सक्षम निजामती सेवाको खाँचो
● लीलामणि पौड्याल
आज निजामती सेवा दिवस । यो दिन हाम्रा विगतका कामको मूल्यांकन गरी राम्रा एवं सिर्जनात्मक काम प्रवद्र्धन गर्न र कमी–कमजोरी केलाएर आगामी दिनमा सेवाको साख र गुणस्तर बढाउन प्रण गर्ने अवसर पनि हो । नेपालमा निजामती सेवा गठनपछिको ५८ वर्षको इतिहास केलाउँदा यसले मूलतः तीनवटा चरण पार गरेर आएको छ । पहिलो सेवा गठनकै प्रारम्भिक चरण हो । पुरानो सामन्ती जहानिया शासनमा आधारित प्रशासकीय प्रणालीको विराशत र लामो राजनीतिक संक्रमणबीच निजामती सेवाको गठन भयो । शुरुका प्रारम्भिक वर्षलाई छाडेर त्यसपछिका झण्डै तीन दशकसम्म कार्यकारिणी, व्यवस्थापिका र न्यायपालिकाका सबै अधिकार एकै व्यक्तिमा केन्द्रित राजतन्त्रात्मक र निर्देशनात्मक व्यवस्थाको पक्षपोषण गर्दै त्यही अनुरूपको प्रशिक्षण र निर्देशनमा निजामती सेवा चल्यो । यो अवधिमा आदेशको शृंखला, आदेशको पालना, अनुशासन र निर्देशन यसका सबैभन्दा बलिया गुण रहे ।
पञ्चायती कालखण्डमा कुनै राष्ट्रव्यापी सञ्जाल भएको राजनीतिक संगठन नभएकै कारण निजामती प्रशासन एउटा निर्विकल्प राज्यव्यापी सञ्जाल भएको बलियो संगठन हुनपुग्यो । त्यसैले यसका सञ्चालकहरू बलिया थिए । पञ्चायती व्यवस्थामा राजनीतिक नेतृत्व (पञ्च) ले आफूलाई आफ्नो निर्वाचन क्षेत्रको मात्र प्रतिनिधित्व गर्ने भएकाले भूगोलको अर्को कुनामा राजनीतिक गतिविधि गर्न परिचालन वा नियन्त्रण÷निर्देशन गर्न वा सूचना लिनसक्ने संगठित अवस्था राजनीतिज्ञसँग रहेन । त्यसको फाइदा प्रशासन प्रणालीले लियो । फलस्वरूप पञ्चायती शासन व्यवस्थामा निजामती राष्ट्रसेवकले माथिको आदेशको पालना गर्ने, माथिप्रति उत्तरदायी हुने र अनुशासित तर सेवाग्राहीका लागि भने आफू शासकका प्रतिनिधि भएको ठान्ने मनोवृत्तिमा काम गरिरहे । त्यसको धङधङी नेपालको प्रशासनमा हालसम्म कुनै न कुनैरूपमा कायमै छ ।
दोस्रो कालखण्ड भनेको बहुदलको आगमनपछिको समय हो । बहुदलीय शासन प्रणालीको आगमनपछि कार्यवातावरण र जन–अपेक्षाबीच ठूलो खाडल उत्पन्न भयो । खुला समाजमा जनताका अपेक्षा ह्वात्तै बढे तर निजामती सेवा त्यो पूरा गर्न तत्पर, सक्षम र प्रशिक्षित थिएन । बहुदलीय शासन प्रणाली अनुरूप चल्नुपर्ने कर्मचारीको दीक्षा, आचरण, कार्यशैली, व्
बहुदलीय शासन प्रणालीको आगमनपश्चात प्रशासन र राजनीतिबीच विश्वासको संकट उत्पन्न भयो । राजनीतिक दलका नेतामा हिजोका दिनमा प्रशासकले आ–आफ्ना ठाउँमा देखाएको रवाफ र शासकीय दवावको तीतो अनुभव थियो । राजतन्त्रले पनि पोसेको प्रशासन उतै वफादार हुने शंका पनि राजनीतिज्ञमा थियो । प्रशासनमा रहनेहरूमा हिजोका दिनमा राजनीतिक नेतृत्वमाथि आफूले शासन गरेको रोमाञ्चक अनुभव थियो । प्रशासकहरूमा आफूले हिजोका दिनमा शासन गरेको धङधङी एकातिर थियो भने अर्कातर्फ कतै राजनीतिज्ञले बदला त लिने होइनन् भन्ने आशंका पनि ।
