जो न्युन छ उसैलाई चाहिने अलग्गै प्रदेश ?

ek-madhesh-ek-pradeshनेपालमा अहिले तराई मूलका पार्टीहरुले आफूलाई अलग्गै प्रदेश । आफ्नै जातिको शासन हुनुपर्ने माग गरिरहेका छन् । तर के तिनको माग जायज छ ? नितिगत रुपमा नेपालको संविधानमा तिनको सहभागिताको प्रश्न उल्लेख होला नै । तर संख्यात्मक हिसाबलेपनि तिनको माग जायज छैन ।

नेपालमा छेत्रीहरुको संख्या सबैभन्दा बढि देखिन्छ । कुन जातको संख्या कति छ भनेर हेर्दा क्षेत्रीहरुको संख्या १६ दशमल छ प्रतिशत छ । ब्रह्मणहरुको १२ दशमलव दुई छ । बरु जनजातिहरुमा मगरहरु सात दशमलव एक प्रतिशतमा छन् । थारुहरुको संख्या छ दशमलव छ प्रतिशत छ । मधेशीहरुको संख्या त तामाङहरुको भन्दापनि कम छ । जबकि मगर, तामाङ र थारुहरुले अलग्गै शासन माग्न सकेका छैनन् मधेशी दलहरुले मधेशीकालागिजसरि । कसरि मधेशीहरुको अलग्गै शासन हुन सक्छ ? 

त्यस्तै तामाङहरु पाँच दशमलव आठ प्रतिशत, नेवारहरु पाँच प्रतिशत छन् । नेवारहरुको बाहुल्यतापनि काठमाडौं उपत्यकामा सिमित हो । बरु कामीहरुको संख्या चार दशमलव चार प्रतिशत छ । मुस्लिम चार दशमलव आठ प्रतिशत, यादव चार प्रतिशत र राईहरुको संख्या दुई दशमलव तिन प्रतिशत छ । यि सबै जातिमा तराईका पार्टीहरुले मागे जस्तो मधेशीहरुको संख्या छैन । अहिले तराईमा आफ्नो छुट्टै राज्य चाहियो भनेर माग्नेहरुले मुस्लिम र यादवहरुलाई एकै ठाउँमा समेटेर भनेका हुन सक्छन् । त्यति गर्दापनि तिनको संख्या क्षेत्री वा मगर र राईको जति पुग्दैन ।

गुरु भट्टराईले आफ्नो फेसबूकमा उल्लेख गरेका छन् ‘अहिले मधेशमा अधिकार चाहियो भनेर उफ्रिनेहरु यादब बाहेकका जातको जनसंख्या दुई प्रतिशत भन्दा कम छ । अनी यिनलाई मधेशमा ५० प्रतिशत जनसख्यालाई शासन गर्ने अधिकार चाहियो ? के ति केही अभिजात बर्गका झा, यादब, महतो मधेशका राजा हुन ?’

मधेशमा दलितहरुको जनसख्या मधेशलाई छुट्टै प्रदेशको माग गर्नेको भन्दा धेरै भएको तथ्यांकलेनै देखाउँछ । यो तथ्यांक हेर्दा त मधेशमा जति ब्राह्मणहरु छन् पहाडे ब्राह्मणहरुसित त्यो तुलना गर्दा त मदेशकै ब्राह्मणहरुले पो प्रशासनमा बढि ओगटेका रहेछन् । बरु एक मधेश एक प्रदेश भन्नेहरुले तराईका अन्य जातिलाई पो बिभेद गरिरहेका रहेछन् । तथ्यांक अनुसार त बरु राई, कामी, मगर,थारु, तामाङहरु पो देशको शासन सत्तामा बिभेदमा परेका रहेछन् । बरु तिनलाई पो माथि उकास्न, समान सहभागिता दिनका लागि आरक्षण दिनु पर्ने रहेछ । दलित लगायत तिनको लागि पो राज्यले सोच्नु पर्दो रहेछ । जसको संख्यानै तराईमा न्युन छ तिनैलाई कसरि सम्पूर्ण मधेश एक प्रदेश बनाएर राज गर्न दिन सकिन्छ ?

तपाइँको प्रतिक्रिया