तराईलाई एक प्रदेश तर पहाडमा जातिपिच्छे बनाउने मधेशी र माओवादीको स्वार्थ के ?
- मदन बज्राचार्य
जातीय पहिचान सहितको संघीय राज्यहरु बने नेपालको बिकाश होला नहोला त्यो समयले बताउने कुरा हो । तर नेपालमा जातीय पहिचानसहितको संघीय राज्य नबने सम्पूर्ण मधेसी जातको आत्मनिर्णय गर्न सकिने अर्थात मधिसे जातिकोले चाहेमा नेपाल बाट अलग्गिन समेत सकिने राज्य बनाउन सकिंँदैनथ्यो । भारतले नेपालको सम्पूर्ण तराइमा मधेसीको मधेश बनोस भन्ने चाहेको सबैले बुझेकै कुरा हो । तर तराइमा आत्म निर्णय गर्न सकिने र आफ्नो मधेस राज्य बनाउन खोज्ने मधेसीहरुको संख्या अत्यन्त झिनो छ । आफुलाई मधेसी नमान्ने अन्य तराइबासीहरु र मधेशी बोलीमा पहाडी जातिको संख्या मधेसीको भन्दा धेरै धेरै ठुलो छ । यसैले भारतले समेत दवाव दिएर ४० सौं लाख तराइमा पसेका बिहारीहरुलाई नेपालको नागरिकता नेताहरुको सिफारिसमा दिलाइयो ।
यसरि ४० औं लाख तराइमा पसेर त्यहिँ बसेका आफुलाई मधेसी मान्ने र तराइलाई मधेश बनाउन खोज्ने बिहारिहरुलाई नेपालको नागरिकता दिँदापनी प्रथम संबिधान सभाको चुनावमा तराइको कुल मतदाताको मात्र १५ प्रतिशत मत पाउन मधेश बादीहरुले सके । दोश्रो संबिधान सभाको चुनावमा मधेशबादीहरुले तराइको कुल मतदाताको ५ प्रतिशत पनि मत पाउन सकेन । बहुमतको कदर गरिने बहुमतबाट बिबाद समाधान गरिने लोकतन्त्र तराइलाइ मधेसी जातिको आत्मनिर्णय गर्न सकिने मधेश बनाउने ग्रायण्ड डिजाइन असफल हुने देखे ।
अहिले बहुमत नमान्ने अल्पमतमा परेका मधेशवादीको हठ छ । मधेशवादीको मागमा सबैले सहमति नगरे संबिधान बनेमा च्यात्ने घोषणा गरेका छन । अल्पमतमा परेकाको मागमा सहमत हुने पर्ने सहमत नगरे बहुमतबाट निर्णय गरेमा नमान्ने घोषणा गर्नेहरुले यो कुरा भुले कि अल्पमतले जवर्जस्ती गरेर उनीहरुले मागे जस्तै मान्न बहुमतलाई जवर्जस्ती गरेमा “बहुमत पाएको समुहले पनि अल्पमतले जबर्जस्ती लाद्न खोजेको निर्णय नमान्ने घोषणा गर्न सक्छ । यदि त्यस्तो अवस्था आयो भने अल्पमतमा हुनेले के गर्ने ? के गर्न सक्छन ?
