दुई खलनायकको सक्कली रुप

baburam-prachand-chiyarsधेरैले हेरिसक्नु भएको होला यो तस्विर । तस्विरमा मुख्य गरि दुई खलनायकहरु । पुष्प कमल दहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराई । पत्रकार किशोर श्रेष्ठको फेसबूकबाट सार्वजनिक गरिएको तस्विर । मधेशी मोर्चासँग मध्यरातको सहमतिपछि प्रचण्ड-बाबुरामको चियर्स ! सँगै जन आन्दोलनमा लागेका दलहरुलाइ पन्छाएर सत्ताका लागि गरिएको गद्दारी । आफैंले राष्ट्रिय हितका वैरी, बिदेशीका दलाल भनेर घोषणा गरेका मधेशी दलहरुसितको गोप्य सहमती ।

तस्विरमा जेपी गुप्ता, जो भ्रस्टारी सिद्द भएर जेल बसे । राजेन्द्र महतो जो हाकै ‘हाम्रो हार भारतको हार’ भनेर राष्ट्रिय गद्दारी गर्छन् । जो सधैं आफ्नो देशको हैन भारतको हितमा बोल्छन्, काम गर्छन् । भ्रस्टाचारमा लिप्त छन् । बिजय कुमार जो देशका एक कलंक जस्तै हुन् । तिसित प्राजानत्रिक दलहरुलाई पाखा लगाउँदै रातरात सहमती गरेका रहेछन् । देशमाथि गद्दारी गर्न सफल भएपछि ति गद्दारी गर्नेहरुसित खुशियालीमा जाँडको चियर्स गर्दै । 

prachanda

(खलनायक बन्नु पहिले जनयुद्दका बेला त प्रचण्ड यसरि गाउँका झुपडीमा आश्वासन बाँड्दै बस्दा रहेछन्। धर्के सर्टमा प्रचण्ड)

राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र यस्तै अनेक गुलियो नारामा यि दुई खलनायकले जनताका छोरा छोरीलाई बन्दूक बोक्न लगाए । मधेशमा आन्दोलन गरे । मधेशी दलहरुलाई राष्ट्रियता बिरोधी घोषणा गर्दै आन्दोलनमा होमे । यिनै मधेशी दलले माओवादीका धेरै सोजहसाझा कार्यकर्ताको ज्यान लिए । तर तिनै राष्ट्रियता बिरोधीहरुसित मध्य रातमा लुकि लुकि यसरि खुशि मनाएका रहेछन् । सहि खलनायक र गद्दरहरु त अब यि पो देखिए ।

अझैपनि माओवादीमा अशल कार्यकर्ताहरु छन् । सबै नेता खराब र यस्तै खलनायक पक्कै छैनन्  । तर तिनले अब आफ्ना खलनायकहरुमाथि औंलो उठाउने बेला भएन र ? खलनायकहरुका राष्ट्रघाती कामको बिरोध गर्ने बेला भएन र ? के यस्तै खलनायकहरुको राष्ट्रघाती काममा सहि गरेर, चुपचाप बसेर राष्ट्रको हित हुन्छ ? जनताका छोराछोरीको रगत यसैका लागि थियो ? बोल ए माओवादी कार्यकर्ता हो !

तपाइँको प्रतिक्रिया