शुशिल’दासँग शक्ति, आदिबासी जनजाती, दलित र पीडितसँग महाशक्ति

  • रमेशरोदीततामाङ

ramesh-rodit-tamangदेवहरुको महादेव पनि उक्त महाशक्तिको अगाडी लम्पसार हुन्छ । वास्तविक जातीवादी पार्टी एमाले, काङ्ग्रेसको भित्री षाड्यन्त्रमा मरेको लास बिउँझाउँछु र तर्साउँछु भन्दै झुल्केको हो कमल थापा । प्रमाण, “एक भोट दाईलाई, अर्को भोट गाईलाई” र “एक भोट गाछीलाई, अर्को भोट बाछीलाई ।” यसमा केही हात प्रचण्ड बाबुरामको पनि स्पष्ट छ ।

सोही षड्यन्त्रपुर्ण ढंगले सम्पन्न गरिएको दोस्रो चुनाबको परिणाम के भयो ? संविधानसभामा पहिचानप्रेमीहरुको उपस्थिती कम देखाउनलाई गरिएको थियो । फलत मधेशी, आदिबासी जनजाती, र दलीतहरुले चारै दिशा घेरो मारेर, भाग्ने बाटो थुनिदिइसकेका छन् ।

छलकपट नगरी गन्दा- अहिले पनि पहिचान र संघीयतावादीहरु सुपथ मुख्य शक्तिमै मै छन् । कुमार लिङ्देन ‘मिराक’, डा सिके राउत, अशोक राई, आङकाजी शेर्पा, बाबुराम भट्टराई, मोहन वैद्य, प्रचण्ड, राम बहादुर थापा ‘बादल’, देव गुरुङ, वर्षमान पुन मगर, गोपाल किराँती, बिर नेम्बाङ, सुदर्शन मंगोल, विजय गज्छदार, मातृका यादव, एम एस थापा मगर, गोरे बहादुर खपाङ्गी, मंगोल नेशनल अर्गनाईजेसनका डक्टर गोपाल गुरुङ, जेकि चाप्च र फेसबुक मार्गनिर्देशक जेबी राईहरु त बाहिरी सतहमा देखिएका झिल्को मात्र हुन् । भित्र केके छ छ, भन्न मिल्दैन ।

मुख्य त न्याय र समानताको मागमा उठेका आवाजहरुलाई कुनै पनि पद प्राप्तिको लागि मात्र हो भनेर नबुझेको राम्रो । हाम्रा माग र शैलीहरु सही ढङ्गका छैनन् भनेर तिमीले बुझिरहनु भनेको तिम्रै संकुचित मानसिकताको उपज शिवाय अरु केही होईन भन्नेमा हामी स्पष्ट छौं । नेपालका पुराना पार्टीहरु- एमाले, काङ्रेस, राप्रपा आदि हरुमा तिनीहरुको स्थापनाकाल देखिनै आदिबासीहरुको योगदान र समर्पण पनि कसैको भन्दा एक सुता पनि कमि छैन । तर ति कुनैपनि पार्टीहरुले समयले यती लामो यूगिन धर्सा कोरिंसक्दासम्मपनि कुनै एक जना आदिवासी समेतको नाम प्रधानमन्त्रीको लागि सिफारिस त के प्रस्ताव समेत गर्न चाहेनन् किन?  गहिरीएर गम्नुहोस त मित्र । किन ?

विपी कोईरालाका गुरु गणेशमान सिंह जो काङ्रेसको स्थापनाकाल देखी नै जिउज्यान सुम्पेर जीवनको अन्त्यकालसम्मै लागि परे काङ्रेसमा । वहाँ जस्तो प्रखर राजनीतिज्ञले समेत नेपाली राजनीतिको नेपथ्यमा बाहुनवादको रुप भयङ्कर डर लाग्दो छ भनेर किन भने ? अझै गहिरीएर आत्म मन्थन गर्नोस मित्रहरु ।

त्यस्तै अर्का नेपाली राजनीतिको मुलखम्बाहरु मध्येका एक प्रमुख व्यक्तित्व पुष्पलाल श्रेष्ठहरुलाई नेकपा एमाले कथित कम्युनिस्ट भनाउँदाहरुले बिस्तारै बिस्तारै ठेल्दैठेल्दै डिलबाट तल झारेर त्यसको नेतृत्व तहमा कसरी उनीहरुले एकछत्र राज गर्न भ्याईरहेका छन् ? जुन पार्टीहरुले आज दलितपीडित आदिबासीहरुले आफ्ना मौलिक हक हित र अधिकारहरुको मुद्धा उठाउँदा कानमा तेल हालेर मात्र बसेका छैनन् भरसक दबाउने नीति लागु गरीरहेका छन् खुल्लमखुल्ला । तपाईलाई नेपाली राजनीतिका यि गुदी कुराहरुको राम्रो हेक्का हुनै पर्दछ ।

विभिन्न जातजाती समुदायहरु मिलेर बनेको नेपाली समाजको बनोटको प्रकृति अनुसार नै यसको वैज्ञानिक किसिमले व्यवस्थापन मिलाउनको लागि आत्यावश्यक छ । त्यो भनेको पहिचानमा आधारित संघीय राज्यहरुको निर्माण हो ।

हालसम्म कथित राष्ट्रिय एकता र अखण्डताको नाममा नेपालमा एकल जातीय भाषा, लिपी, एकल जातीय धर्म संस्कृति, एकल जातीय राजनीति, एकल जातीय साहित्य संस्कार, एकल जातीय चाडपर्व, एकल जातीय कर्मचारीतन्त्र, अत्यन्तै क्रुर ढङ्गले लादिएको छ । लागु गरीएको छ । पहिचानमा आधारित संघीय राज्यहरुको निर्माणले सबैभन्दा पहिले मुलुकमा हावी रहेको यस प्रकारको एकल जातीय वर्चस्व वा व्यवस्थालाई तोड्ने काम गर्दछ । देशलाई वास्तविक रुपमै वहुजातीय र वहुधार्मिक संरचनामा लैजाने छ । यी कुराहरु तपाईले कहिल्यै नभुल्नुहोस ।

आदिबासीहरुले देश टुक्राएर खण्डखण्ड पार्न लागे भनेर अखण्ड अखण्ड भन्दै जाली देशप्रेम र राष्ट्रियता देखाएर विलाप गरीरहनुको कुनै तुक छैन अब । यो देश र माटोको वास्तविक मायामा हामी पागल छौं सृष्टीको सुरुवात देखी नै । अझै पनि निरंकुश जाहानियाँ शाषकहरुले यसलाई लुटीरहन्छन् भने तिनीहरुको वंश विनाश गर्न हामी बाध्य हुनेछौं । होशियार देश लुटेराहरु ! जय पहिचानयुक्त नेपाल । जय जातीय विभेद मुक्त संघियता सहितको संविधान । जय वहुजातीय व्यवस्थामा आधारित नेपाल । जय वहुधार्मिकता सहितको नेपाल ।

तपाइँको प्रतिक्रिया