अफ्रिकी देशको झण्डा र संघिय समाजवादी पार्टीको उस्तै ?
(देब्रेतिरको बुर्किनाफासोको र दाहिनेतिरको संघिय समाजवादी पार्टीको झण्डा)
अखण्ड नेपाल पार्टीका स्थानिय कार्यकर्ता, नेता केहि हुन् सरोज क्षेत्री । खाडीको कुनै मुलुकमा बस्छन् उनी । क्षेत्री निरन्तर लेख्थे ‘नेपाली झण्डा बदल्नुपर्छ भन्छन् आङकाजी शेर्पा । तर आफ्नो पार्टीको झण्डा चाहिँ अफ्रिकी देश बुर्किनाफासोको राखेका छन् ।’ शुरुमा एउटा पार्टीकोले अर्को पार्टीका काम आलोचना गर्नकालागि हो कि भन्ने लागेर वास्ता गरिएन । निरन्तर लेखेको लेख्यै गरेपछि लाग्यो, केहि त छ होला रहस्य । उनले धेरै पटक लेखेपछि गएर हेरें, गुगलमा । मिल्दो रहेछ । अचम्म लाग्यो । तर ठ्याक्क्कै मिल्ने होइन, अलिकति फरक ।
फोटोमा बुर्किनाफासो भन्ने अफ्रिकी देशको झण्डा देब्रेतिरको र दाहिनेतिर संघिय समाजवादी पार्टीको । नेपाली झण्डा बदल्नुपर्छ भन्ने संघिय समाजवादी पार्टीको झण्डा बुर्किनाफसोको सित मिल्दो रहेछ । बुर्किनाफासोको राष्ट्रिय झण्डा र संघिय समाजवादी पार्टीको झण्डामा अलिकति फरक छ । त्यो के भने बिचको ताराको भित्रको पहेंलो रङ झिकिएको छ संघिय समाजवादी पार्टीको झण्डामा । संघिय समाजवादीको तारा सेतो छ । भित्रि रङ पहेंलो झिकेकाले हो वा बनाएकै यस्तै हो। तर अलिकति ठूलो राखेको छ । अरु उस्तै छ ।
नक्कल कसले गर्यो भन्ने प्रश्न उठ्न सक्छ । हाम्रो झण्डामा अलिकति रङ बदलेर अफ्रिकीले नक्कल गरे भन्न संघिय समाजवादी पार्टीले मिल्दैन, सक्दैन । किनभने संघिय समाजवादी पार्टी बनेको हालसालै हो । उता बुर्किनाफासोले आफ्नो झण्डा बनाएको ४ अगष्ट १९८४ मै हो । त्यसैले नक्कल भएकै हो भने संघिय समाजवादी पार्टीले गरेको हो, नक्कल ।
नेपाली झण्डा बदल्नुपर्छ भन्नेकै पार्टीको झण्डा यसरि किन मेल खाएको होला, बिदेशीको झण्डासित ? बुर्किनाफासो भन्ने देशको नेपालीलाई उति वास्ता हुन्न भनेर चलाखी गरेको पक्कै होइन होला ? ‘संयोग हो’ भनेर नेताले ओंठे जवाफ दिएकै भरमा कार्यकर्ता, देशप्रेमी, राष्टवादीहरुले नपत्याउने हो की ? आफ्नो देशमा वर्षौं देखि चलको झण्डा बदल्नुपर्छ भन्ने । तर आफ्नै पार्टीको झण्डा बिदेशीकोसित मेल खाने ? यो कसरि सुहाउँछ ? संघिय समाजवादी पार्टीका नेता कार्यकर्ताले बेलैमा जवाफ दिए कसो होला ?





