सपना देख्ने प्रधानमन्त्री
– गोपीचन्द्र कार्की
पहिलो संविधानसभाको निर्वाचनबाट २ वर्षमा वनाउने भनिएको संविधान ४ वर्षमा पनि वन्न सकेन, त्यतिवेला संविधान बनाउने सपना कसैले देखेकै थिएन । जव दोसो पटक संविधान सभाको निर्वाचन भयो तव नेपाली कांग्रेस र एमालेले सपना देखे एक वर्षभित्रै संविधान जारी गर्ने, सपना साकार पार्न उनीहरुले आफनै वलवुतामा १६ वुंदे सहमति गरे, त्यसैले सपना साकार पार्यो । यदि १६ वुंदे सपना नदेखेको भए त्यतिवेला पनि संविधान आउने थिएन । त्यो सपनाको पनि देश विदेशका धेरैले धज्जि उडाए । सपना देख्नेहरु आउंछन् जान्छन् नेपालमा संविधानसभाबाट संविधान आउनै सक्दैन भन्नेहरु थिए ति पछि पाखा लागे । ६५ वर्ष देखिको त्यो सपना वल्ल ०७२ सालमा पुरा भयो । संविधान आएरै छाड्यो । त्यसैले सपना देख्नु अन्यथा हैन । सपना नदेख्ने , कुनै योजना नवुन्नेहरु त अरुले लाए अराएका काम र अगाडी जे आउंछ त्यहीमात्र खुरु खुरु गर्छन । तर सपना देख्नेहरु आफै अघि वढेर आफनै कार्यकालमा त्यो सपनालाई पुरा गर्न लागि पर्छन, किनकि उसले सपना देखेको छ, त्यो सपना उसले पुरा गर्नु छ । यदि सपना ठीक छ भने तत्काल पुरा हुन नसके पनि त्यो मर्दैन कसै न कसैले त्यसलाई पुरा गर्छ ।
हाम्रा नेतै ठीक भएनन् । नेतामा भीजननै भएन, देशमा कसरी आर्थिक बिकास गर्ने समृद्धि तर्फ लाने सपना देख्ने नेतै भएनन् भनेर हामीनै नेताहरुलाई गालि गर्छौ । तर अहिले सपना देख्ने, सपना बांड्ने प्रधानमन्त्री हामीले पाएका छौ । त्यो सपना उसका व्यक्तिगत स्वार्थ पुरा गर्ने सपना हैन, दलगत सपना हैन । उसका सपना देश वनाउने , देशलाई समृद्धितर्फ लाने । देशको मुहार फेर्ने । देशलाई परनिर्भरबाट आत्मनिर्भर तर्फ उन्मुख गराउने उसले सपना देखेकोछ । तर मानिसहरु उसका सपनामा हंस्सि मजाक गरि रहेका छन् । चटपटे ठानिरहेका छन् । स्वप्नद्रष्टा भनेर व्यंगवान हानि रहेका छन् ।
पुष्पलालले सामन्ती व्यवस्था फाल्न, गणतन्त्र ल्याउन कांग्रेस कम्युनिष्ट नमिलि सकिन्न, मिलौ र आन्दोलन गारौ भन्ने सपना देखे, तर लामो समयसम्म त्यो पाच्य भएन । जव ०४६ सालमा त्यही सपना बोकेर गणेमान, मदनभण्डारी समेतको पहलमा वामपन्थी र वहुदलबादी जुट्नासाथ पुष्पलालको सपना साकार भएको थियो । बिपीले पनि वरोवर सपना देखे, क्रान्तिभयो राणा शासन फालियो । प्रजातन्त्र आयो । कृष्णप्रसाद भटृराइले नेपाललाई सिंगापुर वनाउने सपना वांडे तर त्यो सपनाबाट उनकै पार्टीका धेरै तिलमिलाए र उनैलाई उठ्नै नसक्ने गरी थचारे । सपना देख्नेले सपना देख्छ उनले काकाकुल वनेको काठमाडौंलाई मेलम्चीको पानी ल्याएर काठमाडौंवासीको तिर्खा मेट्ने सपना देखे तर त्यसलाई पनि त्यतिवेला कसैले पत्याएको थिएन । यो केवल चुनावी नारा मात्र ठानेका थिए । तर उनको सपना सत्यको नजिक थियो । आवस्यकताको कसी थियो । अहिले त्यो सपना पुरा हुंदैछ । राज्य हांक्नेले सपना देख्नुपर्छ । हरेक नेता स्वप्नद्रष्टा हुनै पर्छ । सपना देखेपछिनै त्यसलाई व्यवहारमा उतार्ने उसमा हुटहुटी चल्छ । सपना ठीक वेठीक तर्क विर्तक चल्छ । सपनै नदेख्नेहरुले त आंखामा पटि लगाएका घोडा जस्तै मालिकले जे भन्छ त्यही गर्ने, गर्दै जांदा जे देख्छ त्यही गर्छ ।
