तराइलाई मधेश भनेर राष्ट्र बिखन्डनबादीहरुलाई किन हौस्याउँने ?
- मदन बज्राचार्य
कुनै बेला घना जंगल र जंगली जनावर अनि औलो जस्तो रोग लाग्ने अंग्रेजले एकिकृत गरेको भारतको बिहारको सिमाना सित जोडिएको नेपालको तराइको भूभाग । मलिलो माटो र जलश्रोतले परिपूर्ण भएता पनि त्यहाँको जनजाति र आदिबाशीहरु बाहेक अरु नेपाली बसोबास गर्न चाहँदैनथे। यसैकारणले बिगतको नेपालको राजा र राणाहरुले आफुलाई मधेसी भन्ने बिहारिहरुलाई नेपालको तराइमा खेतालाको रुपमा हुल्न बस्न दिए ।
सन् १९१६ मा अंग्रेज सितट युद्ध हुँदा तिनीहरुले नेपाल सित गद्दारी गरेर अंग्रेजी सेनालाई सघाए । यसै कारणले अंग्रेज सित सुगौली सन्धि हुँदा अंग्रेजले ती नेपालमा बसेर नेपाल सित गद्दारी गर्ने मधेसीहरुलाई नेपालको सरकारले कुनै कार्यवाही नगरिने बुँदा समेत सुगौली सन्धिमा थपे । भारतलाई दास र उपनिवेश बनाउने अंग्रेजलाइ सघाउने तर अंग्रेज सित नझुक्ने नेपाल प्रति गद्दारी गर्ने तिनै मधेसीहरुको चेलाहरु हुन् आज नेपालको तराइलाइ नेपाल बाट अलग्याउने धम्कि दिने मधेसी र मधेशबादीहरु ।
सन् १९५६ मा तराइलाई नेपाल बाट अलग्याउनु पर्छ भनेर आवाज उठाउँदै दिल्लीको सदन अगाडी आफ्नो टाउकोमा मट्टीतेल खन्याएर आगो समेत बाल्ने, रास्ट्र संघमा समेत तराइ नेपालको भूभाग होइन भनेर पत्र लेख्ने गद्दार रघुनाथ ठाकुरलाइ यि मधेशी र मधेशबादिहरु आफ्नो प्रथम सहिद मान्छन । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाबुरामको नेतृत्वको सरकारमा सहभागी भएका मधेशबादी नेताहरुले त्यो रघुनाथ ठाकुरको जयन्ति समेत बनाए । सरकारको नेतृत्व गर्दै गरेको तत्कालिन प्रधानमन्त्रि बाबुरामले आफ्नो मन्त्रि मण्डलमा सामेल भएका मधेशबादीहरुले नेपाल टुक्राउन खोज्नेको जयन्ति मनाउँदा पनि केहि बोलेनन । अहिले पनि तराइ नेपालबाट अलग्ग गर्नु पर्छ भनेर बकवास गर्दै हिँडेको गद्दार सिके राउतलाई बाबुराम भट्टराईले सल्लाह लिन निम्तो समेत गरे । दोश्रो संबिधान सभाको चुनाव अघि तराइमा मधेसबाद नस्विकार्ने थारु, मैथिली र अन्य जनजातिहरु बहुसंख्यामा रहेको तथ्यलाई तिरस्कार गरेर माओवादिहरुले तराइमा अल्प संख्यामा मात्रै रहेको मधेशीहरु सित लाभ परेको समेत भने । बहुमतलाई तिरस्कार गर्नेहरुले लोकतन्त्रमा कस्तो नतिजा देख्नु थियो त्योपनि देखे ।
दिल्ली सम्झौता गर्नेहरुको सरकारले तीसौं लाख बिहारिहरुलाई मात्र पार्टी र नेताहरुको सिफारिसमा नेपालको नागरिकता दिंदा पनि प्रथम संबिधान सभाको चुनावमा तराइको कुल मतदाताको १५ प्रतिशत मात्रै मत पाए । दोश्रो संबिधान सभाको चुनावमा त तराइलाइ मधेश बनाउनु पर्छ भन्ने मधेशवादिहरुले तराइको कुल मतदाताको पाँच प्रतिशत मत पाउनपनि मुस्किल भयो । यो कुराले तराइलाइ मधेश नाम दिन खोज्ने सम्पूर्ण तराइलाइ मधेशीको बिशेषाधिकार हुने, मधेसीकै अलग सेना हुनुपर्छ भन्ने, तराइको सम्पूर्ण श्रोतमा भारत सित सन्धि सम्झौता मधेसीले गर्न पाउनुपर्छ भन्ने मधेशबाद तराइमै अस्वीकृत भएको स्पस्ट देखाउँछ ।तैपनि नेताहरु रघुनाथ ठाकुर, जयकृष्ण गोइत र सिके रावतहरुले चाहे जस्तै तराइलाइ “मधेश” भन्न थालेको छ किन ?
