संविधान सभा : ‘मध्यदेश’ कालागि हतियार बनाउने दाउ

  • मदन बज्राचार्य

writer-12बिगतको शासक र व्यबस्थाको कारण पिडित बनेकाले चाहेको संघियता र तराइ नेपालको नभएको भन्ने मधेशबादीले खोजेको संघियतालाइ अब विचार गर्नु पर्ने स्थिति आएको छ ।

मधेशबादीहरूले मधेश र मधेसी शब्द  “मध्यदेश” बाट बनेको भन्छन । तिनीहरुले नेपालको तराइदेखि बिहारको बिन्द्याचल सम्मको भूभागलाइ मनुस्मृतिमा मध्यदेश भन्थ्यो भन्छन । जव कि रामायण, महाभारत र बुद्ध कालमापनि नेपाल र भारत बीच कुनै मध्यदेश नामको देश  थिएन । रामायणमा तराइको जनकपुरको बारेमा उल्लेख छ । महाभारतमा तराइकै बिराटनगरको बारेमा उल्लेख छ र बुद्ध लुम्बिनीमा जन्मेको भनेको छ । मध्यदेशमा जन्मेको भनेको छैन । किरातीकाल लिच्छविकाल मल्लकालको नेपालमापनि मध्यदेश भनिने कुनैं भूभाग भएको कुरा कहिँ उल्लेख समेत भएको छैन । पृथ्बी नारायण शाहको समयमा नेपालमा बाईसे र चौबिस जातीय राज्यहरु थिए । त्यतिबेला पनि मध्य देश भनिने कुनै राज्य नेपालमा थिएन । 

अंग्रेजले कब्जा गर्नुअघि भारतमा ५०० भन्दा बढी राज्यहरु थिए । त्यसमा कुनै मध्य देश  भनिने देश थिएन । ब्रिटिशसित युद्ध र सन्धि हुँदापनि तराइलाइ तराइ नै भन्यो । मध्य देश  भन्दैनथ्यो । अंग्रेजसित युद्ध हुँदा नेपालले हारेको कारणले तराइको धेरै भूभाग अंग्रेजलाइ सुम्पेर सुगौली सन्धि गर्न बाध्य भयो । नेपाल सित सुगौली सन्धि भैसकेपछि भारतको सरकारले १८ औं शताव्दीमा अहिले भारतले कब्जा गरेको कालापानी नेपालकै भएको देखाएको नेपाल र भारतको नक्सा लेख्यो । त्यो नक्सामा पनि “मध्यदेश” को अस्तित्व कहीं भएको देखाएको छैन ।

सन् १९४५ मा अंग्रेजको सरकारले भारतलाई स्वतन्त्र देशको रुपमा रास्ट्र संघको सदस्य बनायो । संयुक्त रास्ट्र संघमा सदस्य बन्न भारतले पेस गरेको नक्सामा पनि मध्यदेशको अस्तित्व छैन । २००७ सालपछि नेपाल र भारत बिचमा तराइको कयौं श्रोतहरुमा सन्धिहरु भएको छ । तर ती कुनै सन्धिहरुमा तराइलाइ मध्यदेश भनेन ।

केही समय अघि भारतको प्रधान मन्त्रि नरेन्द्र मोदी नेपाल आउँदापनि मोदीले नेपाल हिमाल पहाड र तराइ मिलेर बनेको देश भने । उनले तराइलाइ मध्यदेश भनेनन् । मधेशबादीहरुले मोदीको मुखबाट तराइलाइ मध्यदेश भनेको सुन्न चाहेका थिए । तर मोदीले स्पस्ट सित  नेपाल हिमाल पहाड र तराइ मिलेर बनेको देश भने । अब प्रश्न उठ्छ,  नेपालको तराइलाइ मधेशबादीहरू इतिहासको कुनै पन्नामा उल्लेख समेत नभएको “मध्यदेश ” बनाउन किन खोजिँदै छ ? गहिरिए र बिचार गर्नु पर्ने देखिन्छ ।

