डाक्टर के सी र लोकमान मुद्दा नवउदारवाद र ब्यवहारिक समाजवादको द्वन्द
तेज कुमार कर्की
नवउदारवाद
साना साना कुरामा झगडा गर्ने ठुला दलहरु, आफ्नो भ्रस्ट आए आर्जन बचाइदिने ग्यारेन्टी हुन्छ भनेजस्तो व्यक्ती नियुक्ति मापनि सर्वसम्मत हुन्छन । स्वास्थ्य सिक्ष निजीकरण हुन्छ र तिनीहरुसंग पार्टी र सरकारको कमिसनको साँठगाँठ हुन्छ । ठेकेदार,पार्टी नेता, मन्त्रि, डन, कमिसन एजेन्ट, मेडिकल व्यवसायी घनिष्ट मित्र हुन्छन । तिनीहरुको बिचमा आर्थिक लेनदेन हुन्छ ।
पार्टी नेताहरुको, सरकारमा जानेहरु र सांसदको स्वास्थ, उद्योग र अन्य ब्यापारमा लगानी हुन्छ । घर जग्गा ब्यवशायी, विदेश पठाउने दलाल, नक्कली पासपोर्टको ब्यापार, सभासद सिटको किनबेच हुन्छ । मेडिकल सिटको किनबेच हुन्छ । गरिबले मेडिकल पढ्न सक्दैनन् । स्वास्थ्यमा नाफाको व्यापार हुन्छ । बढी पैसा तिर्न नसक्नेको उपचार हुँदैन । नक्कली प्रमाणपत्रको कारोबारमा डाक्टर, इञ्जिनिएर हुन्छन ।
नाफाको इन्सेनटिभले गर्दा निजि क्षेको बिकाश त हुन्छ तर जसले पैसा तिर्न सक्छ उसको मात्र पहुँच हुन्छ । रामशरण इकोनोमिक्सले बजार त आयो तर भ्रस्टाचार ले माओबादी फस्टायो । पुंजीको बिकाश त हुन्छ । तर केहि सिमित हेराफेरी गर्ने ब्यक्तीको कब्जामा हुन्छ । सुशासन कुसासनमामा परिणत हुन्छ ।
ब्यवहारिक समाजवाद
सहि ब्यक्ती कानुनि प्रक्रियाबाट सहि आचरण भएको बेक्तीको छनोट हुन्छ । केहि ठुला दलको मनपरी हुँदैन । निजि क्षेत्रसंग साँठगाँठ गर्ने पार्टी र सरकारलाइ कानुनी कारवाही हुन्छ । पार्टी नेताको माफिया, डन, ठेकेदारसंग साठगाठ भए जेल चलान हुन्छ । नक्कली प्रमाण पत्रको कारोबार गर्नेलाइ कारवाही हुन्छ । नाफामुलक संस्थाले न्युन आए भएका ब्यक्तीलाइ केहि सेवाको प्राबधान राख्नुपर्छ । बजारको बिकाश तर काकाबजारीयालाई कारवाही हुन्छ ।
बजारमा न्युन आए भएको मान्छेको पहुँच हुन्छ । न्युन आए भएका प्रतिभाशालीब्यक्तीको अवसरहरुमा पहुँच हुन्छ । गाउं$ गाउँमा सेवा र अवसरको पहुँच हुन्छ । काठमाडौँ मात्रै नेपाल हुँदैन । जुम्ला, हुम्लापनि नेपाल हुन्छ । सुकिलामुकिला मात्रको शासन नभई हरेक मेहेनती न्युन आए भएको ब्यक्तीको पहुँच हुन्छ । स्वच्छ प्रतिपर्धा हुन्छ र शक्तिसाली ब्यक्तीको हस्तछेप हुन सक्दैन ।
अब हेर्नु छ नेपालमा नवउदारबाद र ब्यवहारिक समाजवादको लडाईको उपलब्धि के हुनेछ ।




