किन आउन लागे ड्यास माओवादीका नेता हुर्रिँदै युरोप ?
कि त भारत । कि त चिन । यिनै दुई मुलुक गएको सुनिन्थ्यो माओवादीका नेता । अझ मोहन बैध्य त झन घुमेको सुनिँदैन । भारत पानी पधेँरो भएपनि चिनको भ्रमण समेत कुनै निम्तामा बिरलै सुनिएको हो । उनी यसैपनि घुम्न हतारिने नेतामा पर्दैनन् । तर यो पटक नेकपा-माओवादी (ड्यास माओवादी) का अध्यक्ष मोहन बैध्य युरोप हानिँदै छन् । फागून एकका दिन जनयुद्द दिवशको उपलक्ष्यमा काठमाडौंको खुला मञ्चमा संबोधन गर्नासाथ त्यहिँ बाट हुर्रिएर युरोप आउने बिमानमा चढ्दै छन् उनी । उनी आफू मात्रै होइन, आफ्नै पार्टीका अर्का खरा नेता देव गुरुङलाई पनि सँगै लिएर आउन लागेका हुन् ।
फर्वरी १४ अर्थात् फागुन १ का दिन खुला मञ्चमा जनयुद्द दिवशलाई सम्बोधन गरेर उनी सिधै बिमानस्थल युरोप लाग्छन् । बेल्जियममा १६ तारिखका दिन जनप्रगतिशिल मोर्चाले कार्यक्रम राखेको छ । यो कार्यक्रम पनि जनयुद्द दिवशकै अवशर पारेर राखिएको मोर्चाका अध्यक्ष प्रेम पाठकले जानकारि दिएका हुन् । बैध्य यहि कार्यक्रमकालागि हानिन लागेका हुन् । कार्यक्रम यस्तो हुन्छ भनेर मुख नखोलेपनि यो कार्यक्रम विशेष बनाउन खोजेको बुझिएको छ । नेपालमा संविधान सभावाट निकास निस्कंदैन भनेर अलग राजनैतिक धार स्थापित गरेको र छुट्टै एजेण्डाहरु वोकेको पार्टीका अध्यक्ष नै आउने हुनालेपनि मोर्चावालाहरुले यसलाई विशेष बनाउन खोजेको बुझिएको छ ।
यहि मेसोमा उनीहरुले करिब ८० पेजको मुखपत्रपनि प्रकाशित गर्दै छन् । प्रगतिशिल आवाज नाम राखेका छन् । त्यसमा मोहन बैध्य ‘किरण’, नेत्र बिक्रम चन्द ‘बिप्लब’ र देव गुरुङ लगायत भाईचारा पार्टीका केहि नेताको अंग्रेजीमा लेखहरु छन् । त्यसको बिमोचनपनि बैध्यका हातबाट गराउने योजना मोर्चाको छ ।
राष्ट्रियता र जनतन्त्रका मुद्दा उठाउँदै आएका संगठन सित राजनितिक छलफल गर्ने उनको योजना छ । नेकपा माओवादीको फुटपछि जनयुद्दको धार अवलम्बन गर्दै बनेको ड्यास माओवादीका अध्यक्ष उनी । त्यत्रो पार्टीको अध्यक्ष बेल्जियम र यताका केहि देशका आफू निकटका पदाधिकारी, यताका नेपालीसित छलफल गर्नैकालागि मात्रै युरोप आएका होलान् त ? धेरैलाई युरोपमा ठूलै योजना, अन्य पार्टी, देशका प्रतिनिधीसित विशेष भेटघाट र योजना लिएर आएका पो हुन् कि ? शंका स्वभाविक लागिहाल्छ ।
