समानुपातिक सभासदको नाम छान्दा तिन गूटको मारमुंग्री
नेकपा माओवादीले २६ सिट मात्रै जित्यो । संविधान सभाको गत निर्वाचनमा । यो सिट प्रत्यक्ष तर्फको हो । समानुपातिकमा भने ५४ सिट जितेको छ । हो, ति सिट छान्नकालागि माओवादीबिच लामो समयदेखि बिबाद परेको थियो । उनीहरुले समानुपातिक सभासद छान्न नसक्दा पटक पटक निर्वाचन आयोगसित समय मागेका थिए ।
आज फेरि ति पद छान्न माओवादीको केन्द्रिय समितिको बैठकमा आज तिन शिर्ष नेताबिच मारमुंग्री परेको छ । पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच आआफ्ना पक्षका सभासद छान्न मारमुंग्री गरेका हुन् ।
निर्वाचन आयोगले समानुपातिक सभसदको नामावली बुझाउने म्याद अब निर्वाचन आयोगले नथप्ने भएपछि सोमबार माओवादी केन्द्रिय समितिको बैठक बसेको थियो। ति सबहसद छान्नकालागि । तर त्यहि बैठकमा मुख्य तिन नेताले यसरि बिबाद गरे । ५४ जना सभासद छान्नुपर्नेमा प्रचण्डले आफ्ना पक्षका अधिकांश सभासद छान्न खोजेपछि बिबाद बढेको बाबुराम र नारायणकाजीको आरोप छ । उता प्रचण्ड पक्षले भने त्यसको खण्डन गरेको छ । भट्टराई र श्रेष्ठले न्यायपूर्ण, लगानी र आवश्यकता अनि क्षमताका आधारमा भन्दा बहगबण्डा गर्न खोजेको आरोप प्रचण्ड पक्षको छ ।
निर्वाचनका बेला प्रचण्डले बिभिन्न पार्टीका नेता, स्वतन्त्र र पार्टी त्यागेर बसेका, पूर्व पञ्च लगायतका ब्यक्तिहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएका थिए । तिनलाई सभासद बनाइदिने, पार्टीको सरकार निर्माण भए मन्त्री पद लगायत अन्य पदको लोभ देखाएर पार्टीमा भित्र्याएकाले हाल यो समस्या देखिएको माओवादी कार्यकर्ता बताउँदै हिँडेका छन् ।
५४ जनाको सिटमा प्रचण्डले भटाभट आफू निकटका ब्यक्तिहरु प्रस्ताव गरेपछि डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले तत्कालै प्रतिबाद गरेका थिए । पार्टीमा योगदान गरेका, देन दिएका, पिडित, सक्षमलाई स्थान दिनुपर्ने भन्दै भट्टराई र नारायणकाजीले प्रचण्डको प्रस्तावमा असहमती जनाए ।
नारायणकाजी र बाबुराम भट्टराईको गुनासो थियो, जनयुद्दका क्रममा जेलनेल भोगेका, दुख पाएका,पार्टीमा योगदान गरेकाहरुलाई कदर गरिएन । पार्टीमा आफ्ना पक्षकालाई मात्रै स्थान दिन खोजियो । पार्टी भर्तिकेन्द्र जस्तो बन्न खोज्यो । बिबाद बढ्दै गएपछि भट्टराई र श्रेष्ठले पूर्णरुपमा असहमती जनाए । त्यसपछि ‘ल जे गर्नुस् गर्नुस् हाम्रो सहमती छैन यो सूचीमा’ भन्दै प्रचण्ड पक्षले तयार पारेको सूचीमा असहमती जनाउँदै भट्टराई र श्रेष्ठ बाहिरिएका थिए ।
प्रचण्डले यसरि मनलागि आफू निकटका, आफूले पदको लोभ देखाएर भित्र्याएका हरुलाई अहिले आफू निकट बनाउन त्यस्तो सूची तयार पारेको । पार्टीलाई झन बदनाम खोजेको भन्दै पार्टी कार्यकर्ताबिचपनि तिब्र बिबाद भएको छ । बिबादकै बिच प्रचण्ड पक्षले समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा बुझाएको छ । तर बिबाद भएकाले हुन सक्छ त्यो सूची भने तत्कालै गरेनन् । किनकि निर्वाचन आयोगमा बुझाएपनि तिन सम्म त्यो सूची सच्याउन सकिने प्रवधान भएकोले हुन सक्छ । समानुपातिक सभासदको सूची सहमतीमा सच्याउन सक्ने संभावनापनि छ । यदि सच्याईएन र पेलेरै लगेमा प्रचण्ड पक्षको यो पेलानले माओवादी भित्र तिन मुख्य गूट प्रचण्ड, बाबुराम र श्रेष्ठबिच अझ बढ्न सक्छ ।




