भएभरका लिम्बू मात्रै राखेर कसरी भयो समावेशी पार्टी ?
केहि समय अघि लिम्बुवानमा सक्रिय पाँछ राजनीतिक पार्टीहरुको एकतापछि संघीय लिम्बुवान पार्टी, नेपाल जन्म भएको थियो । त्यहि समयदेखी नेपालप्लसले हेर्दै आएको थियो । ऐतिहासिक पृष्ठभुमि, सह-अस्तित्वबाद, समाबेशी, समानुपातिक बिचारहरु जोडदार उठाइरहेको थियो | तर पार्टी गठन गर्ने बेला त ती नारा भुलिएछ । एक जाना गुरुङ् बाहेक सबै लिम्बूनै लिम्बू । कसरी हुन्छ यस्तो पार्टी समाबेशी ? यस पार्टीको स्थापना संगै केहि आलोचना नभएका भने होइनन् । अहिल्र केहि युवा नेताहरुले यो पार्टी लिम्बु नै लिम्बुहरुको पार्टी जस्तो देखियो भनेर सामाजिक् संजालमा लेखकापनी छन् । ती आरोपलाई त्यो पार्टीका बिभिन्न नेता, अग्रज कार्यकर्ताहरुले सच्याउन दबाब दिएकोपनी बुझिएको छा । त्यो नसच्याए पार्टी लिम्बूको जस्तो मात्रै देखिने धारणा तिनले राखेका छन् । एमाले र कांग्रेसलाई एकात्मकबादी, बाहुनबादी पार्टी भनेर आलोचना गर्नेले आफ्नो पार्टीमा समबेशी गराउनुपर्छ की पर्दैन ?
संघीय लिम्बुवान पार्टी, नेपालले अहोरात्र अलाप्ने नारा समाबेशी, समानुपातिक, सह-अस्तित्वबाद खै त ब्यवहारमा उतारेको ? नयाँ पार्टी गठन हुँदा खै त समाबेशी ? खै त समानुपातिक ? खै त सह-अस्तित्वबाद ?
संघिय लिम्बूवान पार्टी नेपालको जन्मसंगै प्रमुख पदहरुमा लिम्बु नेताहरु मात्र बसेको हुँदा लिम्बु नै लिम्बु को पार्टी होकी भन्ने आलोचना भैरहेको छ | अहिले यो पार्टी आन्दोलनमा होमिएको छ | पार्टीका नेता छबि सुब्बा सम्बाङ्गफेle आफ्नो फेसबुक मार्फत आउँदो राजनीतिक कार्यक्रमको तालिका सार्वजनिक गरेका छन् । तालिका हेर्दा लाग्दछ, संघीय लिम्बुवान पार्टी, नेपालका नेताहरुमा कथनी र करनीमा आकाश पातालको फरक छ | ती दुई तालिका हेर्नुस् :
लिम्बुवान आन्दोलनका उपसमितिहरु
१. लिम्बुवान आन्दोलन तथा पार्टी सुरक्षा उपसमिति, संयोजक : लाजेहाङ साम्यू
२. लिम्बुवान आन्दोलन प्रचार प्रसार उपसमिति, संयोजक : डि.बि. आङबुङ
३. लिम्बुवान आन्दोलन मानव अधिकार तथा अनुगमन उपसमिति, संयोजक : अमृता थेबे
४. लिम्बुवान आन्दोलन ब्यवस्थापन उपसमिति, संयोजक : गोपाल थेबे
५. लिम्बुवान आन्दोलन उपाचार उपसमिति, संयोजक : दीपक मेन्याङबो
६. लिम्बुवान आन्दोलन अनुशासन तथा अनुगमन उपसमिति, संयोजक : ज्ञानु इम्बुङ
७. लिम्बुवान आन्दोलन साँस्कृतिक उपसमिति, संयोजक : लाहानसिंह तुम्बापो
८. लिम्बुवान आन्दोलन जनपरिचालन उपमिति, संयोजक : प्रेमदीप थाम्सुहाङ
९. लिम्बुवान आन्दोलन सम्वाद तथा समन्वय समिति, संयोजक : खगेन्द्र माखिम
१०. लिम्बुवान आन्दोलन महिला परिचालन उपसमिति, संयोजक : विष्णु तुम्बाहाङफे
शिर्षनेता तथा नेताहरुले कोणसभामा सम्बोधन गर्ने कार्यक्रम
(१) झापाको काकडभित्तामा : वरिष्ठ उपाध्यक्ष, रामभक्त कुरुम्बाङ
(२) झापा, बिर्तामोडमा : सर्वमान्य नेता, बीर नेम्वाङ
(३) झापा, दमकमा : अध्यक्ष, कुमार लिङदेन “मिराक”
(४) मोरङ पथरीमा : वरिष्ठ नेता, सञ्जुहाङ पालुङवा
(५) सुनसरी, ईटहरीमा : उपाध्यक्ष, ज्ञान बहादुर गुरुङ
(६) सुनसरी, धरानमा : उपाध्यक्ष, खगेन्द्र माखिम
(७) तेह्रथुम, म्याङलुङ : उपाध्यक्ष, दीपक मेन्याङबो
(८) ईलाम, बीरेन्द्र चोक : उपाध्यक्ष, विष्णु तुम्बाहाङफे
(९) पाँचथर, फेदेन : उपाध्यक्ष, मचिन्द्र बेघा
(१०) धनकुटा : उपाध्यक्ष, विसेन्द्र चेम्जोङ
(११) ताप्लेजोङ : उपाध्यक्ष, रामकुमार लिङदेन
(१२) संखुवासभा : उपाध्यक्ष द्वय, डिल्ली मिभक र राजकुमार पालुङवा
यस तालिकाबाट के प्रष्ट हुन्छ भने पार्टीको जन्मसँगै यो पार्टीमा लिम्बुहरुकै बर्चस्व छ । पार्टी समबेशी छैन् । जातीय पार्टी भनेर अअहिले अएका आएका अरोक आएका यि आरोपलाई झन् सहि भनेर अलोचना गर्नेलाई बल मिलेको त होईन ? ती आलोचना कालान्तरमा सत्य त भएका होइनन ? समाबेशी, समानुपातिक, सह-अस्तित्वबादका नारा लगाउने पार्टीमा खै त समाबेशी, समानुपातिक र सह-अस्तित्वबाद ?
एकताका राइ नै राइ भए भनेर निर्वाचन आयोगले संघिय समाजवादी पार्टीको समानुपातिक नामवली फिर्ता गरेको थियो । त्यस्तै, लिम्बु नै लिम्बु मात्र भए भनेर लिम्बुवानको राजनीतिक आन्दोलनमा जनता निस्क्रिय बन्न नसक्लान ? संघिय लिम्बूवान पार्टी हाँक्ने नेता र दह्रा कार्यकर्ताको ध्यान् जाला ? सच्याउलान ? की बुरुक्क उफ्रिँदै उल्टो गाली गर्न थाल्लान, हाम्रो पार्टीको अलोचना गर्यो भन्दै ?