मध्यदेशको अर्थ बिचको देश हो । नेपालको सिमाना चीन र ब्रिटिश सित भएको राजनैतिक संवादबाट  किटिएको हो । नेपाल र भारत बीच कुनै अर्को संवाद छैन । भारत सन् १९४५ मा र नेपाल सन् १९५५ मा संयुक्त रास्ट्र संघको सदस्य भएको हो । संयुक्त रास्ट्र संघको सदस्य बन्दा भारत र नेपाल बीच कुनै मध्य देश भनेको देश भएको देखाएको छैन । यो कुराले रास्ट्रिय र अन्तर्रास्ट्रिय मान्यता प्राप्त कुनैपनि नक्सा र कागजमा नेपालको तराइमा मध्य देश नामको देश भएको,  त्यो अस्तित्व भएको कुरा मात्र काल्पनिक र षड्यन्त्रपुर्वक उठाएको  ठहर हुन्छ ।

तराइलाइ मध्यदेश भन्नुपर्ने कुनै आधार नभए झैँ तराइमा नेपालको नागरिक जनजाति आदिबाशिहरुलाइ “मधेशी” बनाउने कुनै आधार नै छैन । तराइको आदिबाशी मैथिलीको नेपालमा आफ्नै राजनैतिक ऎतिहासिक पहिचान छ । जयप्रकाश मल्लको सेनामा तिरुहुते भनिने मैथिजातिको ११ हजार सेना थियो । जनकपुरलाइ मिथिला पनि भनिन्छ । मैथिलीको आफ्नै भाषा र संस्कृति छ । मैथिलीको जस्तै थारुको पनि नेपालको ईतिहास र राजनीतिमा आफ्नो पहिचान छ । तराइको मैथिलीलाई तिरहुत भनिए जस्तै तराइकै थारुको भाषामा “तार” शब्द्को अर्थ समतल भुमि हो । तराइको  शब्द “तार” शब्दबाट बनेको पनि भनिन्छ । यो कुराले पनि तराई मधेशबादीले भने जस्तैको “मधेश ” नभएको मात्रै देखाउँदैन बरु तराइलाइ मधेश बनाउने कुरा “तराई र तराईबाशिको सांस्कृतिक र राजनैतिक पहिचान मेटाउने” स्पस्ट देखाउँछ ।

भारतमा सबै नेपालीलाई पहाडी भनिन्छ भने भारतीयलाई नेपालमा मधेशी भनिन्छ  । नेपालीहरुले कहिलेपनि तराइको कुनै भागलाई मधेश र तराइबाशी नेपालीलाई मधेशी भन्ने गरेको छैन । बिहारीहरू बिहारको बिन्द्याचलसम्म भूभाग मनुस्मृतिमा मध्यदेश भनेको भन्दै आफूलाइ मधेशी मान्छन भन्छन्  । खुला सिमाना र साझा संस्कृति भएको प्रशस्त भुमि, पानी  पाइने नेपालको तराइमा बिहारको बिहारीहरु निर्वाध बसाइ सर्न थाल्यो  । तराइमा बसाइ सरेका भारतीय बिहारीहरू बर्षौं  तराइमा बसे  । पैसा कमाए । पढे लेखे तर सन् १९५० को भारत र नेपाल बिचमा भएको सन्धिमै भारतीयहरु नेपालमा बसोबास मात्रै गर्न पाउने, घर जग्गाको मालिक बन्न नपाउने र सरकारि जागिर पाउन नसक्ने ब्यबस्था गरेकोले बिहारीहरू नेपालमा बर्सौं बसेपनि, जतिसुकै पैसा कमाएपनि उनीहरुले तराइको मलिलो भूमिको मालिक बन्न सकेन । यसै कुरालाई लिएर उनीहरु मधेसी माथि शोसन भयको झुठो आरोप लगाउँछन् । तर सन् १९५० को भारत र नेपाल बिचमा भएको सन्धिमै भारतीयहरु नेपालमा बसोबास मात्रै गर्न पाउने, घर जग्गाको मालिक बन्न नपाउने र सरकारि जागिर पाउन नसक्ने ब्यबस्था गरेकोले बिहारीहरू नेपालमा बषौं बसेपनि, जतिसुकै पैसा कमाएपनि उनीहरुले तराइको मलिलो भूमिको मालिक बन्न सकेन । यसै कुरालाई लिएर उनीहरु मधेसशीमाथि शोषण भएको झुठो आरोप लगाउँछन ।

