प्रधानमन्त्रीका आँखा फुटेका छन् भने पढ्न लगाएर सन्धि सुन
● भरत दहाल
सुगैाली-सन्धिलार्इ आधार मानि सन् १८६० मा नेपाल र भारतका बीचमा भएको अन्तिम सिमा सन्धि अनुसार सन् १९६४ मा तयार पारिएको नक्सामा महाकालि नदि यताको सम्पूर्ण भूभागलार्इ नेपाल भनिएको छ । यसैका आधारमा ३ दशक अगाडिसम्म महाकालि नदिको शारदा ब्यारेजको पश्चिम छेउमा नेपालको झण्डा फहरार्इरहेको थियो ।
त्यस यता भारतले शारदा ब्यारेजभन्दा २ किमी पूर्वसम्म सिमाना मिचेर आफ्नो भूभाग भनि दाबि गर्दै आएको हो । त्यसले आफ्नो भनि दाबि गरेको नेपाली भूभागभित्र गढ्ढा चैाकि, ब्रम्हदेव मण्डी र त्यसदेखि उत्तर-पूर्वको सबै खयरको जंगल पर्दछ । यो सम्पूर्ण भूभागलार्इ टनकपुर भनिन्छ। गिरीजा कोइरालाले असंवैधानिक रूपमा सन्धि गरेपछि भारतले यो क्षेत्रलार्इ खुला रूपमा आफ्नो भनि दाबि गर्ने ठाउँ पाएको हो ।
महामहिम सुशिल कोइराला ! जीवनभरि कोइराला खलकको भान्से मात्र भएर अध्ययन गर्न नपार्इ समय गुजारेका हैा भने एक पटक इतिहास पढ । सिंहदरबारमा फोटो टाँस्ने आकांक्षा मात्र थियो भने बाबुरामको लाइनमा बस । आँखा छैनन् भने अर्कालार्इ पढ्न लगाएर सन्धि सुन। पाशविकताभन्दा माथि उठेका छैा भने अरू बकबास गर्नुभन्दा पहिले महाकालि सन्धिका बारेमा संसदले पारित गरेको संकल्प प्रस्ताव लागु गर । नेपाली हैा भने पराइको …….. मल्ने होइन, कालापानी र सुस्ताको नक्सा छुट्टयाउ ।
याद राख र नेपालीहरूले व्यक्त गरिरहेका प्रतिकृयाहरू पढ । यहाँ आकाश र जमिन कतैपनि जरा नभएका ऐंजेरूहरू धेरै पलाए र सुकेर गए । नेपालीहरू अब त्यस्ता गँवार छैनन्, जस्तो तिमीले सोंचिरहेका छैा । फरक यत्ति हो कि तिमीलार्इ सत्ताको उन्मादले पोलिरहेको होला, नेपालीहरूले नैतिक बललार्इ भैातिक शक्तिमा बदल्ने अभ्यास गरिरहेका छन्। तिम्रा वरिपरिका गुप्चर सल्लाहकारहरू अन्ततः तिम्रो पतनको कारण बन्नेछन् ।
(दहालको फेसबूकबाट)




