मधेशवादी आन्दोलनको पर्दा पछाडी लुकेको भारतीय स्वार्थ

  • मदन बज्राचार्य

writer_iconभारतसित आश्रितनै रहीरहनुपर्ने, भारतको हित र स्वार्थको निमित नेपालको सार्वभौम सता स्वतन्त्र देशको मान सम्मानपनि खुम्चनु पर्ने, भारतको उत्पादन सित प्रतिस्पर्धा गर्नसक्ने कुनैपनि उद्द्योग नेपालमा चल्ने नसक्ने आदि कुराहरु नेपाल र नेपाली असक्षम भएकै कारणले होइन । दिल्लीको नेतालाई आफ्नो बादशाह मान्ने नेताहरुको षड्यन्त्रले हो । जत्तिपटक त्यस्ता नेताहरु नेपालको प्रधानमन्त्रि बने । नेपालको घाँटी निमोठिने सन्धिहरु लादिए । त्यस्तै त्यस्तै नेताहरुको सरकार बन्न दिने कुप्रयासलाइ क्रान्ति भनिए । अनि त्यस्तैको सरकार र व्यवस्थालाई प्रजातन्त्र लोकतन्त्र आदि भनिए । भारत मित्र त मान्ने तर मालिक नमान्ने नेताहरुलाई तानाशाह अयोग्य भन्दै घोक्राईए ।

सन् १९४७ मा कास्मिर कब्जा गरेको लगतै नेपालपनि कास्मिर जस्तै कब्जा गर्नुपर्ने भनेर सरदार बल्लभ भाई पटेलले नेहरूलाई लिखित रुपमै सुझायको थियो। तर कास्मिर कब्जा गर्दा अन्ताराष्ट्रिय आलोचना खेप्नु परेको र नेपालको चीन सितको घनिष्ट सम्बन्धको कारणले मात्रै भारतले नेपाल कब्जा गर्ने आँट गर्न सकेन । तर नेपाललाई भारतको अघोसित स्वशासित प्रदेशको रुपमा जकड्न भारतले कुनै पनि प्रयत्न गर्न छोडेन । भारतको यहि कुनियत बुझेर चीनको प्रधानमन्त्रि चाउयनलाईले भारतलाई खवरदारीपनि गरेका थिए ।

नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्न खोज्दा भारत र रुसले बिरोध गरे । तर चीनले बलियोसित समर्थन गरेको थियो । भारतले बुद्ध भारतको भन्यो । चीनले बुद्ध नेपालको भन्छ ।  तराइलाइ भारतसित आश्रित बन्नु नपर्ने बनाउन चीनले पुर्व पश्चिम राजमार्ग बनायो । भारतले त्यसस्मा बाधा गर्‍यो । भारतले नेपालमा आफ्नो स्वार्थ पुरा गराउन नाकाबन्दी गर्न सक्ने देखेर नेपालसित थप व्यापारिक नाकाहरु खोल्न चाह्यो चिअले ।  नेपालको भुमिसम्म पाइप बिछाउने र बाटो पनि बनाई दिने प्रस्ताव गर्‍यो । राजा बिरेन्द्रले यो कुरा माने। तर भारत सित बिके झुकेका नेताहरुले चीनको प्रस्ताव मानेनन् । राजाले खोले पनि यस्तो नाका हामी बन्द गर्छौं समेत भने । अहिलेपनि चीनले नेपाललाइ आबस्यक सबै बस्तु उपलब्ध गराउँछु भन्दै छ । यसबाट चीन नेपालको सिमाना र स्वतन्त्रताको सम्मान गर्ने मित्र भएको स्पस्ट देखाउँछ भने भारत छिमेकीलाइ सताउने ।

सिंगो नेपाल भारतलाई चाहिँदैन । मात्र तराइ चाहिएको छ । तराइ जस्तो सानो भूभागमा नेपाल भन्दा २२ गुणा सानो भारतको पानीको आबस्यकता पुरा गर्ने श्रोत छ । तराइको भूमिमा नेपालको सम्पूर्ण सप्त कोशी नदीको पानिलाइ नेपालकै ४० गाउँ बिस्थापित गरेर त्यहाँ बिस्वकै ठूलो २६८ मिटर गालो बाँध बनाएर भारतमा पानीको आपूर्तिको ब्यबस्था गर्ने योजना बनाएको छ ।  उपेन्द्र यादव विदेशमन्त्रि हुँदा तराइमा भारतलाइ त्यो बाँध बनाउन दिनेपनि भनेका हुन् । मोरंगमा पेट्रोलियमको भण्डार भएको कुरा मरिचमानको पालामा पत्तालागिसकेको थियो । अमेरिकाको तेक्साना कम्पनीले तराइमा एसियाकै सबैभन्दा ठूलो पेट्रोलियमको भण्डार भएको कुरा पता लगाएको थियो । ती कम्पनीहरुलाई कसको दवावमा काम गर्न दि इ एन सबैले जानेकै कुरा हो ।