मधेशबादी र माओवादीहरु सम्पूर्ण तराइमा सकेसम्म एउटा राज्य मात्रै बनाउन चाहन्छन । तराइमा धेरै राज्यहरु बनाउने कुरामा उनीहरु सहमत छैनन । तिनै मधेशबादी र मावओवादीहरु तराई बाहेक बा**की नेपालमा सकेसम्म धेरै जातीय प्रदेशहरु बनाएर नेपालीहरुलाई विभाजित गर्न चाहन्छन । यसो किन चाहे उनीहरुले ? अलिकति मात्रै सोचे पनि सबैले बुझ्ने कुरा हो ।
संघियता समानुपातिक बिकाशको निम्ती हो । संघीय राज्य बनिने प्रदेशको बिकाशको निमित मात्र जातको परिचय हुने नामले पुग्दैन । श्रोतकोपनि ब्यवस्था हुनुपर्छ । त्यहाँ बस्ने अन्य जातिकाको परिचय दविने गरि कुनै एक जातिको नाममा प्रदेशको नामाकरण गरिए वा कुनै जातिकाले मधेसीले मागे जस्तै बिशेष अधिकार पाउने प्रदेश बनेमा त्यस्तो प्रदेशमा बिकास होइन बिनास र जातीय दंगा हुन्छ । अकाल पर्छ । तराइमा भएको अपार जलश्रोतको आधार हिमाल र पहाड हो । तराइको जलश्रोत माथि पहाड र हिमालमा बस्नेको अधिकार हुन्छ नै । तर पहाड र हिमालमा संघीय राज्यको सिमाना कोर्दा तराइको श्रोतसम्म पुग्नुपर्नेगरी बनाउनुपर्ने हुन्छ नै । तर हिमाल र पहाडकालाई तराइको श्रोतसम्म पहुँच हुने राज्य बनाउने कुराको मधेशबादीहरू र माओवादी बिरोध गर्छन । उनीहरु सम्पूर्ण तराइमा मधेसीको मात्रै मधेश बनाउन चाहन्छन । तराइलाई मधेश बनाउन खोज्ने मधेशबादी र माओवादीहरु तराइलाइ चाहिँ कुनै जातिको पहिचाहन नै नहुने मधेश बनाउन चाहन्छन . नेपालको बाँकी भागमा चाहिँ जाती पिच्छेको जातीय राज्यहरु किन बनाउन खोज्दै छन् भनेर सोच्ने बेला आइसक्यो ।
मधेशबादी नेताहरुकै शब्दमा “मधेसी” भनिने शब्दले “जात” बुझाउँदैन । यो कुरा उपेन्द्र यादवले समेत भनिसकेका छन् । मधेशबादी विद्वानहरु मनुस्मृति भनिने धर्म ग्रन्थमा नेपालको तराई भारतको बिन्द्याचलसम्म फैलिएको मध्य देश भनिने भूभाग भएकोले नेपालो तराइ “मधेश अर्थात मध्यदेश” राज्य बनाउनुपर्छ भन्छन । यदि कुरो यस्तै हो भने मधेशबादी र माओवादीहरु पहाड हिमालमा मात्रै जातको नामको राज्य बनाउन किन खोज्दै छन ? तराइमा पुर्खौदेखि जन्मे हुर्केका अन्य जाति मधेशी होइनन्, पहाडीया हुन भनेर किन लखेट्न खोज्दैछन् ? नेपालको अन्य भूभागमा राज्य बनाउँदा जातिको पहिचान हुने नाम दिनु पर्छ किन भन्दैछन ?
मैले माथि उल्लेख गरिसकें कि तराइलाइ मधेसीले आत्मनिर्णय गरेर चाहेमा पछि नेपालबाट अलग्गिन सकिने संघीय राज्य बनाउन दिनकै निमित नेपालको अन्य भूभागहरुमा जातीय पहिचान हुने राज्यहरु बनाउन खोज्दै छन । तराइ नेपालबाट अलग्याउन नसकेमा र नेपालमा कुनै बेला राष्ट्रवादी नेताको सरकार बनेमा वा नेपाल आफै आर्थिक रुपमा सक्षम भएर तराइको श्रोतहरु आफैले परिचालन गर्नसक्ने भएमा भारतलाई ठूलो मर्का पर्छ । फेरी भारतले जती मिच्ने र पेल्ने गरेको छ त्यो सबै तराइमै मिचेको छ । तराईमै पेलेको छ । ती पेले मिचेको नेपालको स्रोत र भुमि भारत नेपालाई फर्काउन तयार छैन । तर नेपालमा शसक्त सरकार बनेमा भारत ती सबै पेलेको मिचेको कुरा ओकल्न बाध्य हुन्छ । यसैले तराइलाइ हाललाई मधेश नामको नेपालको प्रदेश बनाएर पछि उपयुक्त समयमा भारतको उत्तर प्रदेश बनाउन यी सबै खेलहरु खेलिँदै छन् ।




