बैध्य र बिप्लबपक्षबिच अर्को लडाइँ, किन गरेका बादलले केन्द्रिय नेतालाई कारवाही ?
मोहन वैद्य ‘किरण’ अध्यक्ष रहेको नेकपा-माओवादीले कुपण्डोलमा बुधबार आयोजना गरेको राज्यस्तरीय प्रशिक्षण कार्यक्रम विप्लव समूहले बहिस्कारको घोषणा गरेको छ । पार्टीमा अर्को क्रान्तिकारि धार भनेर चिनिएको बिप्लव पक्षधरका सबै अनुपस्थित रहे । यसको मुख्य जरो हालकालागि केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई निलम्बन गरेको विरोधमा विप्लव समूहले पार्टीको प्रशिक्षण नै बहिस्कार गरेको सार्वजनिक गरिएको छ । तर गाँठी कुरो त्यतिमै भने सिमित छैन । मोहन बैध्य दुबै पक्षलाई मिलाएर लैजाने पक्षमा छन् । बादल पक्षधरहरु कारवाही सदर गर्नुपर्छ भनिरहेका छन् । बिप्लव पक्षले भेलामा उपस्थित हुनकालागि बादलको निर्णय गलत हो भनेर अनिल शर्मामाथिको कारवाही फुकुवा गरेको घोषणा गरे मात्रै भेलामा उपस्थित हुन सक्ने भनेर अडान राखे । तर धेरैलाई थाह छैन, किन बादलले आफ्नै केन्द्रिय सदस्यलाई कारवाही गरे ।
एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, बैध्य पक्षिय नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ र उनले कारवाही गरेको भनिएका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अनिल शर्मा ‘बिरही’ तिनै जना चितवन जिल्लाका हुन् । त्यसैले आफ्नो जिल्लामा जुन नेतालेपनि आफ्नो प्रभाव बढाउन चाहन्छ । आफू अलोकप्रिय भइएला भन्ने चिन्ता र अर्कोले उछिन्ला भन्ने त्रास भैरहन्छ । नेकपा-माओवादीका महासचिवको कारवाही यहि कारणबाट आएको हो । यो कारवाही पार्टीमा बिचार, सिद्दान्त, आदर्श र भावी रणनिति तर्फपनि केन्द्रित छ ।
बादलले कारवाही गरेका नेता अनिल शर्मा पार्टी नफुट्दैदेखि कडा मिजासका, मेहनती, संगठन बिस्तारमा क्षमतावान र सोझा नेताका रुपमा चिनिएका थिए । पहिलो संविधान सभाको निर्वाचनमा बादल चितवन दुई नंबर क्षेत्रबाट उमेदवारी दिँदा उनले जित्छन् भन्नेमा माओवादीमा शंका थियो । त्यो बेलापनि उनै अनिल शर्मा चितवनका इन्चार्ज थिए । बादलले जिते । त्यो बेलापनि अनिल शर्माको सफलताको चर्चा भयो । उनी पार्टीमा लोकप्रिय हुँदै गए । तर आफ्नै जिल्लाको नेता लोकप्रिय हुँदै जाँदा बादललाई मन परेन । उनले पचाउन सकेनन् । अनिल शर्माले कुनै नेताको पुच्छर समाउन र गूट बनाउनपनि गएनन् । तर क्रान्तिकारी धारको नेत्रित्व गरिरहे । आफूलाई कुनै वास्ता अगरिकनै पार्टीमा खटिएकोपनि बादललाई मन परेको थिएन ।
पहिले अनिल शर्मा प्रचण्ड नेत्रित्वको समर्थन गर्थे । प्रचण्डले नयाँ जनवादी ब्यवस्था ल्याउन सफल नेत्रित्व गर्छन् भन्ने उनमा विश्वास थियो । तर प्रचण्डले पार्टीलाई धोका दिएको, जनसेनालाई प्रतिक्रियाबादीको चंकुलमा लगेर बिघटन गराइदिएको भन्दै उनी प्रचण्डका आलोचक बने । त्यसपछि पार्टीमा क्रान्तिकारी धारको नेत्रित्व गर्ने नेत्रबिक्रम चन्दको खेमामा उनी पुगे । त्यसपछि बादलले अनिल शर्मालाई झन रुचाउन छाडे । चित्वन इन्जार्च हुँदापनि शर्माले बादललाई ब्यक्तिगत रुपमा वास्ता गरेनन् । पार्टीको निति र निर्देशन अनि जिम्मेवारी अनुसार आफ्नो काम गर्दै गए । चितवनमा क्रान्तिकारी धारका पक्षमा संगठन बिस्तार गर्दै लगे । यो कुरो बादललाई पच्न सकेन ।