तर जनप्रतिशिल मोर्चा, बेल्जियमका अध्यक्ष प्रेम पाठक त्यस्तो विशेष योजना र भेटघाटको अस्विकार गर्छन् । भन्छन् ‘उहाँको भ्रमण जनप्रगतिशिल मोर्चा बेल्जियमको वार्षिय सम्मेलन र युरोपका राष्ट्रियता र जनतन्त्रका मुद्दा उठाउँदै आएका संगठनमा छलफलका लागि हो । त्यसबाहेक उहाँले मिलेसम्म युरोपका केहि मुलुकको आर्थिक सामाजिक संरचना, भौतिक रचना र आधुनिक प्रबिधीको अवलोकन गर्नुहुन्छ, त्यो भन्दा बढि केहि छैन ।’ आइफल टावर र अरु युरोपका संरचना हेर्ने उनको योजना छ । युरोप आएका हरेक कम्युनिष्ट नेता कार्लमार्क्सको जनस्थल नहेरि फर्कन्नन् । त्यसैले बैध्य बालाईपनि त्यो नहेराई फर्काउने कुरो भएन । जनप्रगतिशिल मोर्चाको कार्यक्रमका प्रमुख अतिथि त हुनेनै भए । जनजाति सरोकार मञ्चले गर्ने छ्लफलमा सहभागि होलान् । किनभने जनजाति सरोकार मञ्चलेपनि संघियता, पहिचानका विषयमा कार्यक्रम गर्न लागेको बुझिएको छ । उनी बर्लिनको पर्खाल, रोम र स्विजरल्याण्ड जान सक्ने संभावना रहेको पाठकले जानकारि दिए । ईटाली, नर्बे, स्विडेन, ग्रिस, टर्की, नेदरल्याण्ड, बेल्जियम, ईरान, अफ्गानिस्तान लगायत करिब दश देशका भाईचारा संगठनका प्रतिनिधीहरुलेपनि मोर्चाको सम्मेलनमा भाग लिने बताइएको छ ।
त्यसो त उनको भ्रमण मूल रुपमा राजनितिक नितिमा केन्द्रित छ । किनभने जनयुद्द पछि माओवादी शान्ति सम्झौतामा आयो । अन्तत : प्रचण्ड पक्षहरुले जनयुद्दको मर्म भुलेको, जनयुद्दले स्थापित गरेका मान्यताहरुमा धोका दिएर हिँडेको भन्दै ड्यास माओवादी बन्यो । त्यसको असर प्रवाशमापनि पर्नु स्वभाबिकै हो । माओवादी फुट्नु अघि बेल्जियम र युरोपका अन्य मुलुकमा जनप्रगतिशिल मञ्च थियो । जनयुद्दको मुद्दामा समर्थन गर्ने । जब माओवादी टुक्रियो । बैध्य पक्षले क्यास माओवादीलाई जनयुद्दको लाईन छोडेर संसदिय भासमा डुबेको आरोप लगाए । तब युरोपमा जनयुद्दको लाईनलाई समर्थन गर्दै जनप्रगतिशिल मोर्चा बन्यो । मूलत बेल्जियममा ।
निति ठूलो हो । संख्या ठूलो होइन । जे गर्छ नितिले निर्देश गर्छ राजनितिलाई । सहि बिचार र लाइनलाई । त्यसैले संख्या जति ठूलो भएपनि निति र बिचार सहि छैन भने त्यो पराजित हुन्छ । यसो भन्दै आएका छन् जनप्रगतिशिल मोर्चावालाले । तरपनि संगठन त कार्यकर्ता नभै हुन्न । साथ र समर्थन नभै संगठन चलाउन सकिन्न । त्यसैले युरोपमा कसको निति सहि । कुन ठिक भन्ने विषयमा केहि कार्यकर्ता अल्मलिएका पनि छन् । धेरै पटक क्यास माओवादीका एकतर्फी कुरा सुनेका कार्यकर्ताले ड्यास माओवादीकै नेताबाट बास्तविक कुरा बुझ्न चाहेकापनि पक्कै होलान् । क्यास माओवादीकै कतिपय कार्यकर्तालेपनि बैध्यका राजनितिक कुरा सुनेर स्पष्ठ हुन चाहेको बताइएको छ ।
