सिमित ब्यक्ति, पार्टी र नेताको हनुमान हुने की द्वन्दात्मक भौतिकवादी द्रिष्टिकोणले हेर्ने ?

  • प्रेम पाठक

prem-pathak-belgium-12123यसै साता संसदमा पुर्व प्रम तथा नेकपा एमालेका अध्यक्षको धारणा सुन्ने अवसर मिल्यो । उनले जे बोले बेठिक लागेन । नेपालको राजनीतिमा के पी पुराना नेता हुन् । उनि बोल्दै गर्दा झापा बिद्रोहको याद आयो । मनमोहन प्रम हुँदा ओली गृहमन्त्रि भएको याद आयो । टनकपुर लगायत महाकाली प्याकेजमा रास्ट्रलाइ अर्बौ नाफा हुनेदेखि मदन भण्डारी जीवराज आश्रितको म्रित्युमा ‘अबको आन्दोलन वार पार हो’ भनेर हत्यारा पत्ता लगाउने कुरा गर्दै गिरिजा कोइरालालै ललकारेको याद आयो । उनले माले हुँदै एमालेमा १९५०,१९६५ को असमान सन्धिको बिरोध गरेको याद आयो । जसको जोत उसको पोत भनेको यस्तै यस्तै याद आयो ।

यी लगायत प्रचण्डले दिल्लीमा गरेको २५ बुँदे संझौताको बिरोधदेखि सबै मिडियामा उनले भेटेको कुरा अपुस्ट भन्दै उल्टो ध्याप मार्दै सुनाउँदा उनको जन्मदिनमा केक काटेको तिर्नु पर्ने बाँकी बिलका बारेमा पनि बोल्लान । सिंगापुर गएर गरेको उपचारको कुरा गर्लान भनेको त त्योपनि बोलेनन ।

त्यस्तै, गृह मन्त्रिले पुर्वगृहमन्त्रिको दुर्घटना भएको स्थान निरीक्षण गर्दै यो घोप्टे भिर रिगाउने खालको रहेछ भन्दै आफु दसकौं हिडेको बाटोमा अनविज्ञता देखाएर औपचारिकता बाहेक भविस्यको लागि टनेल मार्ग वा कुनै भरपर्दो योजना बनाउन लागेनन जसको परिणाम धादिंगमा फेरि सडक दुर्घटना मा २० जनाले ज्यान गुमाए । अझै कतिले गुमाउँदै सडक दुर्घटनामा विश्व रेकर्ड कायम हुने हो ।

अर्कोतर्फ बिधार्थी संगठनमा लामो काम गरेका र जनवादी शिक्षा नीति हाम्रो आदर्श हो भनेर हिनेका शिक्षा मन्त्रि डी आर पौडेलले हिजो आफु मन्त्रि भएको महिना दिन पुगेकोमा आफ्नो सामान्य कामको टिपोट गर्दै फेसबुकमा सन्तोष पोखे । र आफु असल भएको व्याख्या गरे । उनले हिजो आफुले बोलेको,सिकाएको जनवादी श्क्षा देखि मोडर्न इन्डियन स्कुलले ‘मेरा भारत महान है’ भनेर पढाएको गरिबका छोरा छोरीले शिक्षा पहिलो निशुल्क छैन भन्ने भुले । दोस्रो ए पनि निर्धनताले जीविकाको लागि शिक्षा गौण भएको कुरा बिर्से । उनको जीवनमा यो भन्दा अवसर सायदै आउदैन । किनकि संसदीय प्रणालीमा मन्त्रि नै त हो नीति बनाउने । अनि उनले राजनीति कसको लागि गरेका ? अनि के को लागि ?

गगन थापाले ठुलो माला लगाउँदै हिडे । तर नवौं पटक जनताको लागि ज्यान सुकाएर अनसन बसेका डा के सीको माग बिर्से ।

मधेसवादी दलले आफ्ना माग पुरा नभए सरकारको समर्थन फिर्ता लिने चुनौती दिँदै प्रम कहाँ पुग्दा आधा सदस्यको समर्थन रहेको सरकारले दुइ तिहाइ चाहिने संबिधान संसोधन प्रक्रियामा नपुग्ने जान्दा जान्दैपनि माग पुरा गर्ने आस्वासन दियो । अनि मधेसी नेताले पत्याएर निस्के ।

स्थानीय संरचना निर्माणको लागि ६ महिना देखि राज्यले समिति बनायो । उसले कामपनि आधा भन्दा बढी गर्यो । यहि बिचमा तिन दलको सहमति पछि सरकारको मन्त्रि परिषदले पंचायत कालको इलाकालाईनै आधार मान्ने सहमति गर्यो । पुरानो काम पंगु तरिकाले गरेकाले अहिले बिरोध जनाउदै छन् ।

रास्ट्रिय स्वाभिमानको लागि खोज मुलक कार्यक्रम जय स्वाभिमान जस्तो लोक प्रिय कार्यक्रमका प्रस्तोता प्रेम बानियाँ सपरिवार अमेरिका लागे भन्ने समाचार आयो । कलाकार रास्त्रका गहना हुन् भन्ने सुनेको हामीले लोक कलाकारको चुनावमा अमुक राजनैतिक पार्टीका बद्रि पगेनीको प्यानलले भारीमतले जित्यो भन्ने समाचारपनि आयो । सुप्रिमो प्रचण्डले के गर्दै छन् । अनि के भन्दैछन त ।

महंगी र कालो बजारीको नियन्त्रण खासमा राज्यले गर्नुपर्ने हो । त्यो नगरेकोले जनतालाई परेको असुविधा कम गर्न नेकपा (माओवादी )ले बजार नियन्त्रण र अनुगमन गरि देशभरी खवरदारी गर्दै जनहितमा खटेको समाचार आयो । यि हिजोका दिनभरमा मिडियामा देखे सुनेका समाचार हुन् जसलाई आदर्श मान्न सकिन्छ । अपवादबाहेक उसैले धोका दियो जसरि सानोमा स्कुल पढ्दा संगैको साथीले खैनी खाएको थाहा पाएर सरले गालि गर्दै त्यो खैनी लिनु भयो । फाल्नु होला भनेको त पकेटमा पो राख्नु भो । पढाइ राम्रो भएका सरको ब्यबहार त्यस्तो पाइयो ।

त्यसैले भनाइ र गराइमा फरक अनुभूति महसुस भयो । धेरै जना लहै लहैमा बिना सोचविचार लागेको महसुस भयो । अनि मैले सोचें, गुरु र नेताले भन्ने अलग गर्ने अलग छ । उनको ब्याबहार अनि सिद्दान्तमा भिन्नता छ । त्यसैले सुन्न जसका कुरापनि हुन्छ । तर निर्णय आफ्नो हुनु जरुरि छ । नत्र सिमित ब्यक्ति, पार्टी र नेताको हनुमान भइन्छ ।

अब प्रश्न उठ्छ, ठिक बेठिक के लाई भन्ने ? अनि त्यसको निर्धारण कसरि गर्ने ? यदि कुनै आधार भएन भने जता फर्क्यो उतै पूर्व हुन्छ । त्यसैले बुझ्नु के जरुरि छ भने यो समाज बर्गीय छ । त्यसलाई हेर्न पनि बर्गीय आधार हुनुपर्छ । त्यो भनेको द्वन्दात्मक भौतिकबाद नै भरपर्दो छ । बैज्ञानिक छ । जसले जे भनोस म यहि आधारमा निर्णय लिने गर्दछु ।

तपाइँको प्रतिक्रिया