यसरी लिँदै छन् हमलाकारीलाई नियन्त्रणमा

अपडेट- नेपालीहरू परेको जस्तो लागेन । मारिने मध्ये एक जना मात्रै पहिचान भएको छैन सार्वजनिक रुपमा । कामना गरौं ती नेपाली नहोउन् ! गम्भीर घाइते चार जना छन् । ती को हुन् चाहिँ केही जानकारि आएको छैन ।

अपडेट- पाँच जना मारिए । दाजुभाई हमलाकारी र कुलीबाली भन्ने सुपरमार्केटमा हमला गर्ने सहित पाँच । दुई जनाको हुन् निश्चित गरेको छैन् । १६ जना घाइते रे । त्यसमा दुई प्रहरीपनि घाइते ।

अपडेट- डङडङ हानेको देखियो केही ढलेको देखियो, केही भागेको देखियो । कोको हुन् केही थाहा छैन् । कोहि वालवच्चा बोकेर निस्केको देखियो । 

अपडेट- अपरेशन जारी छ, आवाज आइरहेकै छ ड्वाङड्वाङ / अपरेशन जारी छ, आवाज आइरहेकै छ ड्वाङड्वाङ । जताततै इमर्जेन्सी बत्ति बालेका गाडी । मानिसहरू टाढाटाढासम्मपनि त्रसित ! आतंककारीहरूलाई जिवितै कब्जा गर्न नसक्दा आतंककारीहरूले अन्यत्र हमला गरेर बदला लिन सक्ने भन्दै मानिसहरू त्रसित !

अपडेट- सार्ली एब्दो पत्रिकाको कार्यालयमा हमला गर्ने आतंककारी दुबै जना (काउसी दाजुभाई) नै मारिएको प्रहरी पुष्टी । राष्ट्रपतीकै निर्देशनमा ।

अपडेट- एकजना आतंककारी मारिए, एक प्रहरी मारिए र एक प्रहरी घाइते । पोख्त द भाँसेनमा भएको अपरेशनमा ।

अपडेट- पोख द भाँसेनमापनि हानेको सुनियो । दुबैतिरका आतंककारीलाई एकै साथ आक्रमण गर्ने निति रहेछ

अपडेट –सेना ए मार्न भन्ने ठाउँमा लुकेका सार्ली एब्दो पत्रीकामा हमला गर्ने दुई जना (दाजुभाई) आतंककारीमाथी अपरेशन शुरु भयो । साईर्न बज्यो, दुई राउण्ड हानेको सुनियो । वार्ताको प्रयास बिफल भएपछि अप्रेशन गर्ने निर्णय गरेको भनाई फ्रान्सेली मेडियाको ।

अपडेट आतंककारीमाथी अपरेशन शुरु भयो । साईर्न बज्यो, दुई राउण्ड हानेको सुनियो । वार्ताको प्रयास बिफल भएपछि अप्रेशन गर्ने निर्णय गरेको भनाई फ्रान्सेली मेडियाको ।

अपडेट – अपडेट -पेरिसको पोख्त भाँसेनस्थित पसलमा भएको हमलामा दुई जना मारिए, केही घाइते । कम्तिमा पाँच जनालाई हमलाकारीले कब्जामा लिएका छन् ।

अपडेट सार्ली एब्दो साप्ताहिक पत्रिकाको कार्यालयमा पसेर हत्या गरेका आतंककारीका समर्थकले आज पेरिसको पोख्त द भाँसँ भन्ने ठाउँमा रहेको इपर कासेर पशलमा आक्रमण गरे । आक्रमणमा केही घाइते भएका छन् । ति मध्ये केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । करिब १५ आतंककारीहरू बम हानेर भाग्दै गर्दा केहीलाई नियन्त्रणमा लिईएको हो ।

अपडेट – पेरिसको पोख्त भाँसेन भन्ने ठाउँमा रहेको इपर कासेर भन्ने पसलमा अर्को बम आक्रमण, २२ मिनेट अघि । क्षतिको बिवरण आइनसकेको ।

अपडेट :  आतंककारीले वार्ता गर्न अस्विकार गरेको संकेत । बिस्तारै सुरक्षाकर्मीहरू अपरेशनका लागि आगाडी बढे ।

a-strasbourg-l-operation-antiterroriste-a-surpris-les-habitants-du-quartier-de-l-esplanade-un-secteur-proche-des-facultes-qui-ne-connait-pas-de-difficultes-particulieres-afp-patrick-hertzog

