दाहाल र देउवाको दिल्ली एक्सप्रेसमा बिहारीपनि सवार !
- भरत दहाल
नेपाली मुकुण्डो लगाएका रअका एजेन्टहरूका मुखिया अमरेशकुमारको हिंजोको विविसी अन्तर्वार्ता सुन्नुहोस् । यसले दिल्लीको चाललार्इ राम्रोसंग झल्काउँछ। यो सुनिसकेपछि संघीयताबाट जातिय मुक्ति दिलाइ दिनका लागि रञ्जीत रे को लैनचौर निवासमात रून र भात मार्न जाने राजमुमार लेखि, आङ्काजी, पासाङ् सेर्पा लगायतका जनजातिहरूलाइ एना बसेर आफ्नो थुतुनामा कालो मोसो दल्न सल्लाह दिनुहोस् । तराइका जमिन्दार र अमरेशकुमार कार्काका दिल्लीका सुराकि बिहारीहरूलाइ ‘उत्पीडित मधेशी’ को उपमा दिएर देश विरूद्ध दिल्लीको गोटी बन्ने भुइँ न भाँडाका आन्तरिक राष्ट्रियतावादीहरूलाइ अब पहाडका रूखमा बसेर ढेंडु नाच नाँच्न भनिदिनुहोस् ।
दिल्लीले संघीयताको नाममा चाहेको एक मधेश मात्र हो, संघीयता होइन भन्ने कुरा बिहारीहरूले अघि सारेको तराइ, हिमाल र पहाडि प्रदेशको मागले दशक अगाडि स्पष्ट पारिसकेको थियो। दिल्लीले पहाडि जनजाति र थारूहरूको नामै सुन्न चाहन्न । जनजाति र आदिबासिका नाममा उठेको मुद्दा इण्डीयाको सबैभन्दा ठूलो समस्या हो, दिल्लीले यसलाइ प्रोत्साहन दिन चाहन्न । थारूहरू तराइ खाने योजनाका सबैभन्दा ठूला बाधा हुन भन्ने पनि त्यसले बुझेको छ । जनजाति र थारूहरूलाइ त्यसले बिहारी गोटिका रूपमा उपयोग गरेको तथ्य कैलाली घटनाबाट प्रष्ट भैसकेको थियो ।
तर भारू र भातको नशाले यिनीहरूलाइ अन्धो बनाएको थियो। अस्ति भर्खरै भगतसिं कोशीयारीले नेपाललाइ भुटान जस्तै खुसि भएको देख्न चाहेको बताएर दिल्ली गएको छ। दिमागमा किरा परेका यहाँका जनजातिहरूलाइ देश विरूद्ध भाँडभैलो गर्न लगाएर वातावरण जटिल बनाएपछि अब त्यसले बल्झाइएको समस्यालाइ क्यास गर्न खोजेको छ । अब त्यसले रञ्जीत रे को भान्सामा भात मारेर राजेन्द्र महतोलार्इ उत्पीडित भनेर बुइ हाल्ने जनजाति र थारू दलालहरूका टाउकामा ‘दिल्ली-बाहुन-बिहारी’ लठ्ठो बजार्न लगाउने छ । दिल्लीलाइ चाहिएको पानी र सुरक्षा मामिला हो नकि बाहुन, मधेशी र जनजाति ।
साम्राज्यवादको ढोका चहार्नेहरू कौडिका मानिस होइनन् । साम्राज्यवादको एउटै सिद्दान्त हुन्छ ‘यूज एण्ड थ्रो ।’ आजसम्म देश र आफैसंग बसेका भाइबन्धुहरूका विरूद्धमा ‘यूजु’ गरिएकाहरू अब ‘थ्रो’ हुने समय नजिकिएको छ। दाहाल र देउवाको दिल्ली एक्सप्रेसमा बिहारीहरू पनि विस्तारै सवार हुनेछन् । नेपालको प्रमूख समस्याका रूपमा रहेको दिल्ली विस्तारवाद र त्यसको दलाल शासक वर्गलाइ एक्ल्याएर परास्त गर्न आम नेपालीहरूका बीचको एकताको प्रयास गर्नुको साटो जातिय दुर्भावना फैलाउन उद्दत हुने दलालहरूले अब भात मार्नका लागि कुन ‘रे’ को घर खोज्दै हिंड्ने हुन् ?
(दहालको फेसबुकबाट)




