युरोपेली चासो : प्रचण्ड भन्दा ‘बैध्य बा’को किन ?
कुनै बेला प्रचण्ड भनेपछि रहस्यमय लाग्थे । बिदेशीलाईपनि । प्रचण्ड विश्वकै कम्युनिष्टकालागि मात्रै होइन पूँजीवादीकालागिपनि निकै चासो, चाख र रहस्यका पात्र थिए । उनको त्यो तौल अहिले सुकेर अन्यत्रै पुगिसकेको छ । त्यसको उदाहरण गत साल बेल्जियम आउँदापनि देखियो । प्रचण्ड आफ्नो पार्टी निकट जनप्रगतिशिल मञ्च, बेल्जियमले आयोजना गरेको वार्षिक अधिबेशनमा आए । प्रचारप्रसार निकै गरिएको थियो । तैपनि युरोपेलीले उति चासो दिएनन् । यताका अन्य कम्युनिष्ट पार्टी जसलाइ उनीहरु भाईचारा भन्छन् । तिनलेपनि उति चासो दिएनन् । मोर्चाको कार्यक्रममै धेरै बिदेशी गएनन् । प्रचण्डको पार्टीको अधिकांश पाटा सार्वजनिकपनि भैसके । नयाँ, नौलो र चासो राख्नुपर्ने विषय नबहेरपनि कम महत्व दिएका होलान् ।
तर मोहन बैध्य ‘किरण’ आजै बेल्जियमको विमनस्थलमा उत्रिए । भोली उनी मुख्य अतिथि हुने जनप्रगतिशिल मोर्चाको वार्षिक सबहमा थुप्रै देशका प्रतिनिधीहरु सहभागि हुन लागेको नेपालप्लसको स्रोतले दिएको छ । मोहन बैध्य र उनैका पार्टीका अर्का नेता देव गुरुङ आजै बेल्जियम उत्रिएका हुन् । यो कार्यक्रममा बेल्जियम, फ्रान्स, नर्वे, स्वीडेन, इटली, नेडरल्याण्ड, स्पेन, जर्मनी, टर्की लगायत दर्जन भन्दा बढि देशका प्रतिनिधी उपस्थित हुन लागेका छन् । मोहन बैध्यले के भन्छन् भनेर बुझ्नकालागि उनले नेपालीमा बोल्दा सिधा अंग्रेजीमा अनुवाद हुने ब्यवस्था त्यहाँका बेल्जिक नागरिक, पत्रकारलेनै गर्न खोजेका थिए ।
माओवादी फुटेपछि जनयुद्दका मर्ममाथि धोका भयो भन्दै ड्यास माओवादी गठन गरेर अध्यक्ष बनेका बैध्य रहस्मय पात्र जस्ता छन् । धेरि नबोल्ने, मेडियामा उति प्रचार नगर्ने हुनाले बास्तवमा नेकपा-माओवादीले गर्न खोजेको के हो ? भन्नेनै धेरैलाइ खुल्दुली छ । उनको पार्टीको कार्यदिशा राम्रोसित बुझ्न धेरै बिदेशीले चाहेका हुन सक्छन् ।
नेपाल संघियताम जाने भनिन्छ । कस्तो संघियता ? कति प्रदेश ? ड्यास माओवादीले खिजेको संघियता कस्तो हो ? संघियता र पहिचानको मुद्दा राम्रोसित ब्याख्या गर्ने सक्ने भनिएकाले देव गुरुङलाई अर्को पाटोमा महत्व दिईएको हुन सक्छ । कति चासो दिए, कस्तो दिए भोलीको कार्यक्रमले सायद देखाउला ।