प्रधानमन्त्री केपी ओलीले पदवहाली गर्दैमा भनेका थिए । वांकी जीवन म देशका लागि लगाउंछु । मलाई भोट नहाल्नेहरुलाई पनि भोट हालिएन भनेर चुक चुक पार्नेछु । म प्रधानमन्त्री हुन कुर्सी ओगट्नमात्र आएको हैन । केही गर्न आएकोले मैले छिटो छिटो केही गर्नुछ भन्ने उनका भनाइहरु हामीले सुन्दै आएकै हौ । अहिले उनले देखेका सपना पुरा गर्नै नसकिने कुनै पनि छैनन् । घर घरमा ग्यास पु¥याउने कुरा संसारमा नभएको हैन । अनि अन्यत्र हुनसक्छ भने यहां नहुने किन । ग्यास र मट्टितेलको हाहाकार परिरहेको वेलामा त्यो कुरा आएकोले मात्र मानिसहरुले उडाएका हुन् । हावाबाट विजुली निकाल्ने कुरा केपी ओलीले बोल्नु भन्दा अघिनै नेपालमा सुरु भै सकेको काम हो । तर त्यसले निरन्तरता नपाएको मात्र हो । नेपालमा हावाबाट उर्जा निकाल्न सक्ने प्रसस्तै ठाउं नभएका होइनन् जुम्ला, जोमसोम, आदि ठाउमा यसलाई लागु गर्न सकिन्छ । भूपरिवेष्टीतको मानसिकताले थिचिएका हाम्रो मनस्थितिले सोच्दै नसोचेको कुरा समुन्द्रमा पानी जहाज चलाउने प्रधानमन्त्रीले सपना देख्नु चानचुने कुरा हैन । आर्थिक सम्पन्नता हुने हो वा देशले चाहने हो भने यो गर्न नसकिने कुरै होइन । लोडसेडिङ हटाउने कुराको हुटहुटी हिजोका प्रधानमन्त्रीलाई नभएरै आज हामी पछि परेका हौ । अहिले नेतृत्वकर्ताले सपना देख्नु नाजायज कुरा हो र । एकदिन न एकदिन त हामी यसमा पुगेरै छाड्छौं । देश समृद्धितर्फ अघि वढ्न पूर्व देखि पश्चिम सम्म रेल नचलाई हुंदै हुन्न । काठमाडौंमा मेट्रेरेल चलाउने सपना धेरै अघिनै देख्नु पर्ने कुरा हो ।
भारतले आफनो भूमिमा रेलमार्गको संजाल फिजाएको छ । उ रेल विना अव वाच्न पनि सक्दैन । तर उसले नेपालमा पनि रेल चलाउन अरु कुरामा दवाव दिए जस्तो यस्ता कुरामा दिंदैन । त्यसैले अव आत्मनिर्भर हुन सबैतिर हात फैलाएर नेपाल वनाउने सपना पनि देख्ने काम पनि गर्ने गर्नुपर्छ । भारत वेष्ठित भएर बांचेका हामीले पारवहन सुविधाका कुरा उ भन्दा अरुसंग गर्नै सकेनौ । चीनसंग पारवहन सन्धि हुनै सक्र्दैन धेरैले भन्ने गर्थे तर प्रधानमन्त्री केपी ओलीले त्यो सपना पनि देखे त्यसलाई पुरा गरे । भारतले लगाएको नाकावन्दी खुलाउन भातसंग नझुकी हट्नै सक्दैन भन्थे तर सिर ठाडै पारेर केपी ओलीले सम्वन्ध सुधार गरेर सामान्य अवस्थामा ल्याए । प्रधानमन्त्री केपी ओलीकै पहलमा अहिले चीनसंग काठमाडौं पोखरा र लुम्विनीसम्म रेल चिनियाहरुको सहयोगमा चलाउने संझौता पनि भएको छ । ढिलो चांडो अव नेपालमा चिनीया रेल भित्रन्छ । चिनिया पर्यटकको ओइरो लाग्छ , चिनको बाटो भएर संसारका सामान ल्याउने दिन आउंछ ।
नयां नेपाल वनाउने भन्ने उही पुरानो थाङनानै ओडी रहने , त्यसैमा गुटुमुटु भै रहने हो भने कसरी नयां नेपाल वन्छ ।
उनले देखेकै सपनाले अहिले भारतको निद हरामा भएको छ । नेपाली कांग्रेसको निद हराम भएको छ । अहिले सपना नदेख्ने केहीले सपना देख्लान्, जनतालाई सपना वांड्लान् भनेर नीति तथा कार्यक्रम सम्म ल्याउने नदिने गरी सुताउन खोजेकै थिए । अरुका कुरासुनेर रातरात विचार परिवर्तन गरी सरकार हटाउने खेल खेलेकै हुन् । आफै थाङनामा सुते । संविधानले तोकेकै अवधिमा वजेट प्रस्तुत गर्छु भन्दा अहिले घेरा वन्दी र मोर्चवन्दी गरेर हिंड्दैछन् ।
मदन भण्डारीले जनताको वहुदलिय जनवाद ल्याएर वन्दुकको नालबाट मात्रै जनताको अधिकार लिन सकिन्छ भन्ने कुरालाई त्याग्दै, जनतावाट पटक पटक निर्वाचित भएर संसदमा पुगेर प्रतिक्रियावादीहरुलाई नाङगेझार पारेर परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा व्यवहारमै सिद्ध गरे । विश्वभरी कम्युनिष्ट पार्टीको साख गिरिरहेको अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीलाई लोकतन्त्रमा ढाल्ने उनकै सपना थियो । अहिले सवै कम्युनिष्ट पाटीहरु मदन भण्डारीकै सपनाको बाटो हिंडिरहेका छन् । आज नहिंड्नेहरु पनि ढिलो चांडो यही बाटो हिंड्नु पर्ने पक्का छ । उनकै सपनाले आज कम्युनिष्ट पार्टी सरकारमा पुगेको छ । देशको प्रमुख पद राष्ट्र्पति, र सभामुख पनि कम्युनिष्ट पार्टीकै मानिस पुग्न सफल भएकै छन् । यो संसारका लागि उदाहरणीय काम भएन र ?
