जुम्सेबुढाको दीर्घसूत्री समीक्षा
- आनन्दराम पौडेल
“सुशिल कोरालाले नेतृत्व लिएपछि सरकार झन् गतिहीन भएर बस्यो’ भनिरहेछन् ।यो मलाइ नचिनेकाहरुले भन्ने हुन् । मलाइ थोरैपनि चिनेका हुन्थेभने आफ्नैनेपाली कांग्रेस पार्टी हाँक्न नसकेको यथार्थ वुझिसकेका हुन्थे । पछिल्लोअधिवेशन भएकोपनि ठ्याक्कै ५ बर्ष भयो । यो ५ बर्षमा पार्टीकाभातृसङ्गठनहरु असरल्लै छन् । केन्द्रीय विभागहरु त रिक्त छन् नै,
केन्द्रीय कमिटीले समेत् पूर्णता पाएको छैन । यो ५ बर्षमा केन्द्रीयकमिटीको बैठक नै कतिपटक बस्यो होला र ? केन्द्रीय कमिटीको बैठक राख्नुपर्यो भनेर साथिहरु कराएकोकरायै छन्, मैले सुन्यानसुन्यै गरिरहेछु । हुँदा-हुँदा २२ जनाले सही गरेर निवेदन दर्ता गरेको पनि आज २५ दिन भयो । भनेपछि, मेरो सुस्त कार्यशैलि र दीर्घसूत्री स्वभावको बिषयमा मलाइ चिन्नेजान्ने सबैलाइ थाहा छ ।
मेरो कार्यशैलि र स्वभाव वुझेकैले नन्दरामले मलाइ ‘जुम्सेबुढा’ भन्ने गर्छ । मेरो नेतृत्वमा सरकार गतिहीन भयो भन्नेहरु सबै मेरा अपरिचितहरु हुन् । ती अपरिचितहरुले भनेको भरमा मैले आफ्नो कार्यशैलि बदल्न सक्छु त ?” आज सुशिल कोइराला आत्मसमीक्षा गर्ने सूरमा कस्सिए । उपचारपछि बिस्तारै स्वस्थ बन्न थालेका थिए । आत्मसमीक्षामै घोत्लिए । सोचे, “सिष्टम बसाल्ने, सबैले सिष्टमभित्र रहेर नियम, कानुन र अनुशासनमा चल्ने तथा राष्ट्र र जनताको पक्षमा काम गर्ने मामलामा पो यो सरकार सुस्त भयो, स्वार्थको लागि मनपरी गर्न त अगाडी नै छ भन्नेहरु पनि छन् । साउन २९ गते, बिहीबारको क्याबिनेट बैठकबाट मैले आफ्नै दाज्युको छोरा प्रसन्नकुमार कोइरालालाइ सहकारी बोर्डको सदस्यसचिवमा नियुक्त गरिदिएको थिएँ । यस्लाइ उदाहरण बनाए। एआइजी बढुवा गर्दा नियम, कानुन, पद्धति सबै मिचिन पुग्यो । ती दुइजनालाइ थपेर बढुवा नगर्दा समस्या पर्थ्यो । ती दुईजनाले भित्री कुरो खोलिदिने थिए ।
नेताहरुको घरमा ब्रिफकेस पुगेको यथार्थ त रमेश खरेलले नै सार्वजनिक गरिसकेका थिए, बढुवामा नपरेका यी दुई जनाले पुष्टी गरिदिन्थे । खास कसैको लागि प्रहरी सङ्गठनको संरचनाभित्र स्वार्थ घुसाउने काम त पहिलेदेखि नै हुँदैआएको हो । २०४३ सालमा हेमबहादुर सिंहलाइ आइजिपीमा बढुवा गर्दा ऐन, नियम, पद्धति र परम्परामुताविक नै गरिएको थियो । तर, रानी ऐश्वर्यले रत्नशमसेर राणालाइ आईजिपी बनाउन अगाडीदेखि नै जोडबल गरिरहेकी थिइन् । आफ्नो रोज्जाको मान्छेलाइ आइजिपी नबनाएको भनेर रानी रिसाइन् । रानीलाइ मनाउनकै लागि त्यत्तिकै, जबर्जस्ति एआइजी पद सृजना गरे, र रत्नशमसेरलाइ यस्मा बढुवा गरेर राखे ।
प्रहरी सङ्गठन भित्रपनि आफ्नो स्वार्थ घुसाउन सकिने रहेछ भनेर त्यसपछि सबैलेसंज्ञान लिए । ब्रिफकेसको तौल बढ्दैगयो । ब्रिफकेसको आकारअनुसार हाम्रासाथिहरुले एआइजी पदथप्दैगए । बाटो खुलिसकेकै थियो । डा। बाबुराम भट्टराईकोनेतृत्वमा विजय गच्छेदार गृहमन्त्री तथा उपप्रधानमन्त्री हुँदापनि दरबन्दीभन्दा बढी २ जना थपेरै बढुवा गरेका थिए । उनले त अझ एसएसपी, एसपीमा समेत् दरबन्दी नाघेर आवश्यकताभन्दा पनि धेरै बढी नियुक्त गरिदिएका थिए ।
