कामरेडहरुलाई सुहाउने सन्यास

maoist-leader-baglung

माओवादीका धेरै नेताले सन्यास लिनुपर्ने हो । कोही बुढा भएर । कोही हयाउ नभएर । कोही धनवादमा लागेर । कोही कमाउ र मोज गरमा झुत्तिएर । जनताले सन्यास लिने सन्देश दिएका छन् । तर ति राजनीतिमै झुत्तिन्छन् । लाजै नमानी जनताका नेता भनिरहेका छन । हँसिया हथौडा बोक्ने जनताले पताउन छोडे तैपनि तिनैका नाममा केन्द्रमा बसेर राजनीति गरिरहेका छन् । धेरै जिल्लामा छन् यस्ता सन्यास लिनुपर्ने नेता । तर लिँदैनन । पार्टीपनि रमिते बनिरहेको छ । पछिल्लो समयमा जनताले सन्यास लिनुपर्ने सन्देश दिएका नेता हुन बागलुङका । दिनानाथ शर्मा, देवेन्द्र पौडेल, हिमाल शर्मा, वलावति शर्मा, कृष्ण केसी र कृष्ण शर्मा सबैले सन्यास लिनुपर्ने हो । कि त सुरुक्क आफ्नो जिल्ला गएर जनताका लागी राजनीति गर्नुपर्ने हो ।

यि सबै नेता बाङलुङका हुन । बागलुङे जनताका नाममा राजनीति गर्दै आएका छन् । तर यि सबै राजाधानी बस्छन् । यतैको सेवा सुबिधा लिन्छन् । सुकिला मुकिलासित संगत गर्छन् । तर वाङलुक जाने भनेको परिवार भेट्न, ससुराली पस्न र यस्सो कुनै कार्यक्रम आयोजना भयो भने त्यहाँ माईक समाउन हो । नत्र यिनको बास बाङलुङ हुन्न, काठमाडौं हुन्छ ।

गत महिना बागलुङको उपनिर्वाचनमा माओवादीका यिनै केन्द्रिय नेता भएको ठाउँमै माओवादीको जमानत जफत भयो । अघिल्लो चुनावमा भन्दा मत झन घटेर । जनताको राजनीति गर्नेले निर्वाचन जित्नुपर्ने हो । तर जमानतसम्म जोगाउन सकेनन् । बाङलुङमा यती धेरै नेता छन् । यि अधिकांश निकै लोकप्रिय, तगडा हुन् माओवादी पार्टीमा । यिनको बार्गेनिङ शक्तिपनि तगडा छ । यिनको निकटता कि डा बाबुराम भट्टराई कि प्रचन्डसित छ । त्यसैले यिनलाई जिल्ला जानै पर्ने बाध्यता पर्दैन । कुनै न कुनै गूटमा लागेपछी पार्टीले हल्लाउनपनी सक्दैन । किनकी गूटमा राख्ने नेताले दह्रोसित रक्षा गरिहाल्छ । त्यसैले जिल्लामा जेसुकै होस् यिनलाई खासै वास्ता हुन्न ।

यस्ता नेतालाई जिल्लाका क्षेत्र छुट्ट्याएर इन्चार्ज बन, जाउ, जनताको सेवा गर, पार्टी बलियो बनाउ, संगठन बनाउ भनेर पार्टीले खटाउनपनि सक्दैन । त्यसरी जिम्मेवारी हेरफेर गरेर जिल्ला पठाए गूटगूटको लडाई र बिबाद चर्किन्छ । त्यसैले ‘बागलुङ जिल्लाका हामी’ भन्दै यि राजनीति गर्छन् राजधानी बसेर । तर जनताले यिनलाई भेट्न पाउने होइन । निर्वाचनका बेला फोस्रा भाषाण बोकेर जाँदैमा जनताले किन दिन्थे भोट ? त्यही कारणले बाङलुङेले माओवादीलाई जमानतपनि ढुस बनाइदिए ।

कांग्रेस र एमालेबाट दाम खाएर आफ्नै भोटसमेत बिक्री गरेको आरोप माओवादी नेतालाई लागेको छ । अब पार्टीले छानबिन गर्ला । त्यो सिद्द भयो भने झन् माओवादी नेताको हालत के होला ? पार्टी कम्जोर देखिएपछि संगठन बिस्तार गर्ने, जति सकिन्छ जनताको मन जित्ने कामा, जनताकहाँ जाने गरेर मत बढाउने पो हुनुपर्ने हो, संसदिय पार्टीको कामा । तर भएका मतपनि पैसामा बेचेर खाने नेताबाट कस्तो बन्छ कम्युनिष्ट पार्टी ? त्यस्ता नेतापनि कम्युनिष्ट रहन्छन ? त्यस्ता नेताको गोठ पाल्ने पार्टीको कहीँ भलो हुन्छ ? तरपनि माओवादीलाई सबै पचे जस्तो देखिन्छ । पार्टी र अन्य नेताको ब्यवहारले ।

जे होस, बाङलुङमा भएको जमानत जफतको जिम्मा पार्टीले लिएर मात्रै हुन्न । बागलुङका नेतालेपनि नैतीक रुपमा लिनुपर्छ । जनताबाट नेता टाढिएको, जनताप्रती जिम्मेवार नभएको स्पष्ठ उदाहरण हो त्यो । यदी यि नेता नैतिकवान हुन्थेभने यिनले आँफैं सन्यास लिनुपर्छ । वा माफी मागेर यि नेता तत्कालाई वागलुङ जानुपर्छ । आफ्नै जिल्लामा बसेर राजनीति गर्नुपर्छ । तर यिनमा राजनीतिक नैतिकता छैन । यति धेरै नेता एकै जिल्लाबाट वर्षौंदेखि राजनीति गर्दापनि जमानत जोगाउन नसकेकोमा कमजोरी स्विकारेर जिम्मेवारीबाट बाहिर हट्दैनन् ।

तपाइँको प्रतिक्रिया