तराइ तराइ नै हो मधेश होइन भन्ने कुरा स्पस्ट नै छ । तर मधेसी भनेको को हुन् भन्ने कुरा  मधेशबादीहरुले स्पस्ट गर्न सकेका छैनन् । तराइको मुलबाशी मैथिली थारु लगायतले आफुलाई मधेसी मान्दैनन् । तराइकै मुसलमानहरुले आफुलाई मधेसी मान्दैनन् भने मधेशबादीहरुपनि मुस्लिमलाई मधेशी  मान्दैनन् । तराइमै पुर्खौदेखि बसेका अन्य जातिका नेपालीहरुलाई मधेशवादीहरू पहाडी भन्छन । नेपालको तराइमा बहुसंख्यामा बसोबास गर्ने आफुलाई मधेसी र तराइलाइ मधेश नमान्ने यीनिहरुनै हुन् । यसै कारणले त तराइलाइ मधेश भन्नेहरुले तराइको कुल मतदाताको केहि प्रतिशत मत पनि मुस्किलले पाएको हो । बहुसंख्यामा रहेकोको पहिचान मेटाएर केहि गोइत, रावत् र यादवले भन्दैमा तराइलाइ मधेश भन्नु र तराइबाशिलाइ मधेसी भन्नु गलत नै हुनेछ ।

नेपाल सन् १९४५ मा संयुक्त रास्ट्र संघको सदस्य बने लगत्तै रघुनाथ ठाकुरले तराइ नेपालको नभएको भनेर तराईलाई नेपालको सिमानाभित्र पारेको कुराको बिरोध गरेर संयुक्त रास्ट्र संघलाई पत्र लेखे । रघुनाथ ठाकुरले तराइ नेपालबाट  अलग्याउन दिल्लीको सबै नेताहरु गुहारे । दिल्लीको सदन अगाडी आफ्नो शिरमा मट्टीतेल खान्याएर आगो बालेर अनशन पनि बसे । रघुनाथ ठाकुरलेनै तराईलाई मधेश बनाउने भनेर मधेशबादी पार्टीहरु पनि खोले । बिरेन्द्रको शासन कालमा रघुनाथ ठाकुर मारियो । आजको मधेशबादीहरु तराइ नेपालबाट अलग्याउने अभियान चलाउने रघुनाथ ठाकुरलाई आफ्नो महान प्रथम शहिद मान्छन । भट्टराइको नेतृत्वको सरकारमा रहेको मधेशवादिह नेता तथा मन्त्रीहरुले कुर्सीमै बसेर रघुनाथ ठाकुरको जयन्ति समेत मनायो ।

माओवादीसित दिल्लीमा १२ बुँदे सम्झौता भए लगतै माओवादी पार्टी त्यागेर मधेशबादी पार्टी खोले । जय कृष्ण गोइतले रघुनाथ ठाकुरले मागेकै मागहरु पुरा गराउन नेपालमा हतियार समेत उठायो । जयकृष्ण गोइतले तराइमा रहेको नेपालीहरुलाइ तराइबाट लखेट्न हतियार उठाए । जयकृष्ण गोइतले आजसम्म पनि तराइ नेपालबाट अलग्याउने र तराइबाट अन्य नेपालीलाई लखेट्नुपर्ने माग त्यागेको घोषणा गरेको छैन । रघुनाथ ठाकुरलाई आफ्नो महान प्रथम शहिद मान्ने नेपालको अरु मधेशबादी दलका नेताहरुको निमित्त जयकृष्ण गोइत सर्वमान्य नेता जस्तै भएको छ ।

