अमेरिका पुगेका उध्योग मन्त्री ” हिन्दूहरुकालागि अर्को राष्ट्र बनाउने” भन्दै ब्रुक ब्रुक
आम नेपालीका दुख सुखमा साथ दिनु त कता कता । नेपालीलाई राहत दिनु त कहाँ हो कहाँ । परदेशको भूमी पुगेका उध्योग तथा बाणिज्य मन्त्री कर्णबहादुर थापाले अमेरिकामा बसेर दुखसुख ब्यहोरिरहेका नेपालीहरुको गुनासोपनि सुन्न अस्विकार गरेका छन् । त्यति मात्रै होइन, हिन्दूहरुका लागि अलग्गै राष्ट्र बनाउने भन्दै गैह्र जिम्मेवार जवाफपनि दिएका छन् । बिभिन्न दुख र कस्ट ब्यहोर्दै बिदेशी माटोमा नङ्रा खियाईरहेका अमेरिकाका केहि नेपालीले आफ्नो राष्ट्र प्रति चिन्ता ब्यक्त गर्दै माग प्रस्तुत गर्न खोजेका थिए ।
उनीहरुले नेपालमा हिन्दू धर्मलाई बिस्थापित गर्ने, अनेक प्रलोभनमा बिदेशीहरुले धर्म परिवर्तन गराउने गरेकाले त्यसलाइ अभिलम्ब रोक्नुपर्ने माग प्रधानमन्त्री समक्ष पुर्याउन खोजेका थिए । प्रधानमन्त्री समक्ष पेश गर्न खोजिएको माग उध्योग तथा वाणिज्य मन्त्री कर्णबहादुर थापा मार्फत पठाउन खोजेका थिए । तर मन्त्री थापा हिन्दू धर्म भन्ने सुन्नेबित्तिकै ब्रुक ब्रुक गर्दै नेपालीका माग सुन्नपनि अस्विकार गरे । यो घटना गत आइतवार अमेरिकाको टेक्ससमा भएको हो ।
आइतवार टेक्ससमा नेकपा एमाले समर्थित प्रवाशी नेपाली मञ्चले नेपाल फेस्टिवल कार्यक्रम आयोजना गरेको थियो । त्यहि कार्यक्रममा भाग लिन उध्योग तथा वाणिज्य मन्त्री कर्णबहादुर थापा पुगेका थिए । थापालाई हिन्दु जागरण नेपाल अमेरिकाले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ र नेपालमा धर्म परिवर्तनमा रोक लगाउनु पर्छ भन्ने भावनाको साथ ज्ञापन पत्र बुझाउन खोजेका थिए । हिन्दु जागरण नेपालको अन्तर्राष्ट्रिय संयोजक सबिता देवीले थापा मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउन खोज्दा थापाले अस्विकार गरेको सबिता देवीले बताईन् । ज्ञापनपत्र बुझ्न अस्विकार गरेपछि त्यहाँ भेला भएका नेपालीले सोधे “किन नबुझ्नु भएको हाम्रो ज्ञापनपत्र ?” थापाले जवाफ दिए “नेपाल धर्म निरपेक्ष नै ठिक छ । हामीलाइ जनताले धर्म निरपेक्षको लागि भोट दिएको हो । कुनै जनताको आवाज पनि हिन्दु राष्ट्रको लागि थिएन ।”
हिन्दू जागरण नेपालका समर्थकहरुले “जे भए पनि यो ज्ञापनपत्र नेपाल सरकारलाइ हजुरले बुझाउनु न” भन्दै थापालाई आग्रह गरेका थिए । त्यसमा थापाले जवाफ दिए “मेरो परिवार हिन्दु भएपनि मेरो हिन्दु धर्ममा आस्था छैन ।” हिन्दू जागरण नेपालकि संयोजक सबिता देवीसित कुराकानी गर्दै थापालाई भनिन् ” विश्वमा लगभग ५० भन्दा बढी मुस्लिम, ५० भन्दा बढी इसाई राष्ट्र छन् भने १०० करोड भन्दा बढी हिन्दु र त्यसमा पनि ८१ प्रतिशत भन्दा बढी हिन्दु भएको रास्ट्रलाइ हिन्दु रास्ट्र किन नहुने ? त्यसमा के आपत्ती भयो?” मन्त्री थापाले “अब हिन्दूहरुकालागि अर्को राष्ट्र बनाउने” भन्दै गैह्रजिम्मेवार जवाफ दिएका थिए । ज्ञापनपत्र बुझाउन गएका नेपालीहरुले भनेका छन् “उहाँको गैर जिम्मेवारी अभिव्यक्ति आएकोले हामी सम्पूर्ण हिन्दुहरुको मन दुखेको छ ।”
(यहि कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका थिए उध्योग तथा वाणिज्यमन्त्री थापा । उनको तस्विर सहित प्रचार गरिएको यो निमन्त्रणाको दाहिनेतिर हेर्नुस् उनको नाम)
सविता देवीले नेपालप्लससित भनिन् ‘देशको मन्त्री भएर नेपालीले राखेको माग लान्न, सुन्दिन भन्न मिल्छ र ? म अमेरिका बसेकाले सायद धेरै आशा गर्ने भएकि हुँला, न्युन स्तरको ठानेर मन्त्रीले जनताका आवाफलाई सुन्नै नचाहेको देखेर म त छक्क परेकि छु । जनताको कुरै नसुन्ने मन्त्रीपनि हुँदारहेछन् ।” उनीहरुको प्रश्न छ ‘माग पुरा नहुने भएपनि त ज्ञानपत्र लिन र माग सुन्न त सकिन्छ । नेपालीको मन्त्रीले नेपालीको भावनालाइ पनि कदर गर्न नसक्ने भए किन मन्त्रि बन्नु ?”
हिन्दूजागरण नेपालको फेसबूकमा अझ आक्रोश पोख्दै भनिएको छ “यी हाम्रा नेता हैनन् । हाम्रा नेता हाम्रो भावनालाई कदर गर्ने खालका हुन्छन । बरु बिदेशीले खटाएका हुन् भन्दा केहि फरक पर्दैन जस्तो लाग्छ ।” ज्ञापनपत्रमा ४३ जनाको नाम र हस्ताक्षर छ । उक्त ज्ञापनपत्र नेपालप्लस डटकमसित सुरक्षित छ ।
उध्योग तथा वाणिज्यमन्त्री कर्ण बहादुर थापा नेकपा एमाले नेता केपी ओलीका दाहिने हात हुन् । ओलीकै जोडबलले उनी उध्योग तथा वाणिज्य मन्त्री भएको बताइन्छ । आउँदो एमाले अधिबेशनमा अध्यक्ष पदका लागि भएको माधव नेपाल र केपी ओलीको प्रतिस्पर्धामा थापाले ओलीका पक्षमा दह्रो समर्थन गर्दै प्रचार गरेका छन् ।






