सुदद्वारा नयाँ सरकारका निम्ति सल्लाह

(प्रधान सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने, उनलाई राष्ट्रपतीले पुन बहाली गर्नेदेखि अहिले नयाँ सरकार निर्माणसम्म पूर्णरुपमा भारतिय निर्देशनले काम गरेको बताईने गरेको छ । आआफ्ना दाबी छन् । सुदको चलखेल र नेताहरुको सुदसँगको बाक्लो मन्थन देख्दा त्यसलाई नकार्न सकिन्न । यसै बिषयमा हिजो जनआस्था साप्ताहिकले नयाँ सरकार निर्माणकालागि चलखेल गरेको समाचार प्रकाशित गरेको छ । सबैलाई उपयुक्त उने ठानी जनआस्थाको त्यो समाचार यहाँ राखिएको छ-नेपालप्लस)rakesh_sud_ambassador_india3344

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राजीनामामा विदेशी हस्तक्षेपका सामु शिर झुकाएर कुर्सीमा टाँसिइरहन नचाहेको उल्लेख गर्नुभन्दा एक दिनअघि अर्थात् आइतबार भारतीय राजदूत राकेश सुदले नयाँ सरकार बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सल्लाह दिएको खुलासा भएको

 

सेनापति रुक्मांगद कटवाललाई पदबाट हटाउने प्रयत्नको विपक्षमा रहँदै आएका सुदले अब बन्ने गैरमाओवादी सरकारलाई टिकाइदिने आश्वासन पनि दिएका छन् सेनापतिलाई पदमुक्त गरी रथी कुलबहादुर खड्कालाई कामु प्रधानसेनापति बनाउने माओवादी निर्णयलगत्तै सत्ता साझेदार दल नेकपा एमालेले सरकारबाट फिर्ता हुने घोषणा गरेपछि राजदूत सुदले नयाँ सरकार गैरमाओवादीको नेतृत्वमा बन्नुपर्ने नेपालका राजनीतिक दलहरूले त्यस्तो सरकार बनाउन सकेमा त्यसलाई पूर्ण अवधि टिकाउने जिम्मेवारी भने आफूले लिने बताएका हुन्

 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सशरीर भेट्ने प्रयत्न गरे पनि कोइरालाको स्वाँस्वाँ धेरै नै बढेको दलका नेतासँ त्यसदिन धेरै कुरा गर्नुपरेका कारण भेटघाट सम्भव नभएपछि सुदले एमालेको समर्थन फिर्ताको घोषणासँगै कोइरालालाई फोन गरेका थिए कोइरालानिवास स्रोतका अनुसार राजदूत सुदले ओछ्यान परेर अक्सिजन एवं उत्तजेना वृद्धि गर्ने स्टेरोइड औषधि स्लाइनमार्फ लिइरहेका कोइरालालाई अघि बढ्न सल्लाह दिएका हुन् तपाईं अघि बढ्नोस् हामी छौ, सुदको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एकपटक बहुमत पुर्याएर माओवादीबाहेकको सरकार गठन गर्न सके त्यसपछि टिकाउने जिम्मा हाम्रो भयो

 

सरकारले कटवाललाई हटाएकोमा निकै आक्रोशित कोइरालाले उक्त फोनवार्तापछि कांग्रेस नेताहरूमाझ सुदको आलोचना गर्नुभएको थियो अहिले आएर यसो भन्छन्,’ सुदसँ भएको कुरा कोइरालाले भन्नुभयो आवश्यकता परेको वेला भारतले सहयोग नगरेकाले नै माओवादीको ज्यादती धेरै बढेकोतर्फकोइरालाको आशय केन्द्रित थियो सोही दिन कोइरालाले प्रधानमन्त्री प्रचण्डसँ भने कुरा गर्नुभएन सेनापति कटवाललाई कारबाही गरेपछि त्यसको जानकारी दिन प्रधानमन्त्रीले कोइरालासँ भेटघाट गर्ने प्रयत्न गर्नुभएको थियो तर, उहाँले प्रमको फोन नै लिन अस्वीकार गर्नुभयो स्रोतले भन्यो, ‘निजी सचिव शेखर थापालाई कोइरालाले दम बढेका कारण कुरा गर्न नसकेको भनिदिन अह्राउनुभएको थियो प्रचण्डसँ कुरा नगर्नुको अर्थ उपस्थित कांग्रेसजनलाई सुनाउँदै कोइरालाले अब कुरा गर्नुको कुनै औचित्य नभएको बताउनुभएको हो उहाले माओवादीसँ सहकार्य सम्भव नभएको तर्क पनि राख्नुभएको थियो सोही दिन कोइरालाले पार्टी नेताहरूसँ ओछ्यानमै पल्टिएर पटकपटक बैठक गर्नुभयो

 

उता, आफूलाई हटाउने निर्णय भएपछि अवकाशपत्र बुझन अस्वीकार गरी बालुवाटारबाट जंगी अड्डा फर्केका सेनापति कटवालले भने कोइरालासँ निकै बेर फोनमा कुरा गर्न पाएका थिए कोइरालाले सेनापति कटवाललाई बारम्बार नआत्तिन त्यत्तिकै पद छाडेर नहिँड्न सल्लाह दिइरहनुभएको थियो उनीसँ कुरा गर्दा कोइरालाको उत्तेजना झन् बढेकाले केही बेर स्वाथ्यमा संकटसमेत आएको पारिवारिक स्रोतले बताएको कुराकानीका क्रममा कोइरालाले आफ्नो सास छउन्जेल कटवाललाई नआत्तिन भन्दै राष्ट्रपतिसँ कुरा भइसकेको जानकारी पनि दिनुभएको थियो

तपाइँको प्रतिक्रिया