कुमार-अगस्त्य सम्बादे

  • आनन्दराम पौडेल 

writer-anandaram-paudelकुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि, अब म तपाईंलाइ तराई राजनीतिक नेताहरुको नालिबेली कहन्छु । ध्यान दिएर सुन्नुहोस् ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरजी सुरसण्ड, विहार, भारतको हुनुहुन्छ । ठूलो भाग खानको लागि एमालेबाट एमाओवादीतिर हाम्फालेका रामचन्द्र झा जयनगर,  भारतका हुन् । नेसपा (आनन्ददेवी) की सरिता गिरी सोनपुर, विहार,  भारतकी हुन् । मजअफो  जनतान्त्रिककी  रेणुकुमारी यादव मधुवनी,  विहार,  भारतकी हुन् । तमलोपाकी उर्मिला महतो कोईरी सितामढी विहार, भारतकी हुन् । मजअफो, लोकतान्त्रिककी कलावती दुसाध मोतिहारी, विहार, भारतकी हुन् । नेपाली काँग्रेसका कृष्ण ठाकुर समस्तिपुर, विहार, भारतका हुन् । तमलोपाका  चन्दन शाह डुमर्वाना, बैरगानिया, विहार,  भारतका हुन् ।

मजअफो, लोकतान्त्रिकककी दुर्गादेवी महतो रक्सौल, भारतकी हुन् । मजअफो,  लोकतान्त्रिकका निलम बर्मा रक्सौल, भारतकी हुन् । राप्रपा नेपालका  रामनारायण सिंह कबई, भारतका हुन् । नेपाली काँग्रेसका मुन्नी गुप्ता पिपरा बजार, सुपौल बिहार, भारतका हुन्। नेपाली काँग्रेसका निर्मला प्रसाई सिक्किम, भारतकी हुन् । नेपाली काँग्रेसका मोहम्मद सिद्दिकी गोरखपुर, भारतका हुन् । तमलोपाका बसन्ती झा सितामढी, विहार, भारतकी हुन् । एनेकपा,माओवादीका लीलादेवी मेहता सोनपुर,  विहार, भारतकी हुन् । मजअफो, गणतान्त्रिककी सुरिताकुमारी शाह मधुवनी, विहार,  भारतकी हुन् । मजअफो, नेपालकी रम्भादेवी यादव मोतिहारी,  विहार, भारतकी हुन् । तमलोपाका रमधी राम मधुवनी विहार, भारतका हुन् ।

हे अगस्त्य मुनी, यी सब बिबरण वुझ्न चाहनेले ‘इ कान्तिपुर ब्लग’ मा विस्तृत बिबरण पढ्न सक्छ । नेकपा एमालेका बरिष्ठ नेता कमलप्रसाद कोइरालजीले नगिनादेवीजीको बिषयमा भन्नुभएको एउटा जानकारी मात्र त्यो ब्लगमा नराखेको हुनसक्छ। उहाँले भन्नुभएको थियो, “नगिनादेवीले विहारका प्रतिष्ठित व्यक्तिसँग विवाह गर्नुभएको थियो। नगिनादेवीजी विहार विधानसभामा निर्वाचित भएकी थिइन्। यिनी सर्लाही जिल्ला, नेपालकी हुन् भनेर कसैले उजुर गरेकोले विधानसभाबाट निस्काशन गरे । तर, यिनको बिषयमा तराईका नेताहरुले चुँइक्क’नि बोलेनन् ।”

“पहाडतिर आङकाजी शेर्पालाइ माथ गर्नेगरी चर्का-चर्का कुरा गर्ने राजेन्द्र महतोजीको बिषयमा जान्ने उत्कण्ठा थियो । उनको बिषयमा बताउनुहोस् न कुमारजी !” अगस्त्य मुनीले सोद्धाभए । “यी उग्रचण्डीको नालिबेली अलि लामो छ । अलि धैर्य गरेर सुन्नुहोस् ।” कुमारजीले राजेन्द्र महतोको नालिबेली बताउन थालेः  “४५ बर्षअघि भारतको सीतामढी शहर नजिकको देहातबाट ट्टटुमा गुड, पन्सारी समान आदिबोकाएर व्यापार गर्नका लागि राजेन्द्र महतोका बुबा नेपालको सर्लाही आएका हुन् । राजेन्द्रका बुबा मान्छेअनुसार कुरा गर्न शिपालु थिए । मीठो वोलीवचनद्वारा उनले सर्लाहीका सहदेवप्रसाद सिंहलाइ रिझाए ।

