प्रधानमन्त्रीलाई भूपू जनमुक्ति सेनाको चिठी

sarita-shresthaसम्माननीय प्रधानमन्त्रीज्यू, सबै अवकासी जनमुक्ति सेनाले हतियार चलाउन, पडकाउन बिर्सेकाछैनौं ।

श्री सम्माननिय प्रधानमन्त्री ज्यू

नमस्कार ।

‘हतियार चलाएको हातले कलम चलाउन बाध्य गराई राखेको छ । म कलम चलाउन उति खप्पिस त छैन । कोदालो चलाउने हात हुन यी ।  माननिय ज्यू, सञ्चारबाट पत्रलेख्ने उति आवश्यकता ठान्दिन । म आफु भएरपनि नजानिदिने तपाइको चाला हो की परम्परा ? माननिय ज्यू म माओबादी भ.पु. जनमुक्ति सेना हुँ । यो देशका सौतेली छोरा छोरी हैनौ ।  किन गरिन्छ यस्तो सौतेली ब्याबहार मलाईपनि थाहा छैन ।

हो मन्त्री ज्यू, नेकपा माओबादिले २०५२ साल देखि  थालेको जनयुद्धमा समाहित हुन मेरो कम्जोरीको पाटो रहयो होला तर मन्त्री ज्यू जनयुद्ध किन गरिएको होला ? जनयुद्धको उपलब्धी निरंकुश राजतन्त्रको अन्त्य भई लोकतन्त्र गणतन्त्रको स्थापना गर्नु मान्ने की नमान्ने माननिय ज्यू ? माननिय ज्यू, हामीलाई २०६७ सालमा भएको प्रचण्ड बाबुराम सितको सहमति अनुसार आत्मसमपर्ण गराईएको हुनाले हामीले अवकास रोजेका थियौ ।

अबकास रोजेको पनि ३ बर्ष पुरा भैसकेको छ । सम्बिधान सभाको दोस्रो निर्बाचन पनि भैसकेको र सम्बिधान जारिगर्ने १७ दिन मात्र बाकिरहँदा यो सेतो कोरो कागजमा कलम गुडाउन बाध्य भएको छु । उता माओबादी पनि फुटेर टुक्रा टुक्रा भैराखेको हामी सबैले देखीराखेका छौं । फुट्नुले हामी सबै लडाकु र बर्हिगमनमा परेका साथीहरुलाई दुःखी तुल्याएको छ ।

माननिय ज्यू, हामी दुःख मान्दैनथ्यौं । तर सम्बिधान लेखनमा जनताको जनसम्बिधान लेखिदैनकी भनी दुःखी छौं । अर्को कुरो नेकपा माओबादी जतिपटक फुट्छ उति पटक हामीले हाम्रो हुलिया प्रशासनलाई दिईराख्नु पर्ने यो कस्तो चाला हो ? के यो देशका सौंतेली आमाका सन्तान हौं हामी ? के यो देशमा हामीले गरिखानु छैन ? माननिय ज्यू हामी के चाहन्छौ भने माघ ८ भित्रै जनताको जनसम्बिधान आओस । आउँदैन भने सरकार र तपाँईले हाम्रो हुलिया लिदैगर्नु होला । हामी सबै अवकासप्राप्तहरू हतियार चलाउन, पडकाउन बिर्सेका छैनौं । त्यसैले बिप्लब माओबादीमा समाहित भइ आन्दोलनको आँधीहुरी ल्याउन बाध्य हुनेछौं ।

माननिय ज्यू, हामीहरु गरिबका छोरा छोरी हौं । हामी कोही खाडी मुलुक त कोही पशुपालन, कुखुरा पालन, कृषि,ब्यापार, ब्यावसाय र कोही यो देशको काँचुलि फेर्न स्वच्छ र पबित्र तरिकाले पत्रकारीता गर्दैछन् भने कोहि राजनितितिर । सरकार यी सुतेका लडाकुलाई बिउँझाउने, जिस्क्याउने कार्य नगरिदिन हामी भुपू लडाकु आग्रह गर्दछौं ।

माननिय ज्यू, हामीले एउटै थालीमा भात खाने सातीहरु गुमाएका छौं । उनको चाहना पुरागरीयोस । बेपता पारिएका साथीहरुको खोजबिन गरियोस । आफ्नो सन्तानको खोजीमा तड्पेर बाटो कुरि रोईरहेकी आमाको आशु पुछियोस । यस्ता सामाधानका कार्य ल्याउनुहोस तब मात्र देशमा शान्ती हुन्छ भन्ने हामीले ठानेकाछौं ।

माननिय ज्यू, हात्ती ठूलो र बलवान हुन्छ । कमिलो सानो हुन्छ । तर हात्तीलाई ढाल्ने ताकत उसभित्र लुकेर बसेको हुन्छ । त्यसैले सरकार, हामी साना छौं । सानाको कुरा पनि सम्बिधान लेखनमा समेटियोस । अब हामीलाई कसैको झण्डा बोक्ने रहर छैन । बोक्न बाध्य नपारियोस भन्दै अहिलेलाई ओझेल हुन्छु । गल्ती भए क्षमा चाहन्छु ।

(सरिता श्रेष्ठको फेसबुकबाट)

तपाइँको प्रतिक्रिया