रघुनाथ र गोइतले जे बोलेको थियो त्यस्तै सिके रावतले आज बोल्दै आएको छ । देश  टुक्राउने अभियान चलाउने सिके रावतलाई नेपालको कानुनले समाउँदा मधेशबादीहरुले नेपालको नागरिकको अभिव्यक्ति अधिकारको हनन् भए को भनेर बिरोध गरे ।

सिके रावतपछि पूर्व मावोबादी मात्रिका यादव र पूर्व कांग्रेसी गुप्ताले मधेसीको मधेश बनाईने, तराईलाई रास्ट्रिय आत्मनिर्णय गर्ने अधिकारको निमित्त र तराइमा आन्तरिक बसाइसराइ रोक्न संघर्ष गर्ने निणय गरे ।

“रास्ट्रिय आत्मनिर्णय” भनेको रास्ट्रियता बदल्ने निर्णय हो । आन्तरिक बसाइ सर्न रोक्ने भनेको तराइमा पहाड हिमालबाट आएको नेपालीलाई बस्न नदिने हो । यी  सबै कुराहरुले तराइ नेपालको भएको नमान्ने मधेशबादीहरुले तराइलाई नेपालबाट अलग्याउन खोजेको हो भन्ने देखाउँछ । तर बिद्रोह गरेर तराइलाइ मध्यदेश बनाउन नसकिने भएपछि उनीहरु अब बनिने नेपालको संविधानबाटै तराइलाइ मध्यदेश बनाउने हतियार बनाउन खोज्दैछन् ।

मधेशबादीहरु तराई नेपालबाट अलग्याउन चाहन्छन  । त्यसैले तराइसित पहाड जोड्ने कुराको बिरोध गर्छन र सम्पूर्ण तराइलाइ एक मधेश बनाउन चाहन्छन । यहि कुरामा सहमति नगरुन्जेल उनीहरु नयाँ संबिधान बनाउन दिन चाहँदैनन् । तर सहमति नभएकोमा दोष  अरुलाई दिन्छन् ।

बिहारमा नगनिने, बिहारमा नबिक्ने लगायत बिहारमै जन्मेका भारतीय नागरिक समेत रहेका र भारतको चुनावमा हारेका समेत नेपालमा गन्यमान्य बने धनाढ्य बने नेता बने  । बिहारले उनीहरुलाई नदिएको कुरा नेपालले उनीहरुलाई दिएतापनि उनीहरु नेपाललाई आफ्नो ठान्दैनन् । नेपाल र नेपाली अँगाल्न तयार भए उनीहरुले सजिलै सित नेपालको अंगिकृत नागरिकता लिन सक्छन् पनि । तर उनीहरु नेपालको नागरिकता नेपाल र नेपाली अँगाल्न होइन नेपालबाट  तराइ अलग्याउने हतियारको रुपमा लिन चाहन्छन । यस्तै यस्तैको समूह आज अनेकौं जनजाति आदिबाशीको नेपालको तराइलाइ मधेसीको आत्म निर्णय गर्न सकिने संघीय राज्य बनाउन चाहन्छन् ।

यस्तो समुह सित नेपालीको मन जित्न नसकेको राजनैतिक दलको नेताहरु मोर्चा बनाउन खोज्नुलाई आश्चर्य मान्नु पर्दैन । तर यस्तालाई तराइ सुम्पेर भएपनि आआफ्नो जातको राज्य खोज्नुलाई भने घोर आस्चर्य मान्नु पर्ने भएको छ ।

तपाइँको प्रतिक्रिया