बिहारबाट छिरेका अंगिक्रितहरुलाई नेत्रित्व नदिउँ

  • रमेश प्रसाद साह

ramesh-prasad-sahaमधेशीहरु आदिम-काल देखिका नेपाली हुन् । तिनका कतिपय जायज मागहरुमा मेरो पनि समर्थन छ । तर हामीहरुका मुद्धा यस्ता हुन् कि मधेशका कमैया, दनुवार, माझी, डोम लागयतका आद्धिबासी र पिछडा वर्गका हितमा होउन । तिनै झा, यादव र महतोको जमिन्दारी जारि राख्ने र अंगिकृत नागरिकता बोकेकालाइ मुख्यमन्त्रि बनाउने माग नहोस ।

बाहिरी देशको नागरिक नेपाल आएर मधेशको मुख्यमन्त्रि वा देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष बन्यो भने म र तपाईहरु जस्ता सक्षम ब्यक्ति मधेश लगायत पूरै देशको लाखौ लाख युवाहरुको बेइज्जत हुनेछ जस्तो मलाई लाग्छ ।

मधेश र देश दुबैको नेतृत्व मधेश, थारु र जनजातिको सक्षम छोरो वा छोरीले गर्न पाउनुपर्छ । बिदेशबाट आएकालाई गर्न दिनु हुन्न । त्यहि भएर बिहारबाट छिरेका, जाल-झेल गरेर अंगिकृत नागारिता हात पारेका मानिसहरुको पछि कोहिपनि नलागौ ।

तपाइँको प्रतिक्रिया