फूटको आन्तरिक तयारी

prachanda-baburam-merge_20110108093231

माओवादीहरु ओरालो लाग्ने क्रम शान्ति संझौतापछिनै शुरु भएको थियो । उनीहरुको भड्किलो पारा, नितिहिन काम । सत्ताकालागि लोभ । झारपात, पतिंगर सबै क्रान्तिकारी पार्टीमा समाहित । भ्रस्टाचारी, बदनाम भएका, ज्यानमारासम्मलाई पार्टीमा स्वागत । संविधान सभाको पहिलो निर्वाचनसम्म पार्टी एक भएकाले माओवादी पहिलो दलकै रुपमा रह्यो । तर संविधान सभाको पहिलो निर्वाचनपछि ? एमाओवादी पुरै नितिहिन, गतिहिन बन्यो । पुरै सत्ता केन्द्रित रह्यो । भ्रस्टाचार, अनियमिततामा केन्द्रित भए धेरै नेता । कम्युनिष्ट पार्टी जस्तो नै रहेन माओवादी । जनयुद्दका मर्म र माग सबै त्यागे । राष्ट्रियतामै चुक्यो । बिदेशीसित सबै छोडेर झुक्यो । पार्टीमा आन्तरिक मनमुटाव र तानातान र बिबाद चरम भयो । गूट र उपगूट देखा परे । नाममा एक रहेपनि पार्टी आन्तरिक रुपमा फुटिसकेको थियो । बैध्य पक्षिय फुटेर त गए । अहिले प्रचण्ड र डा बाबुराम पक्षकाबिचमा फेरि फुट देखा परेको छ । यि दुई पक्षबिच फेरि अर्को पार्टी बन्ने तरखर देखा परेको छ । 

एमाओवादी धराशाही बन्दै छ भन्ने कुरा विश्लेशकहरुले धेरै अघिदेखिनै बताउँदै आएका हुन् । अशल, त्यागी कार्यकर्ता र नेता पाखा लागेपछि पार्टी धराशायी हुन्छ भन्ने निश्चित हो । तर संविधान सभाको दोस्रो निर्वाचनको परिणाम नआउन्जेलसम्म माओवादी नेत्रित्व त्यो यथार्थता स्विकार्न तयार भएन । निर्वाचनमा “अब ५० बर्ष माओवादीले राज्य गर्छ, सरकार चलाउँछ । माओवादीको बिकल्पनै छैन । प्रचण्ड राष्ट्रपती, बाबुराम प्रधानमन्त्री” भन्दै हिँडे । माओवादीको गैह्र कम्युनिष्ट आचरणले गर्दा पार्टी तेस्रो स्थानमा पुग्यो । पार्टीको हारका कारण के ? त्यो हारको मुख्य जिम्मेवारी कसले लिने ? यि विषयमा मतभेद गहिरिँदै गएको हो । अहिले शक्ति संघर्षको मतभेद छरालिएर जिल्ला जिल्लामा देखा परेको छ । एउटै पार्टीभित्र डा बाबुराम भट्टराई र प्रचण्ड पक्षले अलग अलग जिल्ला सम्मेलनहरु गरिरहेका छन् ।

भोलीदेखि नेकपा माओवादीको राष्ट्रिय सम्मेलन हुँदै छ । बाबुराम पक्षले राष्ट्रिय महाधिबेशन गर्न माग गर्दा गर्दा बल्ल बल्ल राष्ट्रिय सम्मेलन गर्न प्रचण्ड पक्ष राजी भयो । हो यहि मेसोमा कसले कसलाई पेल्ने भनेर दुई पक्ष लागिरहेका छन् । बाबुराम पक्षकाले धेरै जिल्लामा सम्मेलन बहिस्कार गरेका छन् । कि त आफ्नो पक्षको छुट्टै सम्मेलन गरेका छन् । पश्चिमका थुप्रै जिल्लामा हाकाहाकी समानान्तर समितिहरु बनाएका छन् । जहाँ जिल्ला सम्मेलन बहिस्कार भएको छैन । जहाँ सामनान्तर कमिटी हाकाहाकी घोषणा गरिएको छैन त्यहाँपनि आन्तरिक रुपमा आफ्नो पक्षको समितिहरु गठन गरिएको छ । कास्की, गोरखा, रुपन्देही, चितवन, मकवानपुर, ललितपुर, बर्दिया लगायत धेरै जिल्लामा डा बाबुराम भट्टराईको आन्तरिक कमिटी बनेको छ ।

सम्मेलनमा पहिलो शर्त बार्गेनिङको बनाउने योजना बाबुराम पक्षको छ । पार्टी कमजोर हुनु, फूटदेखि संविधान सभामा पराजयको कारण देखाउँदै प्रचण्डले राजिनामा दिनुपर्ने अडान बाबुराम पक्षको छ । प्रचण्ड पक्ष पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ भनिरहेका छन् । पार्टीभित्र ब्यापक हेरफेर गरिनुपर्ने बाबुराम पक्षको माग छ । पार्टी तत्कालै नफुटेपनि डा भट्टराई पक्षले आन्तरिक तयारि तिब्र पारेका छन् । ढिलो चाँडो पार्टी फुटाएर नयाँ पार्टी बनाउने तयार्मा उनीहरु लागेका छन् ।

निर्वाचनताकानै माओवादीभित्र फुट्नु पर्छ भन्ने मत तिब्र बनेको थियो । निर्वाचनसम्म लरखरिएर चल्यो । बिबाद ब्यापक बन्दै गयो । अब डा बाबुराम भट्टराई र प्रचण्ड पक्ष एकै ठाउँ, एउटै पार्टीमा अटाउन सक्ने अवस्थानै छैन । राजनितिक विश्लेषक भरत दहालले लेखेका छन् “यो गुटभित्र सम्मेलन अगाडि फूट्ने कि सम्मेलन पछि भन्ने मात्र विवाद चलिरहेको छ । तर अब फुट्नुपर्छ भन्ने कुरामा विवाद छैन ।” सम्मेलन अगाडि वा पछाडी कसरि फुट्दा उचित हुन्छ । लाभ कसरि हुन्छ । कसरि प्रचण्ड पक्षलाई अप्ठेरोमा पारेर आफूले फुटको औचित्य साबित गर्न सकिन्छ । लाभ लिन सकिन्छ । हो त्यहि हेरेर अलग हुन सक्छन् ।

भरत दहालको थप भनाई हेर्नुस्

मैले पहिलेदेखि भन्दै आएको थिएँ कि यसको नेतृत्वपंक्ति एउटा मिशनमा प्रयोग भएको हो र मिशनसंगै यसको विसर्जन पनि गरिन्छ । अब यो सत्य घटनाका रूपमा प्रकट हुन थालेको छ । फुटपछि पनि यो चल्ने छैन । फुटेका गुटहरूभित्र अर्कोफूट शुरू हुनेछ । यसका लागि त्यस्ता मानिसहरू तयार पारी सकिएका छन् । त्यहाँभित्र एक आपसमैं हानमार गरार्इनेछ । एउटाको हातबाट अर्काको हत्या गरार्इने संभावना पनि छ । यो खतराबाट जोगिन राम्रा मानिसहरू समयमैं सचेतता अपनाउन आवश्यक छ। यो अवस्था बाहिरका आलोचकहरूले होइन, भित्रकै गलत प्रवतिले सिर्जना गरेको हो भन्ने तथ्यलार्इ राम्रा मानिसहरूले मनन् गर्न जरूरी  छ ।

 

तपाइँको प्रतिक्रिया