पार्टीमा बादल र बिप्लव पक्ष प्रतिद्वन्दीका रुपमा रहँदै आएका हुन् । बिप्लवले युवा पक्षको नेत्रित्व गर्दै आएका छन् । क्रान्तिकारी धारका युवाहरुलाई नेत्रित्व गरिरहेका बिप्लवको पक्षमा देखिएका अन्ल शर्मालाई बादलले रुचाएनन् । एकातिर पार्टीमा बिप्लबको प्रभाव बढ्दै जानु । अर्कोतिर आफ्नै जिल्लामापनि उनै बिप्लव पक्षका शर्माले पकड बलियो बनाउँदै लैजानु बादललाई पच्न सक्ने कुरै भएन । बदलले अनिल शर्मालाई कारवाही गर्ने बहाना खोजिरहेका थिए । त्यहि बहाना खोजिरहेका बेला चितवन पार्टी कार्यालय बेच्ने गोप्य रुपमा योजना बन्यो । बादलले एकिक्रित माओवादीका नेतासित मिलेर पार्टी कार्यालय बेचेर केहि कमिशन हात पार्ने योजना बनाएको पोल खुल्यो । किनभने सामान्यतया यसरि स्थानिय पार्टी कार्यालयको मातहतमा रहेको कुनै निर्णय गर्दा स्थानिय वा जिल्ला स्तरमा सल्लाह र जानकारि दिने चलन हुन्छ । बादलले त्यो केहि गरेका थिएनन् । ड्यास माओवादीका अधिकांश कार्यकर्ता र स्थानिय नेतापनि पार्टी कार्यालय बिक्रिको बिरुद्दमा उत्रिए । त्यसको नेत्रित्व जिल्ला इन्चार्जका हैशियतले अनिल शर्मा बिरहीले गरे । अलि कडा मिजासमा बोल्ने र आक्रामक रुपमा प्रस्तुत हुने उनको बानीले गर्दा उनले बादल लगायत त्यसमा संलग्न नेताहरुलाइ कमिशनखोर जस्ता शब्द प्रयोग गर्दै सार्वजनिक रुपमा उत्रिए । यसपछि बादललाई कारवाहीको निहुँ देखाउन सजिलो भयो ।
उनलाई पार्टीमा कारवाहीका लागि बादल हौसिनुको कारण अर्कोपनि छ, बादल र पार्टी प्रवक्ता पम्फा भुसालबिच भएको भनिएको यौन काण्ड । अनिल शर्माले पार्टीको जिल्ला कार्यालय बेचेर कमिशन खाने दाउ गरेका नेतामा केहि अनैतिक नेतापनि संलग्न छन् भन्दै आरोप लगाएका छन् । त्यो आरोप बादलतिर सोझिएको हो । बादल यसबाटपनि आक्रोशित बनेका हुन् ।
मुख्य मुद्दा भनेको पार्टी निति र नेत्रित्वकै हो । बादलले हाल क्रान्तिकारी धारको नेत्रित्व गर्दैनन् । उनी नौलो जनवादी क्रान्तिका पक्षमा छैनन् । उनको लाईन प्रचण्ड पक्षसित धर्मराउँदै हिँड्ने र बार्गेनिङ गरेर अन्तत प्रचण्ड पक्षतिरै मिल्न सक्ने संभावना रहेकोपनि बताइन्छ । उता बिप्लवले भने जनयुद्दको जगमा जनबिद्रोह गर्नुपर्छ र त्यो तत्कालै संभव छ । अब त्यसको तयारिमा लाग्नुपर्छ भन्दै युवाहरुको नेत्रित्व गरिरहेका छन् । बादाल तत्कालै जनबिद्रोह गर्नुहुन्न भन्ने पक्षका हुन् । यसरि हेर्दा पार्टीमा जनबिद्रोह गर्नुपर्छ र गर्नुहुन्न भन्ने समूहबिच अहिले मतभेद छ । जनबिद्रोह गर्नुपर्छ भन्नेहरुको प्रभाव बढ्दै गए आफ्नै जिल्लामा आफू अल्पमतमा परिएला भन्ने त्रासपनि बादललाई परेको हो । यहि कारणले बादलले आफ्नै केन्द्रिय नेता अनिल शर्मा बिरहीलाइ कारवाही गरेका हुन् ।
एनेकपा (माओवादी) नफुट्दै पटना जेलमा पर्ने मध्येका एक थिए, अनिल शर्मा । उनले पटना जेलमा आफूले भोगेका अनुभवहरुको पुस्तकनै सार्वाजनिक गरेका थिए । त्यो पुस्तक सार्वजनिक नगर्न डा भट्टराम भट्टराईले दबाब दिएको पनि जन आस्थामा लेख लेखेरै सार्वजनिक गरिदिएका थिए । पुस्तकमा डा भट्टराई पक्षका भनिएका देबेन्द्र पराजुली, देबेन्द्र पौडेल लगायतका केन्द्रिय नेताकै रणनिति अनुसार भारतीय प्रशासनसित मिलि गुपतचरी र घुसपैठ गरेर योजनाबद्द तरिकाले पक्राउ गराएको उल्लेख छ । पार्टी फुटेपछि दुई माओवादीतिर परेका ति नेता अनिल शर्माको बिरोधी भए ।