सहदेवप्रसाद सिंह आफू त भद्र र मान्य छँदैथिए उनका सन्तानहरु पनि त्यस्तै थिए। त्यो परिवार सर्लाहीमा प्रभावशाली मानिन्थ्यो । त्यसै परिवारका शत्रुघनप्रसाद सिंह अन्चलाधीश पनि भएका थिए । सहदेवप्रसाद सिंहको कृपाबाट राजेन्द्रका बुबा नेपालमै बस्न थाले । आफ्नो कमाईले नेपालमा पनि केही जग्गाजमिन जोडे । यत्रा ठूलाबडाको आड पाएकोले २०३२ सालमा राजेन्द्र महतोले सजिलै नेपाली नागरिकताको प्रमाणपत्र हात पारे । शत्रुघनप्रसाद सिंहका दाजु  बलरामप्रसाद सिंह, जो बि आर सिंहको नामले ज्यादा चिनिन्छन्, लामो समयसम्म शाही नेपाल वायुसेवा निगममा अधिकारी थिए । उनको जिम्मामा व्यापार विभाग थियो । उनैको पछि लागेर राजेन्द्र काठमाडौं आए ।  बीआरले राजेन्द्रलाइ त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लोडरनाईके बनाईदिए ।

लोडरनाईकेले नै अन्य लोडरको व्यबस्था गर्ने तत्कालीन प्रचलन थियो । सोहीबमोजिम गाउँकै आफ्ना विश्वासपात्रहरुलाइ लोडरमा नियुक्ति गराए । अन्तर्राष्ट्रिय यात्रीको टीप्समा पाउने मात्र होईन, टोलीका सबैबाट हिस्सेदारी पाउने व्यवस्था मिलाएर राम्रै कमाई गरे । त्यही  कमाईले सानेपामा घरघडेरीको व्यवस्था गरे । विदेश व्यापार गर्नेहरुसँग हिमचिम बढाए । त्यही सम्बन्धलाइ प्रयोग गरी टीम मिलाएर आयात-निर्यातको व्यापार गरे । झिटीगुण्टा नियमावलीले विदेशी भिषाको धेरै महत्व भएको समय थियो ।  त्यो भिषा मिलाउने काम गरेर राम्रो कमाई गरे । कमाईको  कुनै मौका छोडेनन् ।

आर्जन बढ्दैगएपछि महत्वाकांक्षा बढ्दोरहेछ । त्यही महत्वाकांक्षाले यिनलाइ राजनीतिमा प्रवेश गरायो । नेपाल सद्भावना पार्टीमा सामेल भए । व्यापारमा भाइहरुलाइ लगाए । पार्टीराजनीतिको आडमा आफ्नो व्यापार र कमाईलाइ सुरक्षित गर्न सफल रहे । नेपालको अस्थीर राजनीति यिनको लागि वरदान भयो । यही अस्थीर र भागवण्डाको राजनीतिले आपूर्ति मन्त्रालय, वाणिज्य मन्त्रालय जस्ता आर्थिक मामिला हेर्ने, रसीलो-पोषीलो मन्त्रालयहरु लामो समयसम्म नेपाल सद्भावना पार्टीकोपोल्टामा हालिदियो । त्यस्मा पनि बढी समय ती मन्त्रालय यिनैले सम्हाल्न पाए । अकल्पनीय सम्पति जोडे । यही अकूत सम्पतिको आडमा यिनी सधैं चर्का-चर्का कुरा गर्ने भए ।” यति भनेर कुमारजी एकछिन शान्त भए ।

“माघ आठ नौ गते एभिन्युज टिभीमा ‘खोई त सम्विधान ?’ भन्ने वहसमा  वृजेश कुमार गुप्ताले झुठ, फट्याईं, भ्रम र भ्रान्ति छरिरहेका थिए । यिनको बिषयमा बताउनुहोस् न ? अगस्त्य मुनीले सोधे । कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनी ! यीपनि राप्रपामा थिए । ठूलो भाग खान तमलोपामा छिरे । आफूलाइ मधेश आन्दोलनको प्रणेता नै हुँ भन्ने प्रमाणित गर्न यीपनि झुटमुठका चर्का कुराहरु धेरै गर्छन् । त्यसदिन एभिन्युजमा यहाँसम्म भने कि, मधेशवासी नेपालीलाई पञ्चायत कालमा काठमाडौं जान पासपोर्ट चाहिन्थ्यो । यो वृजेश गुप्ताको वावुको नाम भगवानदास गुप्ता हो । राजा महेन्द्रको निगाहले उनि सधैं मधेशी …सम्प्रदायवाट मन्त्रीमण्डलमा सामेल हुन्थे । यिनको काका कपिलवस्तु नगर पञ्चायतको सदावहार प्रधानपञ्च भैरहन्थे  ।

पञ्चायतकालभरी कपिलवस्तुमा यिनकै परिवारको राज थियो । छयालिस सालको आन्दोलनपछि यिनी राप्रपाका सांसद थिए । राजावाट पुनर्स्थापित प्रतिनिधि सभामा उफ्री-उफ्री मधेश आन्दोलनको विरोध गर्थे । अहिले दलवदल गरेर तमलोपावाट सम्विधानसभा सदस्य भएका छन् । नयाँ जोगीले धेरै खरानी घस्छ भन्थे, त्यस्तै हकिकत यी नयाँ जोगीले देखाएको पाउँदा उनलाई नचिन्ने र उनका वारेमा थाह नपाउनेले त केही नभन्ला, तर कपिलवस्तुमा गरेको ताण्डव त कपिलवस्तुवासीले व्यहोरेकै छन नी ।”

कुमारजीले तराईस्कन्दको यो अध्याय समाप्त गरे ।

तपाइँको प्रतिक्रिया