‘राष्ट्रिय जागरण अभियान, नेपाल’को संष्लेषित रुप
- भरत दहाल
‘राष्ट्रिय जागरण अभियान, नेपाल’ एउटा मौलिक प्रकारको आन्दोलनको नाम हो । आजसम्मको यथास्थिथिको गोलचक्करबाट बाहिरिएर देशको संकट समाधान र समृद्धिको बाटो खोजिनु पर्दछ भन्ने यसको मान्यता छ । यसका लागि आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, नैतिक, मनोबैज्ञानिक सबै क्षेत्रहरुमा नयाँ दृष्टिकोणमा आधारित चिन्तन, मूल्य–मान्यता, व्यवहार र योजनाहरुको खाँचो छ । आजको परिस्थिति र हामीलाई बोकाईएका सोंचहरुका बीचमा ठूलो खाडल छ । यहि खाडलले गर्दा देशको संकट झन्पछि झन् गहिरो बन्दै गएको हो । संकटको दबाब भएको बेला विकृत एकांगि सोंचाईहरुले प्रश्रय पाएका हुन्छन् । मानवता, भाइचारा र देशप्रेमको भावना कमजोर भएका हुन्छन् । आज हामीले यस्तै प्रकारको दुरावस्थाको सामना गरि रहेका छौं । सामाजिक जीवनका सबै क्षेत्रहरुमा आफ्नो मौलिकता र सापेक्षतामा आधारित प्रणालिहरुको विकास नगरिकन यो अवस्थामा परिवर्तन आउन संभव छैन । त्यसैले,
१. यो ५ आयामी एकिकृत सिद्धान्त हो (Unified Theory)
नेपालको समृद्धिका लागि सामाजिक–राजनीति (Socio-Politics), सामाजिक–अर्थतन्त्र (Socio-Economy), सामाजिक–सँस्कृति (Sogio-Culture), सामाजिक–पर्यावरण (Socio-Ecology) र सामाजिक–राष्ट्रिय मनोविज्ञान (Socio-National Psychology) का आयामहरु (Dimensions)लाई एकिकृत सिद्धान्त (Unified Theory) का रुपमा विकास गर्नु पर्नेे अवधारणा ‘राष्ट्रिय जागरण अभियान’ले सारेको छ । यी अन्तर्निर्भर अङ्गहरुलाई एक अर्काबाट पृथक गर्दाा प्राकृतिक एवं सामाजिक असन्तुलन, असमानता र विनाश निम्त्याएको छ भन्ने अनुभवका आधारमा सन्तुलित र दिगो विकासका लागि यो अवधारणा प्रस्तुत गरिएको हो ।
२. यो नयाँ दृष्टिकोणमा आधारित वैचारिक पाठशाला हो (New School Of Thought)
अहिलेकाे दृषटिकाेणले केहि गर्न सक्दैन भन्ने तथ्य प्रमाणित भैसकेको अवस्थामा बैज्ञानिक दृष्टिकोणमा आधारित नयाँ वैचारिक पाठशाला (New School Of Thought) को आवश्यकता छ । लुट अर्थतन्त्र, युद्ध सँस्कृति, अमानवीय प्रजातन्त्रको अन्त्यका लागि विषय, वस्तु र घटनाहरुलाई कसरी हेर्ने, बुझ्ने, व्यवहार गर्ने र बदल्ने भन्ने प्रश्नको ठोस उत्तर पुरानो स्कूलिङभित्र पाउन सकिंदैन । यसका लागि नयाँ चिन्तन पद्धति, आलोचनात्मक सोंच, अध्ययनका विधिहरुको विकास गर्नुपर्ने खाँचो छ । यसले मात्र मानिसलाई जागृत बनाएर आफ्नो सँस्कृति÷सभ्यताको संरक्षण गर्दै आवश्यकताहरु पूरा गर्नसक्ने वास्तविक मानिस ९ब्अतगबष्शिभम ःबल० को सिर्जना गर्न सक्दछ ।
३. यो दिगो विकासको परिकल्पनामा आधारित छ (Sustainble Development)
एकिकृत सिद्धान्तको अभिष्ट दिगो विकास (Sustainble Development) हो । मुट्ठीभर व्यक्तिहरुको सुख सुविधा र असिमित पूँजी सञ्चयका लागि प्राकृतिक एवं सामाजिक सन्तुलन खल्बल्याउने वर्तमान लुटको सँस्कृति (Loot Economy) लाई अन्त्य गरेर प्रकृतिको उत्पादन क्षमता र यसको सन्तुलनलाई मर्न नदिने गरी मानव समाजलाई राजनीतिक, आर्थिक, साँस्कृतिक तथा पर्यावरणीय सबै कोणबाट दिगो विकासको बाटोमा लैजानु पर्छ भन्ने परिकल्पनामा आधारित यो अवधारणाले कथित विश्व व्यवस्थाका नाममा चल्दै आएको युद्ध अर्थतन्त्र (War Economy) का संपूर्ण प्रकारका वर्वर मूल्य र मान्यताहरुलाई दृढतापूर्वक अस्विकार गर्दछ ।
