माओवादी झुठको अर्को पर्दाफास

दिनेश पोख्रेल / बेलायत

maoist-election-flagएकिक्रित नेकपा माओवादीले कसरि जनतालाई ढाँटेको रहेछ । प्रवाशमा रहेका नेपालीलाई कसरि गुमराहमा पर्दै साखुल्ले, प्रिय बन्न खोजेको रहेछ । कसरि प्रवासी नेपालीको अधिकारका पक्षमा बोलेझैं गरेर समर्थन बटुल्न खोजेको रहेछ भन्ने अर्को झुठको पर्दफास भएको छ । प्रवासमा रहेका नेपालीका पक्षमा सबैभन्दा बढि आवाज उठाएको, संविघानमा ब्यवस्था गर्न आफ्नो दस्ताबेज मार्फतनै लिखित रुपमा सहमती गरेको दाबी गर्दै आएको थियो माओवादीले । तर त्यो झुठो रहेछ । आफ्नो दस्ताबेजमा गैह्र आवाशिय नेपालीहरुलाई द्वैध नागरिकता दिने भनेर चर्को आवाज उठाएझैं गरेको थियो । भाषणबाजी गरेको थियो माओवादीले । तर त्यो झुठो रहेको दाबी एकिक्रित नेकपा मावादीका नेताले पर्दाफास गरिदिएका छन् । 

गैह्र आवाशिय नेपालीलाई तान्न । मिठ्याउन । गुलियो च्टाउन । आश्वाशन अबँडेर आफूतिर तान्न एकिक्रित नेकपा माओवादीले आफ्नो चुनावी प्रतिबद्दतापत्रको पेज १८ मा यस्तो बह्नेको थियो “गैरआवासीय नेपालीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिइने छ ।  नेपाली श्रमिकहरुको संख्या ठूलो भएका देशहरुमा अनिवार्य रुपमा श्रम सहचारीको व्यवस्था गरिने छ । नेपाली दूतावास र नियोगहरुलाई आर्थिक कुटनीतिको क्षेत्रमा विशेष सक्रिय गराइने छ । विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपालका राष्ट्रिय महत्वका निर्वाचनमा मतदानको व्यवस्था गरिने छ ।”

एकिक्रित नेकपा माओवादीका नेता बिदेश आएर गैह्र आवाशिय नेपालीका लागि सबैभन्दा बढि आवाज उठाउने । लड्ने । गैह्र आवाशिय नेपालीको अधिकारकालागि दत्तचित्त पार्टी आफ्नो भएको दाबी गरे । धेरै पटक । एक पटकको नेपाली सधैंको नेपाली । बिदेशका नेपालीलाइ नागरिकता दिनुपर्छ भन्दै भाषण ठोके । ताली बजाए । तर भित्र भित्रै भने पहिलो संविधान सभामै गैह्र आवाशिय नेपालीलाई दोहोरो नागरिकता नदिने सहमती गरेका रहेछन् ।

त्यो झुठको पर्दाफास एकिक्रित नेकपा एमालेका नेता भिम रावलले गरेका हुन् ।  बेलायत आएका उनले त्यो गोप्यता खोलिदिए । गैह्र आवाशिय नेपालीलाई दोहोरो नागरिकता नदिने निर्णय पहिलो संविधान सभामै भएको । त्यो सहमती सबै राजनितिक दलले गरेको भेद उनले खोलिदिए । प्रवासी नेपाली मन्च बेलायतको तेस्रो राष्ट्रिय अधिबेसनमा प्रमुख अतिथी बन्न आएका बेला केहि त बोल्नै पर्यो । किनकि त्यहाँका नेपालीले दोहोरो नागरिकताका बारेमा कुरो उठाए । जिज्ञासा राखे । अनि आइतवार मञ्चको तेस्रो अधिबेशनमा बोल्दाबोल्दै उनले त्यो झुठको पर्दाफास गरिदिए । त्यो मञ्च नेकपा एमालेको बेलायतको भात्रि संगठन हो ।

“विदेशमा बस्ने सबै नेपालीहरुलाई स्वतन्त्र रुपमा नेपालको भ्रमण गर्न पाउने ब्यवस्था गरिन्छ । नेपालमा लगानी र सम्पति आर्जन गर्न पाउने लगायतका अधिकार प्रदान गर्ने सहमती भएको छ । विशेष परिचयपत्रको व्यवस्था गर्न समेत पहिलो संविधानसभामा सहमति भइसकेको छ । तर गैरआवासीय नेपालीहरुले मागेको दोहोरो नागरिकता भने पहिलो संविधान सभाबाटै नदिने सहमति भएको हो” रावलले भने । त्यति मात्रै हो र ? नेपालका नेता बिदेश आएर नेपालीसित झुठो आश्वासन दिने । नहुने आश्वासन बाँड्ने । झुटो बोल्ने गरेकोपनि खोलिदिए । भने “नेपालका राजनीतिक दल र तीनका नेताहरुले विदेशमा आएर दोहोरो नागरिकताको पक्षमा भाषण गरेर सबैलाई भ्रम छर्ने काम गर्छन् । नेपालमा गएर त्यसको विपक्षमा सहमति गर्छन् । यता दोहोरो नागरिकता दिनै पर्छ भन्छन् । उता नेपालमा गएर फेरि दिनै हुन्न भन्छन् । नेताहरुको चरित्र यस्तै दोहोरो खालको भएर त देश यसो संक्र्मणकालमै रहेको हो नी ।”

भिम रावलले खोलेको यो पर्दाफास कति सत्य हो ? कति असत्य हो ? यदि माओवादीले दोहोरो नागरिकता दिने सहमती गरेकोहो भने उसले मुख खोलोस् । भिम रावललाई चुनौति देओस् । हाम्रा नेता झुठो बोल्न निपूँण छन् । भिम रावलपनि निपूँणनै हुन् झुठो बोल्न । उनले गरेको यो दाबी सत्य हो वा हैन अब माओवादीले मुख खोल्नुपर्छ । अन्यथा माओवादीले प्रवाशका नेपालीलाई ठगेको, जुठो बोलेको, गुमराहमा पारेको साबित हुने छ ।

एउटा कुरा चाहिँ के सत्य हो भने हाम्रा नेता भारतीय शासक वर्गको दलाली गर्छन् । गरेका छन् । माओवादी । एमाले । कांग्रेस वा राप्रपा । जोजो सरकारमा जान्छन् वा सरकारमा जान मुठ मिठ्याउँछन् तिनले नेपालीलाई दोहोरो नागरिकता दिन चाहेका छैनन् । किनभने भारतीयको चाहना र नेपाली नेतालाई दबाब अनि निर्देशन् छ ‘नेपालाई नागरिक नदेउ । नेपालमा नेपालीको जनसंख्या घटाउ र भारतीयको बढाउ । नेपालीलाई अनेक भाँजो हालेर नागरिकता नदेउ तर भारतीयलाई सहज तरिकाले देउ ।” हो यहि आदेश, मन्त्र पालना गरेका हुन् नेपाली नेताहरुले ।

तपाइँको प्रतिक्रिया