सभामुखको भुमिका “साधु चोर” को जस्तै

नबराज सिम्खडा”जिज्ञासु”

naba-raj-simkhadaनेपाली राजनिति यतिबेला जटिल मोडमा छ । यो जटिल मोडबाट सरल तर्फ मोडिने हो वा झन जटिल बन्दै जाने हो कसैले अनुमान गर्न सकेको छैन । सरकारको नेतृत्व गरेका मुख्य दुई पार्टीहरू दुई तिहाइ बहुमतको आडमा जसरी पनि पेलेर अगाडि बढ्ने रणनीति मा लागेका छन । बिपक्षी मोर्चामा रहेकाहरु सहमती र सहकार्य मार्फत नगइ जबर्जस्ति प्रक्रियामा गए सम्बिधानसभा छाड्ने सम्मको रणनीति सार्बजानिक गरिसकेका छन् । यसले देश जनता र राष्ट्रको भबिस्य अन्योलमा छ ।

आखिर आज देशमा यो अवस्था कसरी आयो ? किन आयो ? यो अवस्था ल्याउनमा को दोषी छन ? एकपटक विश्लेषण गर्न जरुरी छ । आजको परिस्थिती सृजना हुनुमा सबै दोषी छन । नेतादेखि जनतासम्म कोहि कम छैन । सबैले यसको जिम्मेवारी लिनुपर्छ । तर आजको अहिलेको अवस्था सृजना हुनुमा सुवास नेम्वाङले खेलेको भुमिकालाई मुख्य रुपमा लिन सकिन्छ । मेरै शब्दमा भन्नुपर्दा सुवास नेम्वाङ अहिले “साधु चोर” को भुमिकामा देखिएका छन । जुन भुमिका देश राष्ट्र र जनताको निम्ति घातक बन्नेतिर उन्मुख हुँदैछ ।

हो सुवास नेम्वाङ उर्फ संविधानसभा अध्यक्ष आवरणमा देख्दा जती सहज छन, जति सरल छन, जति मिजसिला छन, जति इमन्दार देखिन्छन वास्तविक रुपमा उनी त्यो भन्दा बढि क्रुर, असहज, धोकेबाज र कठोर रहेछन भन्ने कुरा उनले सम्बिधानसभामा देखाएको ब्याबहारबाट पुष्टि हुन्छ । उनी जुन राजनैतिक दलसँग सम्बन्धित भएपनि संविधानसभाभित्र उनको भुमिका तथस्ट हुनुपर्थ्यो । किनकी उनलाइ सबै दलको रोहबरमा रेफ्री घोषित गरिएको हो । रेफ्रीको भुमिका खेलमा खेलाडिको गल्ती कमजोरी हेर्नू र मुल्यांकन गर्नु हो । न कि आफै गएर एउटाको पक्षमा गोल गरिदिनु । उनको निम्ति संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दल बराबर हुन । तर उनले संविधानसभालाइ जसरी दुई दलको पेवाको रुपमा परिणत गर्ने दुस्प्रयास गरे त्यो उनको निम्ति त हानिकारक साबित भयो । उनको निष्पक्षता माथी प्रश्न त उठ्यो नै, उनी कलन्कितपनी त भए । साथसाथै सिङ्गो देशको भबिष्यमाथि नै बलत्कार भयो ।

यिनै सुवास नेम्वाङ हुन अघिल्लो संविधानसभामा पनि सम्बिधानसभा अध्यक्ष थिए । अघिल्लो सम्बिधानसभा मृत्युशैयामा छट्पटाइरहेको थियो । उपचारको अभावमा । उ अन्तिम अवस्थामा पुगिसकेको थियो । तर डाक्टरको रुपधारण गरेका सुवास नेम्वाङले एक थोपा पानीसम्म खुवाउने हिम्मत गरेनन् । उपचार नपाएर अघिल्लो सम्बिधानसभा मर्यो । दलहरुबिच सहमती नहुँदा संघीयता र पहिचान पक्ष्रधर ४२७ जना बहुमत सदस्यहरुको हस्ताक्षर सहित सम्बिधान सभाको बैठकको पर्खाइमा सभासदहरु बस्दा ७ दिन अगाडिदेखि सम्बिधानसभा बैठक नै नबोलाइ मृत्युमा पुर्याउने सुवास नेम्वाङ आज सम्बिधानसभाको आयु ३ बर्ष बाँकी छँदै दलहरुबिच सहमतिको छलफल चलिरहँदा केही ब्यक्तिको दवाबमा परे । केही ब्यक्तिको पदिय लोलुपताको सिकार बनेर कसैको आज्ञाकारी बालक बनेर एउटा सचेतकले प्रस्ताव र अर्कोले समर्थन गर्ने नियमावलीको नियमलाई मिचेर आफैले प्रक्रियाको थालनी गर्नुले उनको असली चरीत्र उदाङ्गो भैसकेको छ । उनको “साधु चोर” रुप प्रस्फुटन भैसकेको छ ।

अघिल्लो संविधानसभामा ४ जनाले टेबल ठोकेको भरमा संविधानसभा बैठक स्थगित गर्ने सभामुख महोदय अहिले संविधानसभाका १८० भन्दा बढि सभासदले बिरोध गर्दा मार्सल लगाएर राती १२ बजे संविधानसभा बैठक राख्ने काम कसको निर्देशनमा भयो ? अघिल्लो संविधानसभामा सभासदहरु निदाउँदासम्म कुनै वस्ता नगर्ने सभामुख महोदय अहिले सभासदहरु माथि  संकटकालिन अवस्थामा जस्तो चेक जाँच गरि संविधानसभास्थललाइ ब्यारेकमा परिणत गर्ने दुस्साहस कसरी गरे ? उनी कोबाट निर्देशित छन ? अघिल्लो संविधानसभामा चरी अमिलो समेत खान डराउने सभामुख महोदय अहिले कालकुट बिष समेत पिउन तयार किन भए ? प्रश्नहरु धेरै उठ्ने ठाउँ छन् । यसबाट आँकलन गर्न सकिन्छ, उनी पनि जनताको बिरोधी हुन । संघीयता र पहिचानका बिरोधी हुन । सामन्त, शोषक, दलाल, पूँजिपती बर्गका पृष्ठपोषक हुन । यहाँबाट पनि प्रष्ट भैसकेको छ, सुवास नेम्वाङ्को चरीत्र “साधु चोर”रुपि हो भन्ने कुरा ।

यदि अझैपनि उनले यस्तै पक्षपाती ब्याबहार देखाइरहे, यसरी नै कसैको दास बनी आफ्नो निस्पक्ष भुमिकालाई बिर्सेर अगाडि बढिरहे, आफ्नो गल्तिलाइ सुधार्ने प्रयास गरेनन भने देशमा अझ ठुलो संकट पक्कै आउनेछ । त्यसपछी हुने गम्भीर संकटको जिम्मेवारी यिनै साधु चोरले लिनुपर्नेछ । त्यसैले यी महोदयले बेलैमा सोचुन् र यो देशलाइ बर्बाद हुनबाट जोगाउन् । यहि हाम्रो अपेक्षा छ ।

(लेखक नेपाली जनप्रगतिशिल मंच कतारका सल्लाहकार सदस्य हुन् ।)

तपाइँको प्रतिक्रिया