सरकारमै संघियता बिरोधी, कसरि लागू होला संघियता ?

12924379_10206395260506281_2534392045404539816_n
संसदले पास गरेको नेपालको संघियता । नेपाल अब संघिय राज्य हो भन्ने संविधानमै पास भैसकेको छ । अब लागू गर्नुपर्ने छ । त्यो काम सरकारले गर्ने हो । अहिलेको संविधान ९१ प्रतिशतभन्दा बढि सभासदले पास गरेको हो । यो विश्वकै उत्क्रिष्ठ, सबैभन्दा बढि जनताका प्रतिनिधीले मत दिएर बनाएको संविधान भनेरपनि अहिलेकै मन्त्रीहरु भन्छन् । तर त्यहि संविधानले तोकेका मूलभूत वस्तु, जनअधिकार हनन गर्ने, राज्य व्यवस्थाको ढाँचानै बदल्ने अभिब्यक्ति दिन्छन् भने त्यस्तो सरकारलाई कसरि विश्वास गर्ने ? कसरि नयाँ संविधानका मर्महरुलाई ब्यवहारमा लागू गराउला भनेर पत्याउने ?

राप्रपाका नेता कम थापा  यहि संविधान पालना गर्ने, जनतामा स्थापित गराउने भनेर उपप्रधानमन्त्री बने । जनताको तिरोमा उनले भत्ता लिन्छन् । सुबिधा लिएका छन् । जनतालाई संघियता लागू गराउने शर्त र नाममा हो उनलाई जनताले सबै सुबिधा, भत्ता, पद र कुर्सी सुम्पिएको । यहि संविधानमा टेकेर कसम खाँदै उनले संघियता लागू गर्ने जिम्मेवारी बोकेर उपप्रधानमन्त्री बनेका हुन् । तर उनको अभिब्यक्ति र दाउ यहि संविधानले ब्यवस्था गरेको संघियतालाई भड्काउने छ । संघिय नेपाल कसैगरि नहोस्, नबनोस् भनेर उनी निरन्तर लागिरहेका छन् । उनले यो संविधानमा हुँदै नभएको हिन्दू राज्य र संवैधानिक राजतन्त्र स्थापित हुनुपर्छ भनेर जनमत बनाउँदै हिँडेका छन् ।
चित्रबहदुर केसी अर्का उखाने नेता । यि खरा,सरल मान्छे उपप्रधानमन्त्री बनेकामा धेरैले रुचाएपनि । तर यिनकोपनि नेपाल सरकारको, नेपाली जनताको तलब र भत्ता खाएर, दुखि नेपालीले तिरेको करबाट गाडी चढेर, सुबिधामा रमाएर नेपालीले चाहेको संघियताकै खोइरो खन्ने छ । उनले त अझ भनिपनि सके ‘अहिलेलाई संघियता थाँती राखौं । संघियताले देश भाँड्यो, खत्तम पार्‍यो, भड्कायो ।’ जे लागू गर्छु भनेर गएका हुन् त्यसैलाई भाँड्न, भत्काउन, सिध्याउन र निमिट्यान्न पारेर देशमा भाँडभैलो मच्चाउने, अझ अहिलेको संविधानको मूल विषयलाईनै निमोठेर अझ पछाडि फर्किन चाहने मन्त्रीहरुनै सरकारमा भएपछि कसले लागू गर्छ संघियता ?
बिजय कुमार गच्छदार मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष । अर्का उपप्रधानमन्त्री । यिनको कमपनि संघिताकै जरो उखाल्ने छ । मधेशका अनावश्यक मुद्दालाई बैधानिकता दिने, बिखण्डन गर्ने र संघियतालाई असफल पार्न तल्लिन छन् यिपनि । अब कसरि संघियता लागू हुन्छ नेपालमा ? संघियता बिरोधी मन्त्रीहरुनै भएको सरकारले कसरि संघियता लागू गर्छ ? यदि संघियता लागू गर्नेनै हो यो सरकारले भने पहिले यि मन्त्रीहरुमाथि कारवाही गर्नुपर्छ । जुन संवैधनैक ब्यवस्थामा बसेर, त्यहि संविधान लागू गर्न भनेर सरकारमा गए । यदि त्यसैको धज्जी उडाउने, संविधानको मूल मुद्दालाईनै सिध्याउने कसर गर्छन् भने न त यिनको नैतिक अधिकार छ, सरकारमा बसिरहने न त यिनले संघियता लागू गर्ननै सक्छन् । त्यसैले पहिले यिमाथि कारवाही गर्नुपर्छ । यिनको असंवैधानिक अभिब्यक्तिमाथि सरकारले लगाम लगाउनुपर्छ । सरकारमै बसेर संघियताको खिल्ली उडाउने अधिकार यिनले पाउनुहुन्न ।

तपाइँको प्रतिक्रिया