जाति घुस्दाको नजाति

  • किशोर श्रेष्ठ

maha-jatraअक्टोबर १६ तारिखको अबेर राती, न्यूयोर्कको रिजवुडस्थित भुबनेश्वर अधिकारीको घरमा एउटा भेला भयो, नेपालका चर्चित कलाकार हरिबंश आचार्यको उपस्थितिमा (मदनकृष्ण थाकेर सुत्न जानुभएकोले)। दुर्गा मन्दिर निर्माणार्थ म्यानहाटनमा दुई शो कार्यक्रम गर्ने । त्यसबापत कलाकार टोलीलाई २७ हजार डलर उपलब्ध गराउने सहमति जुट्यो । त्यतिन्जेल यसअघिका १६ वटै कार्यक्रमको अडियो, भिडियो रेकर्ड गर्न दिइएको थिएन । तैपनि ‘सुन्नमा आएअनुसार’ भन्दै जनजातिका उपाध्यक्ष मणि बाँग्देल र महासचिव मानबहादुर रानाले केरकार गरे-‘तपाइँहरुले देखाउने बाहुन बहादुर,नेवार बहादुर प्रहसन पहिचान र सँघीयता बिरोधी छ रे, हामी किन आउने,?’ हरिवंशले भन्नुभएछ-‘हामी परिवर्तनका निम्ति लडेका,त्यस्तो गरौँला ? नपत्याए भोलिको कार्यक्रम हेर्न आउनोस’।

‘बाहुनले भैंसीको मम खाएर मासुको भाउ बढेको प्रसंग राख्दा कसरी जातीयताबिरोधी होइन्छ,प्रवृत्ति मात्रै औँल्याएको’ भन्दापनि जनजाति नेताहरुले नपत्याएपछि पत्रकार भोला आचार्यको मस्यौदामा हरिबँशको प्रतिबध्दतापत्र तयार भयो । सोही बमोजिम १७ तारिखको पहिलो शोमा ४०१०० र २०० डलर तिरेर ७३१ जना उपस्थित भए । कतिपयले उभिएर हेरे ।जनजाति नेताहरुले समेत पहिलो लहरमै बसेर प्रहसन हेरे । ताली ठोके । पर्सिपल्टको दोस्रो शो पनि गजब भयो ।

‘अमेरिकामा मोटा महिलालाई फत् वोमेन् त भन्न पाइन्न । काला र गोरामा बिभेद गरे जेलसमेत हालिन्छ । तपाईंहरुचाहिं जातीय गन्ध आउने गरी प्रहसन देखाउने ?’ भन्दै हरिबंश र रवि लामिछानेलाई कायल पार्नेहरु एउटा लिखितम फुत्काउन पाउँदा दँग परे । सँघीयता बिरोधीहरुले त्यही कागज गराइएकोमा चित्त दुखाए । नेपालको जातीय राजनीतिले अमेरिकामा समेत हुरी चलायो । यसले देशमा के एक थान संबिधान फलायो ?

(जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको फेसबूकबाट)

तपाइँको प्रतिक्रिया