यदि तराइमा भएको सबै श्रोत नेपालले उपयोग गर्न सके वा उपयोग गर्न पाए भारत नेपाल प्रति आश्रित हुनुपर्ने पनि हुनसक्छ । तर भारतले ती सबै श्रोत कब्जा गर्न सके भारत अमेरिका भन्दा धनि बन्न सक्छ । त्यसैले तराइ नेपालको नरहोस् भन्नेको जनमत बहुमतमा पुर्याउन मधेशबाद नामको षड्यन्त्र लादिँदै छ नेपालमा ।

मधेशबादीहरु नेपालबादी नभएको बरु भारतवादी भएको कुरा मात्रै भनि रहेका छैनन् तराइनै नेपालको नभएकोले तराइ नेपाल बाट अलग्याउने समेत भन्दै आएका छन्। यस्तो भन्ने मधेशवादी नेताहरुले संबिधान सभाको चुनावमा तराइको कुल मतको ५% पनि मत पाउन सकेनन् । त्यसैले उनीहरु बिहार बाट पस्ने जतिले नेपालको नागरिकता पाउन सक्ने भे। तिनले अंगिकृत नागरिक पनि नेपालको रास्ट्रपति, प्रधानमन्त्रि, मुख्यमन्त्रि बन्न सकिने संबिधानमा ब्यबस्था हुनुपर्ने भन्दै आएका छन्। भारतले राजा बिरेन्द्रको पालादेखि नेपाल पसेका सबै बिहारीलाई नेपालको नागरिकता दिलाउन दवाव दिंदै आएको थियो । गिरिजाको सरकारले मात्र नेताहरुको सिफारिसमा तराइमा ४० लाख नागरिकता बाँडिदिँदा २५ लाख अनागरिकले नेपालको नागरिकता पाएको कुरा प्रचण्डको प्रधानमन्त्रीकालमा विदेश मन्त्रि भएका मधेशबादी नेता उपेन्द्र यादवले सकारे । मधेशवादीहरु अहिले पनि ५० लाख मधेसीले नेपालको नागरिकता पाउन बाँकि भन्दै तिनीहरुले पनि नेपालको नागरिकता लिन सक्ने ब्यबस्था संबिधानमा गर्नु पर्नेमाग गरेका छन्।  अहिले भारतको ग्रिह मन्त्रीले एक करोड भारतीय नेपालमा भएको र ती मध्ये ५० लाखले नेपालको नागरिकता लिइसकेको सार्वजनिक गरिदिए । भारतले अहिले बनिसकेको नेपालको संबिधानमा नागरिकता संवन्धि ब्यवस्था मधेशवादीको माग अनुकुल हुनुपर्छ भनेर दवाव दिएको छ । यसको सिधा अर्थ तराइमा तराइ नेपालको होईन भन्नेको बहुमत बनाउन खोजेको देखिन्छ । यदि यस्तो भएमा सेना प्रयोग गरेर अर्को कास्मिर बनाउन नसकिने नेपालको तराइलाइ सिक्किम बनाउँदैनन ?

मधेशबादीहरुले पहाडसित जोडिन नमान्नु तिनले तराइ नेपाल बाट अलग्याउन खोज्नु हो । भारतको सहयोग माग्ने रघुनाथ ठाकुरलाई बाबुरामको सरकारमा बसेको मधेशवादिहरुले आफ्नो महान नेता मानेर “जयन्ति” मनाउनु, मधेशबादी गोईत लगायतले तराइबाट पहाडी जातिका नेपालीलाई लखेट्न बिहारमा बसेर तराइमा हतियार आतंक मच्चाउनु, पहाडीलाई तराइ छोड्ने अल्टिमेटम दिनु र नेपालको भूमिमा आफ्नो बिरोध नगरुन भन्ने भारतले त्यस्तो समुहलाई भारतको भुमि प्रयोग गर्न दिनु, गुप्ता मात्रिकाले तराइमा आन्तरिक बसाइ सराइ रोक्न संघर गर्ने भन्नु, सिके राउतले खुल्लेआम तराईलाइ नेपालबाट अलग्याउने अभियान चलाउनु, गिरिजाको पालामा मन्त्रि हुँदा पहाडीहरू तराइमा बस्ने हो भने मधेसीको मातहत बस्नुपर्ने भन्नु, तिनै महतोले मधेश हारे भारत हार्छ भन्नु, अनि यस्तो मधेशवादिले सम्पूर्ण तराइलाइ पहाडसित नजोडेको मधेशीको स्वायत तथा रास्ट्रिय आत्मनिर्णय गर्न पाउने ब्यवस्था संबिधानमा हुनुपर्ने भन्नु र भारतले मधेशवादिको माग सम्बोधन गरेर संबिधान बनाउन नाकाबन्दी समेत गरिनुबाट बुझिन्छ, भारत र मधेशबादी को हुन् र के चाहन्छन् ।

तपाइँको प्रतिक्रिया