भारतीय चुनाव : थोरै नयाँ संकेत
● भरत दहाल
नेपालमा जस्तो कुनै एउटा दलको जितले देशको समग्र प्रणालिमा पूर्ण अराजकता तथा आकाश-पातालको परिवर्तन ल्याउने गरे जस्तो अनुमान भारतीय चुनाव परिणाममा कल्पना गर्नु युक्तिसंगत देखिंँदैन । यसले भारतको नेपाल नीतिमा पनि कुनै परिवर्तन ल्याउने संभावना छैन । भाजपाको सरकार बनेपछि नेपाल हिन्दु राष्ट्र बन्ने वा राजतआ आफ्नो राष्ट्रिय स्वार्थ र विश्व शक्ति सन्तुलनप्रति भारतको शासकवर्ग नेपालका शासकहरू जस्तो वैदेशीक दासत्वले किचिएर मर्न लागेको निम्छरो छैन।
तर भाजपाभित्र मोदीको उदयले भारतलार्इ अन्तर्राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनमा केहि नयाँपन दिन सक्ने संभावना छ । आडवाणी जस्तै मोदीकालिन भाजपा पनि राजनीतिक रूपमा पश्चिमी शक्तिहरूसंग निकट रहेको छ । तरआडवाणीका विपरित मोदीको आर्थिक विकासको चिन्तन चीनसंग सहकार्यमा जोड दिने बुझिन्छ। यसकोकारण पनि प्रष्ट छ कि छिमेकीसँगको सौदाबाजि र बजार जति सजिलो र नाफादायी हुन्छ, त्यो सात समुद्र पारीका देशहरूसंग हुँदैन । मोदी शासनकालमा गुजरातमा चीनको अत्यधिक आर्थिक लगानीले यस्तो संकेत दिर्इसकेको छ ।
तर राजनीतिक र आर्थिक रूपमा दुइ विपरित ध्रुवका शक्तिहरूसँग दुइ भिन्न प्रकारको संबन्ध बढाएर विश्व राजनीति एवं संयुक्त राष्ट्रसंघभित्र आ आफ्नो बार्गेनिङ शक्ति बढाउने र त्यसको सदुपयोग गरेर यूरो-अमेरीकि तथा सिनो-रूसी शिविरभन्दा भिन्न तेश्रो शिविर, जो क्षेत्रिय चरित्रको हुनेछ, खडा गर्ने प्रयासमा भाजपा अघि बढ्न सक्ने संभावना छ । अमेरीकि प्रभुत्वबाट उँभो लाग्न नसकेको जापान, भियतनाम, कम्बोडीया, लाओस, इण्डोनेशिया लगायत चीनसंग तनावको अवस्थामा रहेका केहि पूर्वी तथा उत्तरपूर्वी एशियाली देशहरू र केहि अफ्रीकि देशहरू यस्ता साझेदार हुन सक्दछन् । यसका लागि भारतले असंलग्न आन्दोलनको नेहरूकालिन विश्व संबन्धबाट पनि फाइदा उठाउन सक्दछ ।
बिन्दूकान्त घिमिरेको टिप्पणी
हिन्दुस्थानमा हिन्दुवादी पार्टीको पक्षमा लहर आउनु कुनै आश्चर्यको विषय नहुनु पर्ने हो । तर ८० प्रतिसत जनता हिन्दूरहेको मुलुकमा हिन्दुवादी पार्टीको पक्षमा आएको लहरले सबैलाई आश्चर्य चकित बनाई दिएको छ ।
भारतीय जनतापार्टी त्यस्तो पार्टी हो जसले महात्मा गान्धीका हत्यारा नाथुराम गौडसेलाई आप्म्नो आर्दश मान्छ । तर गान्धीको जन्मभूमि गुजरात मै नरेन्द्र मोदी लोकप्रिय छन् । गुजरातमा महात्मा गान्धीको विचार हारेको छ, नाथुराम गोडसेको विचारले जितेको छ । अब साह्रा हिन्दुस्थानमा नाथुरामको बिचारले जित्दैछ भन्ने चुनावी प्रक्ष्येपणका कारण साह्रा विश्व आश्चर्य चकित भएको छ ।
हिन्दुस्थानमा गान्धी हार्दैछन् र गोडसे जित्दैछन् भन्ने चर्चाले नेपालका राजावादीहरु विजेपीका कार्यकर्ता भन्दा पनि खुशी देखिएकाछन् । सुनिन्छ–‘पूर्वराजा ज्ञानेन्द्र शाहले समेत विजेपीका लागी अर्बौ रुपैंंया चुनाव खर्च हालिदिएका छन् ।’
हिन्दुराज्यको माग राजतन्त्र पूर्नवहालीका लागि हो भन्ने कुरा स्थापित गर्न कोसिश गरिँदै छ । राजतन्त्र पूर्नवहाली र हिन्दुराज्य स्थापनाको अभियान सँगसँगै जोड्ने षड्यन्त्रमा इसाईहरु सामेल छन् । यी दुई कुरालाई एकै ठाँउमा जोड्न सकियो भने भारतमा जस्तै नेपालमा पनि हिन्दुत्वको नारा आपाराधिक पृष्ठभुमीसँग जोडिनसक्छ भन्ने कुरा इसाईहरुले राम्रा्सँग बुझेकाछन् ।
(भारतीय निर्वाचनबारे मन परेर दहाल र घिमिरेको टिप्पणी राखेको हो । दहाल राजनितिक विश्लेषक र घिमिरे पत्रकार हुन्। दुबको टिप्पणी फेसबूकबाट लिएको हो -नेपालप्लस)




