्तिकलागि मात्रै सोच्दै जाँदा तिनले राज्यकोषबाट लाखौं लिने नितिमा उफ्रि उफ्रि ल्याप्चे ठोके । त्यसैले अब ति सर्वहारा, सुकुम्बासी जनताको राजनिति गर्ने नेताको टाउकोमा पूंजीवादीले झापड हान्न थाले । अर्थत् सर्वहारा पार्टीका नेता भ्रस्ट र सुविधाभोगी हुँदै जाँदा बरु पूँजीवादी पार्टीका नेताले राज्यकोष दुरुपयोग गर्न अस्विकार गरिदिएर सर्वहारा वर्गको मुक्तिकालागि भन्दै हिँडेका नेताको टाउकोमा झापड हानिदिए । त्यसरि झापड हान्ने पूँजीवादी नेता हुन्, नेपाली कांग्रेसका नेता धनराज गुरुङ ।

cxxknfvusaaqa4a

गुरुङले हिजो संसदबाट पास गरिएको सांसद र अन्य पदमा आसिन नेताको तलब, भत्ता, सुविधा रकम लिन अस्विकार गरे । आफ्नो बढेको रकम भूकम्प पिडितकालागि दिन भन्दै उनले संसद सचिवालयमा निबेदन दिए । आफूले संसद सचिवालयमा दिएको निबेदन सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले आज उल्लेख गरेका छन् “हाम्रो बृद्वि भएको पारिश्रमिक, भत्ता एवं सुबिधा रकम भूकम्प पीडित राहत कोषमा पठाउनको लागि संसद सचिवालयमा निवेदन दिएँ ।”

यसरि ब्रिद्दि भएको तलब, भत्ता र सुविधा अस्विकार गर्ने वा भूकम्प पिडितलाई दिने घोषणा गर्ने उनी पहिलो नेता हुन् । उनी नेपाली कांग्रेसका नेता हुन् । उनको यो कदमले सबै नेता उस्तै चुसाहा, देश र जनताप्रति गैह्र जिम्मेवार, सुबिधाभोगी मात्रै छन् भन्ने बुझाईलाई चुनौति दिन्छ । केहि असल नेतापनि छन् जो देश जनताप्रति जिम्मेवार छन् भन्ने आशा जनतामा प्रवाह गर्छ । अन्य सुबिधाभोगी नेतालाई चुनौतिपनि हो यो । सुकुम्बासी, सर्वहारा जनताको नाममा राजनिति गर्न कम्युनिष्ट झण्डा हल्लाउँदै संसदमा गएर राज्य कोषबाट आफ्नो स्वार्थकालागि लाखौं सुबिधा लिने कम्युनिष्ट नेताहरुकालागि त यो ठूलै झापड हो । यो घोषणा गरे लगत्तै धनराज गुरुङको लोकप्रियता र प्रशंसा सामाजिक संजालमा चुलिएको छ ।

तपाइँको प्रतिक्रिया