मोर्चावालालाईपनि हामीपनि केहि हौं भन्ने देखाउनुपर्छ नै । राजनितिक रुपमा नबुझिएका कुरापनि स्पष्ठ हुने अवशर होला यो । जनप्रगतिल मञ्चवालाले मोर्चावालाहरु केहि हैनन्, तिनमा कोहि छैन भनेकाले पनि आफ्नो अस्तित्व सिद्द गर्नु पर्छ यो पटक मोर्चा वालाले । त्यसैले जनप्रगतिशिल मोर्चाकालागि फर्वरी १६ का दिन हुन लागेको साधारण सभा ईज्जत र प्रतिष्ठासित राम्रोसित जोडिएको छ । त्यसैलेपनि मोर्चाले यसमा बैध्य बालाई निम्त्याएको हो । मोर्चाको यो अधिबेशनमा यदि राम्रो उपस्स्थिति रह्यो भने माओवादीको फुटपछि मोर्चाको निति सहि साबित हुन सक्छ । गिरेको अवस्थामा यिपनि मुखले ट्याउँ ट्याउँ गर्छन् । आदर्शका खोक्रा गफ मात्रै हाँक्छन् तर पत्याउने कोहि रहेनछ भनेर साबित हुने छ । त्यसैले मोर्चाको अस्तित्वकालागि यो कार्यक्रमले धेरै अर्थ राख्छ ।
प्रवाशमा रहेको संगठन । किन कोहि ड्यासको पछि लाग्छ ? कोहि क्यास माओवादीको पछि लाग्छ ? ‘तपाइहरुले प्रवाशमा बसेरपनि किन ड्यास माओवादीको भात्रि संगठन बन्नु पर्यो ?’ जवाफमा प्रेम पाठक भन्छन् ‘त्यो पुरै गलत हो । हामी कुनैपनि पार्टीको भात्री संगठन होइनौं । हिजो जनयुद्दले उठाएका मागहरु बोकुन्जेल त्यसमा सहमती जनायौं । पार्टी फुटपछि जनयुद्दले अगाडि सारेका जनताका वास्तविक माग पुरा नभएको अवस्थामा यि मुद्दा जसले बोक्छ त्यसैलाई समर्थन मात्रै जनाएका हौं । जन आन्दोलनमा राजतन्त्र फाल्ने सहमती गर्दा त माओवादी, कांग्रेस र एमालेपनि मिलेको हो, हामीले त्यो बेलापनि समर्थन गरेका हौं नी । त्यसैले मुद्दा जसले सहि बोक्छ त्यो बेलासम्म त्यहि पार्टीलाई हाम्रो समर्थन रहन्छ ।’
उसो भए एउटै पार्टीका अर्का नेता देव गुरुङ किन आए त ? अन्तर्राष्ट्रिय बिभाग प्रमुख सिपी गजुरेल नआएर ? हिजो देखि जनयुद्दले उठाएका जनजातिका मुद्दा, पहिचानको मुद्दालाइ वर्गिय मुद्दासित जोड्ने, जातिय मात्रै होइन, जातिय पहिचान र वर्गको मुद्द्दा जोड्न लागेको छ ड्यास माओवादी । ति विषयमा युरोपका नेपालीमा केहि भ्रम रहेको । केहि जिज्ञासा र कौतुहलता रहेको । त्यसमा स्पष्ठ हुन चाहेको मूल्यांकन जनप्रतिशिल मोर्चाले गरेको जानकारि प्रेम पाठकले दिए ।
आदिबासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक र पिछडा वर्गका मुद्दालाई स्थापित गर्न लागेको पार्टीका नेता देव गुरुङ नेपालमा पहिचानको मुद्दा ब्याख्या गर्न सक्ने प्रभावशाली नेता हुन् । जातिय मुद्दा समाधानकालागि वर्गिय मुद्दा को समाधानबिना संभव छैन । ‘वर्गिय मुद्दासित जनजातिका मुद्दा र पहिचानलाई राम्रोसित ब्याख्या गर्न सक्ने एक जना प्रखर नेता भनेकै अहिले देव गुरुङ हुन् । त्यहि छलफल गराउनकालागि देव गुरुङ आउन लागेका हुन्’ प्रेम पाठकले भने ।