इतिहासमा घोत्लने हो भने यस्ता सपना धेरै नेताहरुले अग्रजहरुले स्रस्टाहरुले देखेको कुर छर्लङग छ । तीनकै सपना साकार भएर यो देश आज नेपाल वनेको छ । सानो देशले पनि अग्रेजजस्ता साम्राज्यवादीहरुलाई पनि आच्छु आच्छु पारेर यो देशको सीमाना कतिसम्म फैलाएका थिए । के त्यतिवेला उनीहरुले सपना नदेखेको र सपनालाई साकार पार्न नलागेको भए आज हामी यसरी नेपाली भनेर गर्व गर्न सक्ने हुन्थ्यौ ।
०६२। ६३ को आन्दोलनमा नेता अघि मौन भएर हिंड्ने पछि लाग्ने कार्यकर्ता वा आन्दोलनकारीले गणतन्त्र जिन्दाबाद , राजतन्त्र मुर्दावाद भन्दा नेताहरुको अनुसार अमिलो निचोरे झै हुन्थ्यो । मुख रातो पार्थे तर नेताका पछि लागेर नारा लगाउनेहरुले देखेको सपना आखिर साकार भएरै छाड्यो । नेतृत्वलाई यो सपनामा वांध्न नसकेको भए कहां गणतन्त्र आउंथ्यो ।
नेता स्वप्न दर्सी हुनै पर्छ । नेलसन मण्डेला, लि क्वान यु , माओ, अव्राहम लिंकन माक्सले सपना नवुनेका भए , सपनाका पछि पछि मानिसलाई हिंडाउन नसकेका भए आज संसार कता पुग्थ्यो होला । प्रजातन्त्रको प्राप्ती पछि देशमा धेरै प्रधानमन्त्री भए देशको बाटो घाटो चौडा पार्नुपर्छ भनेर आखिर प्रधानमन्त्रीहुंदा डा वावुराम भटृराइले सपना देखे । यो सपनालाई तुहाउन कति मरिहत्ते गरेर लागे तर सपना तुहिएन अहिले राजधानीको मुहार केही फेरीएको छ ।
त्यसैले प्रधानमन्त्री ओलीले देखेका सपनालाई पुरा गर्न वरु सवैले होस्टेमा हैंसे र सच्चा नेपालीले सुझाव सल्लाह, भरथेग गर्नु पर्छ । हांसोमा उडाउने हैन । देशको ठूलो पार्टी नेपाली कांग्रेसले भारतले त्यत्रो नाकावन्दी गर्दा चुं सम्म बोल्न सकेन, अन्तराष्ट्र्यि मंचमा उभिदा समेत भारतले नाकावन्दी लगायो भनेर बोल्न सकेन । तर आफु पनि केही नगर्ने कसैले केही गर्छुभन्यो भने पनि छिरकि लगाउनेहरु देशका मन्द विष हुन् । यीनले देशलाई संधै भांडभैलोमा राख्छन् । देशको सम्वृद्धि अग्रगति देख्न चांहदैनन् ।
नेपाली कांग्रेसकै नेतृत्वमा नेपालको संविधान आएको हो । मधेस समस्या त्यसैवेला सृजना भएको हो । नाकावन्दी त्यसैवेलामा लागेको हो । अनि किन संविधानलाई कृयाशिल वनाउने, यसलाई कार्यान्वयन गर्ने कुरामा उ अग्रपंक्तिमा आउंदैन । के प्रधानमन्त्री ओलीले हुनै नसक्ने, गर्नै नसक्ने कामको सपनामात्र देखेका हुन् त ?




