भत्किएको जीवन कथा

-योगेशनिराशी

 

bahundanda-lamjung-45600000कहाँबाट सुरु गरुँ भत्किएको जीवनको कथा ? चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दो रहेछ सायद यहि नै जीवन हो दिन पछि रात, हाँसो पछि आँसु मिलन पछि विछोड संसारको रीतै रहेछ यसलाई कसैले मेटाउन सक्दैन वाँध्न नै बास, यो आफ्नै गतिमा निरन्तररुपमा चलिरहन्छ मानिसको जीवन भनेको बगेको खोलासरी रहेछ जुन फर्केर आउँछ भन्ने कुनै आशा नहुँदो रहेछ

 

परिस्थिति भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसंग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगाली हिंड्नु पर्दोरहेछ । तर जीवन भनेको रहस्यमय कल्पना हो अनि चुनौती पनि सामना गर्न सिक्नुपर्छ । मानिसको सम्झना कहिल्यै मर्दैन मानिस बिलाएर गए पनि उसको सम्झना मनको एउटा कुनामा सधै मखमली फुल झै फुलीरहन्छ कहिल्यै नओइलाउने गरी बस, सम्झना सागरमा डुब्न रहेछ जिन्दगी जीवन जिउने क्रममा विभिन्न परिस्थिति संग संघर्ष गर्दागर्दै कतै भुमरीमा, कुनै दोबाटोमा फस्दापनि कुनै साथीको साथ नपाउँदा मणि विनाको र्सप जस्तै छट्पटिंदो रहेछ यो मन यो जीवन कस्तो जीवन कसैको साथ बिना एक कदम पनि अघि बढाउन नसकिने ? प्रेमको सुन्दर बगैचामा रहेको फुल फुलाउन वसन्त ल्याउने मेरो मीठो सपना चाहना चैतवैशाखको हुरीसगै चकनाचुर भयो

 

हो, गल्ती मेरै थियो मैले मेरो मनको आवाज सुन्नुपर्ने ठाउँमा यो निष्ठुरी समाजको आवाज सुनी जानीजानी आफुलाई त्यो विश्वासघातको दलदलमा फसाएँ मैले ढुँगालाई देउता सम्झी पुज्ने प्रयास गरेँ माया गरी आँखाको नानी बनाई संसारलाई हेर्ने प्रयास गरेँ मायाको अर्थ नबुझी वास्ताविकतालाई ननियाली एकोहोरो प्रेम गरिरहे….गरिरहेँ….

 

यो संसारमा साँचो माया पाउनु मणि फेला पार्नु जस्तै हो एक हातले ताली बज्दैन, एकोहोरो रोटी पाक्दैन एकोहोरो प्रेम पनि कहिल्यै सफल हुँदैन भन्छन् । वास्तवमा हो रहेछ । एकोहोरो प्रेम सफल हुदाँ रहेनछ यसको अन्त्य मात्र………….. वेदनाको सागरमा डुबेर हुन्छ प्रेममा पीडा हुन्छ, धोका हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिस प्रेमको जालमा फस्छन् अखिरमा किन यस्तो हुन्छ ? भन्छन्प्रायः सबैको जीवनको पहिलो प्रेम सफल हुँदैन ? के प्रेम गर्नु अपराध हो ? पाप हो ? यदि हो भने ठीकै सफल जिन्दगीको कामना तिमीलाई आफु अधुरो भए पनि………

वास्तवमा यो संसार निष्ठुरी आफु मात्र रमाईलो मान्छ । तर यो कलिलो कोपिलाको कलिलो मनलाई विछोडको काँडाले छियाछिया पारिदिन्छ आकाशले दिनरातसंग, चन्द्रमाले शितलतासंग, धर्तीले वनपाखाले सुरिलो सुसाइसंग आनन्दायी क्षण बिताइरहेको हुन्छन् यो कोपलालाई भने आशुको सागरमा डुबाइदिन्छन् आखिरमा किन साँचो प्रेमको अन्त्य वियोगान्त हुन्छ ?

 

यो संसार निष्ठुरी , स्वार्थी योसंग लड्न साह्रै गाह्रो जो यो संग लड्न सक्दैन जिउँदो लास भएर बाँच्न वाध्य हुन्छ जसको अस्तित्व हुँदैन यो संसारको खुला आकाशमा विलीन हुन्छ जसरी धुँवा हावामा विलीन हुन्छ त्यसरी नै अस्तित्वविहिन भै तड्पीतड्पी बाच्न विवश हुन्छ

 

बाहुनडाँडा, लम्जुङ

 

 

तपाइँको प्रतिक्रिया