अघिल्ला सरकारले गरेको भन्दा यस्पालि जघन्य किन हुन गयोभने यस्पालिनियमावलीलाइ ठाडै कुल्चने काम मात्र गरिएन, च्यातचुत पारेर धज्जि नैउडाइयो । राष्ट्र, देश, जनता र राज्यव्यबस्थालाइ आवश्यक नभएका पदहरु थप्दैजाँदा सङ्गठनलाइ अनावश्यक वोझमात्र थपियो । अनावश्यक कर्मचारी कहाँ छैनन्? शान्ति तथा पुनर्निमाण मन्त्रालयमा ९२ जना कर्मचारी छन्, तर १५ जनालाइपुग्ने काम छैन । यति धेरै मन्त्रालय नै चाहिएको छैन । जब-जब ६०१ जनाकोभेडीगोठको प्रसङ्ग चल्छ, तब लाजले मेरो शीर निहुरिन्छ । तर, मैले अब लाजमान्न छाडें ।
मैले प्रधानमन्त्री हुनका लागि नेकपा एमालेसँग ७ बुँदे सम्झौता गरेको थिएँ । त्यो सम्झौताको चौथो बुँदामा सम्बिधानसभा-संसदले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाइ अनुमोदन गर्ने भनेर प्रष्टसँग लेखिएको छ । अस्ति भदौ ४ गते बुधबारका दिन मन्त्रालयका सचिवहरुलाइ बोलाएर, ‘यो ७ बुँदे सम्झौताका बुँदाहरुमध्ये स्वत कार्यान्वयन हुनपुगेका जति भैहाले, बाँकि बुँदा कार्यान्वयन गर्न सक्दिन’ भनिदिएँ । सचिवहरु वाल्ल परेर सुनिरहे । सचिवहरुको भेलामा तिनीहरुलाइ सरोकारै नभएको असान्दर्भिक बिषयमा किन भुत्भुताएको भनेर केही साथिहरुले आपत्ति जनाएका थिए । राजनीतिकजमघटमा व्यक्त गर्ने आँट नआएर त्यहाँ भनेको थिएँ, तर यो व्यक्त गरिन ।
लाजशरमकै कुरा गर्ने होभने बर्दीयाको राजापुरमा बाढीले बिस्थापित गरेका गाउँलेहरु कृष्णसार संरक्षण क्षेत्रको अवलोकन टावर र कृष्णसार चौकीमा सेल्टर लिएर ३ दिनसम्म भोकैप्यासै बसेछन् । पत्रकार यज्ञप्रसाद सापकोटा लगायत धेरैजनाले सिडिओ र एसपीलाइ पटक-पटक फोन गरेछन् । सिडिओ र एसपीले,‘तपाईंहरुले कति फोन गरिरहेको ? खोई, हेलिकप्टर आएकै छैन !’ भनेर झर्केछन् । बरु, तेश्रो दिन बिहान ८ वजे शम्भुशरण उच्च माबिका शिक्षक हुमनारायण न्यौपानेजी चिउरा र पानी लिएर पुगेछन् । सिडिओले सेना, प्रहरी कुनै पठाएनछ । यतिसम्म अमानवीय र सम्वेदनाहीन हुँदा त लाजशरम मानिएनभने रमेश खरेलजीले उल्लेख गरेका ब्रिफकेसहरु पचाउनका लागि नियम मिचेर एआइजी बढुवा गरेको बिषयमा के लाज मान्नु ? हामीले यस्तो सिस्टम निर्माण गरेका छौं जहाँ लाजघीन पचाउन नसकेकालाइ स्थान छैन । यहाँ गोकर्ण बिष्टहरुको के काम ?”
आज केही स्वस्थ महसुस गरेकाले मनग्य आत्मसमीक्षा गरे। नन्दरामले ‘जुम्सेबुढा’ नाम राखेको सम्झे । फिसिक्क हाँसे । सोचे, “मेरो कार्यशैलि स्वाभावमुताविक सुहाउँदो नाम राखेका हुन् । सम्बिधानसभामा २६ जनापनि मनोनयन गरेको छैन । सम्बिधानसभा समितिहरुको सभापति रिक्त छन् । सम्बैधानिकनिकायहरु सबै रिक्त छन् । सरकारले पटक्क गति नलिएको ठीकसाँचो हो । मेरोस्वभावै यस्तै छ । कोही रोउन् वा चिच्याउन्, सम्बिधान जारी नहुञ्जेल सरकारयसैगरी चलिरहन्छ ।”
नन्दरामले ‘जुम्सेबुढा’ भन्ने गरेका हाम्रा सुशिलदा जुरुक्क उठे । शरिर तन्काए र निस्के ।




