उरुग्वेका प्रधानमन्त्रीलाई पछारे सुशिल कोइरालाले

NEPAL001

कसले भन्छ नेपाल कमजोर । नेपाल नराम्रो । हाम्रा नेता खत्तम र कमजोर ? कम छैनन् हाम्रा नेतापनि । नपत्याए सुशिल कोइरालालाई हेर्नुस् । उनले विश्वका शक्तिशाली नेतासित राजनितिक टक्कर लिने उरुग्वेका प्रधानमन्त्रीलाई टक्कर दिएर चर्चित बनेका छन् । त्यो चर्चा भने को गरिव नेता बन्ने भन्ने हो । विश्वका सबैभन्दा गरिव नेता भनेर चिनिएका उरुग्वेका प्रधानमन्त्री जोसे मुजिकालाई हराएर सुशिल कोइरालाले त्यो ठाउँ लिएको अहिले फ्रान्समा चर्चा छ । 

गिरिजा कोइराला भन्दा यि लद्दु छन् । भुत्ते छन् । निर्णय क्षमता छैन । सैद्दान्तिक क्षमता कम छन् । कांग्रेस भित्रैबाट यस्ता अनेक आरोप लगाइन्छ प्रधानमन्त्री सुशिल कोइरालालाई । तर यिनै सुशिल कोइरालाको अहिले फ्रान्सेलीहरुबिचमा भने निकै चर्चा छ । नेपाललाई जान्ने बुझ्ने, राजनितिक परिस्थितिको हेक्का राख्ने फ्रान्सेलीबिच नेपालको कुरो हुनासाथ प्रधानमन्त्री सुशिल कोइरालाको प्रसंग आइहाल्छ । फ्रान्सेली केहि पत्रपत्रिकालेपनि सुशिलको चर्चा गर्ने गरेका छन् । ‘विश्वकै सबैभन्दा गरिव प्रधानमन्त्री नेपालका ।’ यसो भन्ने गर्छन् फ्रान्सेलीहरु । यो तस्विरपनि फ्रान्सेली पत्रीकामै प्रकाशित हो ।

‘जोसे मुजिकाले विश्वकै गरिव प्रधानमनमन्त्रीका रुपमा पाएको दर्जा गुमाए, नेपालका प्रधानमन्त्री कोइरालाले लिए त्यो ठाउँ’ पत्रीकाहरुमा उल्लेख गर्ने गरेका छन् । फ्रान्सेलीहरुबिचपनि यस्तै चर्चा हुन्छ । गत साता म नेपालका बारेमा सबैभन्दा बढि जानकारि राख्ने भनेर चिनिएकी फ्रान्सेली बेर्नादेत भासोलाई भेट्न गएको थिएँ । नेपालका विविध पाटामा कुराकानी हुँदा उनलेपनि त्यहि सुनाएकि थिईन । ‘सुशिल कोइराला सफल, एकदम तगडा प्रधानमन्त्री नहोलान् तर उनी लोभलालच भएका प्रधानमन्त्री होइनन् । महँगा गाडी, विशाल बंगालो र सम्पत्ती जोड्ने, भ्रस्टाचार गर्ने प्रधानमन्त्री होइनन् । योनै नेपालकालागि सकारात्मक पक्ष हो ।’

धेरै फ्रान्सेलीका आँखामा सुशिलका काका गिरिजा खत्तम प्रधानमन्त्री र नेता हुन् । नातापातालाई पदमा लाने । भ्रस्टाचार बढाउने, राजनितिक वातावरण धमिल्याउने र आफू जसरिपनि पदमा जाने नेता हुन् । तर सुशिल कोइरालालाई भने फ्रान्सेलीहरुले ति अवगुणबाट अलग राखेर चर्चा गर्छन् । भासोले भनिन् ‘सुशिल अलि बुढा भए, युवाहरु आउनु पर्छ नेत्रित्व लिन । तर सुशिलको ब्यक्तिगत निस्वार्थी भावना सराहनिय छ, गिरिजाले जस्तो नकाम गरेका छैनन् ।’

गएको शुक्रवार म फेरि आभिन्यों गएँ । त्यहाँपनि केहि उपन्यासकार, चित्रकार र लेखकहरुसित भेट भयो । तिनलेपनि सुशिल कोइरालाकै चर्चा गरे । उपन्यासकार ओल्गाले भनिन् ‘नेपालमा विश्वकै गरिव प्रधानमन्त्री बनेछन् । यो एकदम राम्रो हो । आफ्ना निजि स्वार्थ नराख्ने मानिसमा केहि गरौं, भ्रस्टहरुलाई नछानौं भन्ने चाहना हुन्छ । तर एक्लो प्रधानमन्त्रीले केहि गर्न सक्ने होइन, उनको टोलीका अरुपनि त्यस्तै निस्वार्थी हुनुपर्छ, उनले निस्वार्थीहरुलाई छान्न सक्नुपर्छ ।’ उनी गरिव प्रधानमन्त्री भएकोले उनको कालमा कम आर्थिक अनियमितता हुने विश्वास उनीहरुमा देखिन्छ ।

तपाइँको प्रतिक्रिया