भिडियो टेप माओवादीलाई फसाउन मात्रै ?
बिवाद मच्चायो माओवादीका अध्यक्ष प्रचण्डले जनसेनालाइ दिएको प्रशिक्षणमा बोलेको भिडियो टेपले । सारा संसार भरि फैलियो त्यो राँकि जस्तै । माओवादीलाई आपत पार्यो भन्ने त बुझियो नै । माओवादी प्रवक्ता दिनानाथ शर्माको सपष्ठिकरणले मात्रै पुगेन । प्रचण्ड आफैले पत्रकार सम्मेलन गर्नु पर्यो । नपरोस पनि किन, अनमिनको निगरानीसमेत बिबादमा पर्ने देखियो । अनि त नबोलेर सुखै भएन । त्यसैले त्यस्तो भिडियो टेपबारे के बोल्लान प्रचण्डले भनेर धेरैले बडो अनाचोपूर्वक हेरे आज उनले आयोजना गरेको पत्रकार सम्मेलनलाई। पत्रकार सम्मेलन उनले पत्रकारहरुलाई ब्यंग्य गरेर शुरु गरेका थिए । संक्रमणकालमा पत्रकारहरुले आफ्नो परिधी पार गरेर जे पायो उहि लेखेकोले अन्यौलको स्थिति स्रिजना गरेको हुँदा आफैं आएर बोल्न बाध्य भएको बताए ।
पत्रकार सम्मेलनमा उनले भिडियो टेप सिंगो एकिक्रित माओवादीलाई कमजोर बनाउने प्रतिक्रियावादी र शान्ति संझौता भड्काउनेहरुको दुष्प्रयास भने। पत्रकारले प्रश्न नसोध्ने कुरै भएन । तपाईहरुको वास्तबिक सेना त त्यहि पांच सात हजार मात्रै रहेछ, अनमिन र सबै दललाई ढाँटेर त्यत्रो सेना बढाउनु भएछ हैन भनेर सोधे ।
उनले जनसेनामा केन्द्रीय रेगुलर आर्मी, क्षेत्रीय रेगुलर आर्मी र मिलिसिया गरि तिन बिभाग रहेको बताए । ति तिन बिभागमा एक लाख सेना रहेको दाबी गरे । जनसेनाको आधिकारिक तथ्यांकबारे टेपमा आफुले बोल्दा ति सबै बिभागका बारेमा नभएर केन्द्रिय रेगुलर आर्मीका बारेमा मात्रै उल्लेख गरेको बताए ।
संबिधान सभाको निर्वाचन हुनु भन्दा अगाडि दिएको प्रशिक्षणको भिडियो टेप पहिले कहिँ कतै नआउनु र आफ्नो पार्टीले सरकारबाट राजिनामा दिनासाथ सबैतिर एकैसाथ बज्नुले पनि त्यो माओवादी बिरुद्द योजनाकासाथ आएको र त्यसमा शान्ति संझौता भाँड्ने कुत्सित मनशाय रहेको दाबी गरे ।
भिडियो टेपका बारेमा नागरिक समाजका प्रतिनिधीहरुपनि त्यो भिडियो टेपको आधिकारिकता के हो भन्दै उनलाई स्पष्ठ पार्न माग गरेकाले आफुले त्यसका बारेमा सबैलाई स्पष्ठ पार्न पत्रकार सम्मेलननै गरेको बताए।
भारतले डा बाबुराम भट्टराईलाई अगाडि सारेर उनैको नेत्रित्वमा अर्को सरकार बनाउन लागेको हल्लाको बारेमा पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए । आफ्नो पार्टी पहिले भन्दा अझ बढि एकताबद्द र एक ढिक्का भएकोले त्यस्ता दुष्प्रचारले आफ्नो पार्टीलाई कमजोर पार्न नसक्ने बताए । आगामी सरकारमा माओवादी संलग्नता बारे सोध्दा देशमा दैध सत्ता कायम भएको र नागरिक सर्बोच्चता माथि हमला गरिएकाले राष्ट्रपतीको असंबैधानिक कदम नसच्चिएसम्म सरकारमा आफ्नो पार्टी नजाने बताए ।




