जनतामा अझैपनि माओवादीनै लोकप्रिय किन ?
संबिधान सभाको निर्वाचन अघि माओवादी बाहेक सबैले भनेका थिए-हत्या र हिंसामा रमाउने माओवादी। जंगलमामा बसेर तर्साउने माओवादीले अब जनताको मत बाट ड्याङ् खान्छ । चौथो दलको रुपमापनि स्थापि हुन सक्दैन मतदानबाट । एमाले नेता प्रदीप नेपालले त लेख लेखेरै चुनौती दिएका थिए माओवादीलाई । ‘ल जनताको प्रत्यक्ष निर्वाचनमा आठ सिट जितेर देखाओस त माओवादीले‘ भन्दै। तर सबैको अनुमान, अड्कल र दाबी हावा खायो । कथित बुद्दीजिवी,लेखक, विश्लेषक, बिदेशी सबैका मुल्यांकन बजारिए । जनताले माओवादीलाई सबैभन्दा बढि मत दिए । सरकार बनाउने प्रमुख नेत्रित्वकर्ता तोकिदिए । माओवादीले सरकारको नेत्रित्व गर्यो । माओवादीको नेत्रित्वमा सरकार बनेपछि निर्णय त निकै भए जनताको पक्षमा । तर ति लागू हुन सकेनन् । जनताले प्रत्यक्ष राहत पाउन सकेनन् । जिउ धनको सुरक्ष खासै भएन । सरकामा फेरियो । रुप र रंग त बलियो । तर जनताका अप्ठेरा उहि रहे । जनयुद्द लड्दा निकै आश्वान बाँडेको माओवादीले सरकार चलाएपछि केहि गर्न सकेन । त्यसैले अब निर्वाचन हुने हो भने माओवादी पत्तासाफ हुन्छ । नेपालप्लसकै अघिल्ला मओवादीसँग जोडिएका ब्लग हेर्दा पनि थाह हुन्छ कि त्यहाँ केहि पाठकहरु अब निर्वाचन भएमा माओवादी खत्तमै हुन्छ भन्ने थिए । तर फेरिपनि माओवादी त जनतामा लोकप्रिय नै रहेछ त । किन होला ?
हेर्नुस त अहिले भएको उपनिर्वाचनमा के भयो ? जनताले फेरिपनि माओवादीलाई अन्य दललाई भन्दा बढि परिपक्क ठाने । बढि विश्वास गरे । बिभिन्न ६ ठाउँमा भएका उपनिर्वाचनमा माओवादीले तिन ठाउँमा जित्यो । अब माओवादी खत्तम हुन्छ भनेर आफ्नो लोकप्रियता बढेझैं गरेको नेपाली कांग्रेसको झन घट्यो । उसले एक सिट भन्दा ल्याउन सकेन । किनभने पहिले शेर बहादुर देउवाले जितेको ठाउँमा माओवादीले कब्जा जमायो । उता जतिसुकै क्रान्तिकारी देखिएपनि एमाले र फोरमले पनि एक एक सिट भन्दा ल्याउन सकेनन् ।
आखिर दलका नेता जति कुर्ले पनि के गर्ने ? कथित काठमाडौं केन्द्रित बौद्दिक जमात उफ्रिएरपो के भो ? स्थानिय जनताको परिधी बाहिर रहेको बाठो, टाठो, चतुरो, शिक्षित र बौद्दिक वर्गले नचाहेर पनि नहुने रहेछ । आखिर माओवादीको लोकप्रियता त घटेको रहेनछ जनतामा भन्ने निर्वाचनले देखायो । तर मलाई अलि खुल्दुली लागिरहेको के भने, साँच्चै माओवादीलाई के देखेर अन्य दललाई भन्दा बढि पत्याए होलान ? आखिर माओवादीलाई जिताउने हैसियत राख्ने अधिकांश जनता गरिव नै छन् । तिनले माओवादीबाट अहिले सम्म के राहत पाए ? भविष्यमा के पाउने आशा देखेर जिताएका होलान ? कि खराबहरुको सूचि मध्ये कम खराबलाई रोजेका हुन् ?