यही आशंका र अविश्वासका कारण राजनीतिक दलहरूले राष्ट्रसेवकबाट निष्पक्षता, कार्यदक्षता र व्यावसायिकताभन्दा वफादारी खोज्नथाले । निजामती सेवाले यो बिन्दुमा ठूलो तनाव र विभाजन व्यहोर्नु पर्यो । एकातर्फ राजनीतिक नेतृत्व राष्ट्रसेवकलाई आस्थाका आधारमा विभाजनगरी काखा र पाखा गर्ने प्रवृत्तिका कारण निष्पक्ष अभिभावकीय भूमिका निर्वाह गर्नचुक्यो भने निजामती राष्ट्रसेवकमा पनि व्यावसायिक मर्यादा कायम राख्नेभन्दा राजनीतिक आस्था देखाएर आफ्नो स्वार्थपूर्ति गर्न वा संरक्षण खोज्ने प्रवृत्ति हावी भयो । त्यसको नकारात्मक असर समग्र प्रशासनको कार्यदक्षता, निष्पक्षता र व्यावसायिकतामा पर्यो। राजनीतिक आस्थाका आधारमा संगठन खोल्न उत्प्रेरित गरियो । सरकारले सबै राष्ट्रसेवकलाई आफ्नो नठान्ने तथा सबै राष्ट्रसेवकले सरकारलाई आफ्नो नठान्ने अवस्थाले गर्दा न त सरकारका काम–कारवाही प्रभावकारी भए न त निजामती सेवाले आफ्नो मर्यादा र साखलाई उच्चो राख्दै दक्षतापूर्वक सेवा दिन सक्यो । दलगत राजनीति यति हावी भयो कि दलसँगको आबद्धताबिना वृतिविकास र राम्रो कामको अवसर पाइँदैन भन्ने र दलसँग आबद्ध भएमा जतिसुकै खराब काम गरेपनि छूट पाइन्छ भन्ने मानसिकता कर्मचारीमा निरन्तर झांगिदै गयो । यी सबैको प्रभाव समग्र सुशासन र सेवा प्रवाहमा पर्यो । निजामती सेवा ऐनमा तालिम, सरुवा र बढुवालाई बस्तुपरक र पारदर्शी बनाएर ती विकृति न्यून गर्न राजनीतिक प्रयास भए तर व्यवहारमा त्यसको कार्यान्वयन प्रभावकारी देखिएन । कार्यान्वनमा न त राजनीतिक नेतृत्व इमान्दार देखियो न कर्मचारी प्रशासन व्यावसायिक भएर प्रस्तुत हुनसक्यो । तथापि, निजामती सेवाले माओवादी द्वन्द्वको अत्यन्त कठीन र जोखिमपूर्ण परिस्थितिमा आफ्ना सेवालाई जसोतसो निरन्तरता दिएर एउटा अप्ठ्यारो परिस्थितिमा काममा टिकिरहने जुझारु चरित्रको भने प्रदर्शन गरिरह्यो । यो कालखण्डमा खुला र उदार अर्थ व्यवस्थामा संगठित व्यवसायीहरूले निजामती सेवामा कार्यरतलाई दबावमा राख्न सफल भए । निजामती प्रशासनलाई बाह्य संसारका चुनौती एवं खुला बजारका तीव्र दबाबलाई थेग्न हम्मे प¥यो र परिरहेको छ । नियामक भूमिकामा निजामती राष्ट्रसेवकको दक्षता र क्षमता दुवै कमजोर भएका कारण आम उपभोक्ताका हित रक्षा गरी जनतालाई सन्तुष्ट बनाउन नसक्दा निजामती सेवा र त्यसमार्फत सरकार आलोचित भइरहे ।