मधेशबादीहरु मनुस्मृतिमा उल्लेख भएको भन्दै नेपालको तराइ भारतको बिहारको बिउन्द्याचल सम्म फैलिएको मध्य देश भनिने भूभाग भएकोले तराइ नेपालको नभएको र तराइलाइ मधेश भन्नुपर्ने कुरा गर्दै आएका छन् । मधेश र मधेसी शब्द “मध्यदेश” शब्द बाट बनेको भन्दै आएका छन् । मध्य देश भन्ने यो हिन्दि शब्दले दुई वटा देश बिचको अर्को देश भन्ने अर्थ लाग्छ । यस्तो मध्य देश भनिने कुनै देश भएको कुरा नेपाल र भारतको ईतिहासमै समेत कहिँ उल्लेख छैन । तराइमा हिन्दि भाषा नेपालमा बसोबास गर्दै गरेको, नेपालको नागरिकता लिएको र नालिएको हिन्दि भाषी बिहारीहरूको भाषा हो । नेपालको तराइकै आदिबाशी जनजातिहरुको भाषा हिन्दि होइन ।
नेपालको तराइमा गत संबिधान सभाको दुई चुनावहरुमा मधेशबादीहरुले झिनो मत पाएबाटै नेपालको तराइलाइ अर्को बिहार बनाउन “मधेश” भन्नेहरु स्पस्ट अल्पमतमा परेको देखिन्छ । तराइलाइ तराइनै भन्ने मान्नेहरुको स्पस्ट बहुमत तराइमा भएको देखिन्छ । तर नेताहरु र पत्रपत्रिकाहरुले तराइलाइ मधेश भन्न थालेर बहुमतले तिरस्कार गरेको शब्दलाइ किन प्रचार गर्दै आएको छ ?
ईतिहास नै राजनीतिको मूल आधार हो, मनु स्मृति जस्तो धर्मशास्त्र होइन । धर्मशास्त्र र इतिहासकै आधारमा कुरा गर्ने हो भने ब्रिटिशहरुले यकिकृत गर्नु अघि संसारमा भारत भन्ने देशको अस्तित्व समेत थिएन । आजको भारतमा उहिले सयौं स्वतन्त्र देशहरु थियो । मधेशबादीहरुले भनेको मध्यदेश र मधेशबादीहरुले आफ्नो रगतको नाता भएको भनिने अहिले बिहार भनिने भूभागमै कयौं स्वतन्त्र देशहरु हरु थियो । यिनिहरुकै तर्कलाई अधार बनाउने हो भने आजको भारत सयौं टुक्रा गर्नुपर्ने हुन्छ । धर्म, जात, समुदायको आधारमा देश टुक्र्याइन्छ भन्नेहरु नेपालको निमित मात्रै होइन भारतको निमित्त पनि खतरनाक छ नै । यस्तालाई हदैसम्मको सजाएँ नदिए नेपालमात्रै होइन भारतको अस्तित्व समेत खतरामा पर्छ । सायद यहि कुरा बुझेरै भारतीय प्रधानमन्त्रीले अस्ति नेपालमा मधेश शब्द उच्चारण गरेनन । तराइलाइ तराइनै भने । हामी किन तराइलाई मधेश भनेर राष्ट्र बिखन्डनबादी सिके रावत जस्तालाई हौस्याउँछौं ?