बुधबार पेरिसको चर्चित ब्यंग्य पत्रिका सार्ली एब्दोमा आतंककारी हमला गरेर १२ जनाको ज्यान लिने मुख्य आक्रमणकारीहरूलाई नियन्त्रणमा लिंइँदै छ । सेन ए मार्न क्षेत्रको एक सानो कारखानामा लुकेका तिनलाई पहिले नियन्त्रणमा लिने प्रयास गरिँदै छ । उनीहरुसित पहिले वार्ता गर्ने र जिवितै नियन्त्रणमा लिनकालागि । अस्विकार गरेमा भिडन्त हुने अन्तिम बिकल्प अपनाईने फ्रान्सेली रष्ट्रपती फँस्वा ओलँदले भर्खरै बताएका छन् । अहिले फ्रान्सेली राष्ट्रपती, गृह मन्त्री र प्रधानमन्त्रीसहितको उच्च टोली घटनास्थल पुगेको छ ।

8ba6dc253e10ddf1c1ce721a316ef18b-6-628-565-4179840

मुख्य हमलाकारीहरू ३२ वर्षिय सेरिफ कुवाची र ३४ वर्षिय सईद कुवाची भएको पत्ता लागिसकेको छ । उनीहरू दाजुभाई हुन् ।

राष्ट्रपतीको पत्रकार सम्मेलन गरे, छोटो । अहिले हातहतियारले सुसज्जित सुरक्षाकर्मीहरू बिस्तारै अगाडी बढिरहेका छन् हमलाकारी लुकेको भवनतर्फ । आक्रमण गर्नु अघि सबै तयारि पूरा गरिँदै छछा । त्यो घरमा कति जना छन् । कस्तो अवस्थामा छन् । भिडन्त भएमा वरिपरिका घरलाई कसरी सुरक्षा दिने । भिडन्तमा जाने सुरक्षाकर्मीको कसरी सुरक्षा गर्ने भन्ने सबै तयारि गरिँदै छ । सुरक्षाकर्मीहरूको सयौं गाडी परिचालित छन् । हरेकमा एक जना नर्स र एक चिकित्शक सहितको ब्यवस्था गरिएको छ । एम्बुलेन्स, अग्नि रक्षक लगायतका सबै ब्यवस्था गरिएको छ । पाँच वटा हेलिकोप्टर हतियारले सुसज्जित गरेर तयार गरिएको छ । ति हरेक हेलिकोप्टरमा चालिस जनाजति सुरक्षाकर्मी अटाउँछन् । आतंककारी लुकेको भवन छेउमा अपरेशनकालागि सानो युनिटनै खडा गरिँदै छ ।

आतंककारीसित कति र कस्तो हतियार हुन सक्छ, इन्टरनेट बाट अपरेशनको सबै अवलोकन गरेका छन् की छैन् लगायतका सबै अध्ययन गरिँदै छ । उनीहरू भावनाको कुन कोठामा कसरी कता पट्टी फर्केर कुकुनना अवस्थामा बसेका छन् भनि ठ्याक्कै पत्ता लगाएर मात्रै अपरेशनको तयारि गर्न लागिएको छ । नगर प्रहरी, आतंककारीलाई अपरेशन गर्न खटिने विशेष सेना, हवाई सेना र राष्ट्रिय प्रहरी, कमाण्डो प्रहरीहरूको ठूलो संख्या तैनाथ गरिएको छ ।  अधिकारिहरूले करिब ४५ मिनेट लाग्न सक्ने अनुमान गरेका छन्, यो अपरेशन पूरा गर्न । तर जनता र सुरक्षाकर्मीको उच्च सुरक्षालाई ध्यान राखेर आतंककारीलाईपनि भौतिक क्षति नपुर्याइ नियन्त्रणमा लिने पहिलो प्रयास गरिने हुँदा समय जतिपनि लाग्न सक्ने राष्ट्रपती ओलँदले बताएका छन् ।

घटनाबारे बुझ्न तलका लिंकमा गएर पढ्नुस् 

कता गए आतंककारी ? के भैरहेछ फ्रान्समा ?

पेरिसको चार्ली मेडियामा हमला, नौ पत्रकारसहित एघार मारिए

तपाइँको प्रतिक्रिया