भारतीय दलाललाइ देशबाट स्याललाई झै लखेटौं
– तेज कुमार कार्की
जनता ताती सकेका छन् । अब देशबाट भारतीय दलाल लखेट्नलाइ एक झिल्को आगो मात्र काफी हुनेछ ।
तर लखेटे पछि कसले देस चलाउने? तिनै मेडिकल र अन्ने माफियाका मतियार एमालेले ? तिनै ज्यान मारेर महल ठड्याउने माओबादीले ? तिनै मोदिबादी मधिसेले वा पूर्व पन्चले ? वा मिठा कुराबाट (स्वार्थपूर्ण) सत्ता प्राप्त गर्न खोज्ने रहस्येमय नयाँशक्ति पार्टीले?
नेपालमा जब जब युबा र जनताको बलिदानले आन्दोलन सफल हुन्छ तब तब इनई माथि उल्लेखित ब्वाँसाहरुको हातमा राज्यसत्ता पर्छ। अनि फेरी भ्रस्टतन्त्रको दुस्चक्र दोहोरिरहन्छ (००७, ०४६,०६२)
भारतीये दलाल लखेट्न सजिलो छ । तर त्यसपछिको इमान्दार नेत्रित्व पाउन गाह्रो छ । पुन: दुस्चक्रमा पर्ने नियति छ यहाँक । तिनै ब्वाँसाकोमा ।
के नेपालमा यि माथि उल्लेखित ब्वाँसाहरुभन्दा भिन्न नेत्रित्व सम्भव छ ? भेडाको छाला ओडेर ब्वाँसाहरुले यति धोका दिसकेका छन कि कोहि निक्लिएर म इमान्दार नेत्रित्व दिन्छु भन्यो भने पनि पतियाउन गारो छ ।
तसर्थ दलाल लखेट्नुपूर्व, इमान्दार नेत्रित्व जन्माउँ । तिनको संगठन तयार पारौ । कसले पररास्ट्र, कसले शिक्षा, स्वास्थ्य, शान्तिसुरक्षा, आदि हेर्ने हो इमान्दार मानिस अहिले नै पहिचान गरौं ताकि परिबर्तन लगत्तै राज्य संचालन बिना अलमल चालु होस्, विकास निर्माण सुचालुरुप्ले संचालन होस् ।
त्यस्कोलागि इमान्दार, देशमा बिधमान केहि गरौ भन्ने गोविन्द के सी लगाएत धेरै ब्यक्ती र अरु धेरै ‘लाइक माइन्डेड’ ब्यक्ती एक आपसमा भेट्ने, सल्लाह गरेर साझा धारणा बनाउँ । एक्लै एक्लै आपसी सम्पर्कबिना गरेको कामले टिमको तागत दिदैन । साझा धारण तयार हुँदैन र माथि भनेझै जिम्मेबारी किटान गरौ र देसको विकास र रक्षा गरौ । लखेट्नु पूर्व इमान्दार नेत्रित्व र जिम्मेबारी किटान गरौ । अब एक झिल्को मात्र काफी छ । त्यसपछिको योजनाको खाँचो छ ।
(कार्कीले सामाजिक बहसमा साझेदारी गरेको तर्क)