४.यो राष्ट्रिय मनोविज्ञानमा आधारित माटोको आन्दोलन हो (Soil Movement)
आफ्नो माटोको विशेषता र माग अनुसार नजाने कुनैपनि प्रणालिहरु टिकाउ र उपयोगि हुँदैनन् । संसारका अधिकांश देशहरुमा जतिपनि संकटहरु देखापरेका छन्, त्यसको मूख्य कारण आफ्नो माटोलाई उपेक्षा गरेर प्रणालिहरु स्थापित गर्न खोज्नु हो । माटो भनेको पदार्थ मात्र नभएर प्रकृति, मौलिकता र स्थानिय विशिष्टताको समष्टि हो, जसको एकिकृत भाव राष्ट्रिय मनोविज्ञान हो । नेपालमा यतिबेला सबैभन्दा ठूलो आक्रमण राष्ट्रिय मनोविज्ञानमाथि भएको छ । नेपालीहरुलाई राष्ट्रिय धर्मबाट विमुख बनाएर प्रायोजित मुद्दाहरुमा खण्डखण्डमा लडाउने र नेपालमाथि जित हासिल गर्ने बाह्य षडयन्त्र घनिभूत भएको छ । यसको सामना गर्न जरुरी छ ।
५.यो नयाँ विश्व व्यवस्थाको आग्रह हो (New World Order)
विश्व व्यवस्थाका नाममा अहिले जुन आर्थिक, राजनीतिक, सामाजिक, नैतिक, साँस्कृतिक व्यवस्था लागु गरिएको छ, यो विभाजन, विभेद, लुट, अन्याय, युद्ध जस्ता अमानवीय दृष्टिकोणमा आधारित छ । यसले अति सम्पन्न वर्गको नाफा र सुखभोगका लागि प्रकृति, मानवता र न्यायमाथि वर्वर हमला गर्दै, विकासका नाममा प्राकृतिक सन्तुलन खल्बल्याउँदै, शासन प्रणालिलाई आधुनिक दासप्रथाका रुपमा दुरुपयोग गर्दै र विभेदको खाडललाई गहिरो बनाउँदै आएको छ । यसको अन्त्य गरी श्रम सँस्कृति (Labour Culture) र पर्यावरणीय सन्तुलनमा आधारित (Ecology Based) नयाँ विश्व व्यवस्थाको स्थापना गर्ने दिशामा अघि बढ्नु पर्दछ ।
६. यो सामाजिक आन्दोलन हो (Social Movement)
समाज भनेको मानिसहरुको झण्ड मात्र होईन । मानिसहरुका वरिपरि जति पनि परिवेशहरु हुन्छन्, ती सबैको संष्लेषित रुप समाज हो । मानिस प्रकृतिको परिवेशभित्र बाँचेको छ र अर्थतन्त्र, राजनीति, सँस्कृति जस्ता कुराहरु मानिसको परिवेशका वरिपरि विकास भएका हुन्छन् । मानिसले विकास गरेका आफ्ना परिवेशहरु सहित प्रकृतिसंगको सन्तुलनमा बसेको जैवीक एकाइ नै वास्तविक समाज हो, यी यावत् प्रणालिहरुको समष्टि समाज हो । मानिसहरुको सोंच, व्यवहार र समग्र जीवन प्रणालिलाई बदल्नका लागि चलाईने बृहत आन्दोलनको नाम सामाजिक आन्दोलन हो । यसलाई राजनीतिक÷आर्थिक मागको संकुचित घेराभित्र मात्र बुझ्नु हुँदैन ।
७. यो जनकल्याणकारी समाजवादको दिशा हो (Welfare Socialism)
राज्य भनेको मानव जातिले आफ्नो जीवन व्यवस्थापनका लागि जीवन प्रणालिहरुको एकिकृत रुप हो । मानिसले समाजलाई व्यवस्थित र सुचारु राख्नका लागि मतदान÷समर्थनका नाममा राज्यलाई आफ्नो अधिकार हस्तान्तरण गरेको हुन्छ । नागरीकहरुको अधिकारलाई हातमा लिई सकेपछि प्रत्यक राज्यको प्रथम कर्तव्य उनीहरुका आधारभूत आवश्यकताहरुको पूर्ति तथा उनीहरुको संरक्षण र सुरक्षाको उत्तरदायीत्व लिनु हुन्छ । ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ले यस्तो जनकल्याणकारी राज्यको स्थापना होस् र त्यसले मानिसका आवश्यकताहरु पूरा गर्दै श्रम सँस्कृतिमा आधारित समतामूलक न्यायपूर्ण समाजवादको मार्ग प्रसस्त गरोस् भन्ने चाहन्छ ।
(भरत दहाल डट कमबाट)