तेस्रो कालखण्ड भनेको २०६२÷०६३ को दोस्रो जन–आन्दोलनपछिको समय हो । मुलुक गणतन्त्रमा प्रवेश गरेपछि निजामती सेवामा पुरानो राजतन्त्रको धङधङी वा मानसिकता क्रमशः कमजोर बन्दै आयो । यही अवधिमा समावेशी निजामती सेवाको अवधारणाले प्रवेश पायो । हुनतः निजामती सेवा सबैको साझा फूलवारी हो । यहाँ सबैलाई प्रवेशको समान अवसर थियो नै तर सबै समुदायको समान अवस्था र क्षमता नभएका कारण निजामती सेवामा सबै समुदायको उपस्थिति वा प्रवेश समानुपातिक हुनसकेको थिएन । अर्थात्, निजामती सेवामा सबै समुदायको न्यायोचित प्रतिनिधित्व हुनसकेको थिएन । त्यसैले, ऐनमा सकारात्मक बिभेदको व्यवस्था गरियो । यो व्यवस्थापश्चात निजामती सेवाभित्र मनोवैज्ञानिक विभाजन ल्याउने चुनौती सामना गर्न सचेत प्रयास जरुरी थियो । फरक छनौट विधि र असमान प्रतिस्पर्धाबाट आएकाबीचको क्षमताको खाडल पुरेर गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूति गर्नु पर्ने चुनौती पनि थपियो ।
यो कालखण्ड अत्यन्तै अस्थिर रह्यो । द्वन्द्वपछिको खण्डित समाज र कानूनको छनोटपूर्ण प्रयोग गर्ने जस्ता विकृति कार्यान्वयन पद्धतिमा देखिए । राजनीतिक आस्थाका आधारमा विभाजित निजामती सेवा जाति, भाषा, भूगोल र सम्प्रदायका आधारमा थप विभाजित भयो । राजनीतिक पद्धतिले समाज बाँडेकै थियो । अरू कारणबाट खण्डित भएकै कारण सेवाप्रवाह प्रभावित भइरह्यो । सात वर्षको कालखण्डमा सातवटै सरकार बने । निरन्तर अस्थिर राजनीतिक नेतृत्वले चलाउने निजामती प्रशासनले यसका मूल्य, मान्यता, अनुशासन, आदे
आफ्नै अस्तित्व र स्थायित्वको संकटमा फसेको सरकारले मातहतको स्थायी सरकार भनिने निजामती सेवालाई स्थायित्वको प्रत्याभूति गर्न सक्दैनथ्यो र गरेन पनि । नागरिक समाजले भने यो वास्तविकता र तथ्यको विश्लेषणै नगरी संस्थागत हुनै नसकेको स्थायी सरकार प्रभावकारी भएन भनिरह्यो । पुरस्कार र दण्डलाई प्रभावकारी बनाउन नसक्दा कामप्रतिको अभिरुचि बढाउन सकिएन । फलस्वरूप कर्मचारीप्रतिको आमधारणा पनि त्यति सकारात्मक हुनसकेन तर यही कालखण्डमा शिक्षा, स्वास्थ्य, खानेपानी, ब
अबको बाटो
दलगत राजनीतिक आस्थाका आधारमा विभाजित निजामती सेवाले निष्पक्ष र व्यावसायिक सेवा दिन सक्दैन भन्ने कुरा घामजस्तै छर्लंग भइसकेको छ । पेशागत दक्षता, कार्यविशिष्टीकरण, वृत्
अहिलेको पदसोपान र कर्मचारीको तहगत वितरणलाई अधिकृतमुखी बनाउँदै आन्तरिक र बाह्य चुनौती खेप्ने व्यावसायिक निजामती सेवा निर्माण गरी सेवामा उत्कृष्टमध्येका उत्कृष्टतमको प्रवेश हुने वातावरण बनाउन सम्बद्ध सबैले आ–आफ्ना ठाउँबाट ढिलो नगरी भूमिका निर्वाह गरौं । अब हामीलाई पर्ख र हेर वा प्रयोग गरेर नतिजा हेर भन्ने सुविधा वा सहुलियत छैन । हामीले आफ्नै विगतबाट पर्याप्त पाठ सिकेका छौं । संकीर्ण स्वार्थ त्यागेर वृहत् राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी निजामती सेवालाई निष्पक्ष, आकर्षक, सक्षम, व्या
(लेखक नेपाल सरकारका मुख्य सचिव हुन । पौडेलले NNSD फोरममा ब्यक्त गरेको बिचार हो यो ।)




