बल्खु दरबारबाट सभासद बिक्रि
दुखियाहरुको सानो कोटरी छ काठमाडौको बल्खुमा । गरिब दुखियाहरुको आशाको केन्द्र हो त्यो । मजदूर, सुकुम्बासी, श्रमिकहरुको आशाको मुल थलो हो । कम्युनिष्ट पार्टी एमालेले । भन्नेले दरबार भन्छन् । तर सानो कुटुरो हो त्यो । पार्टी जति ठूलो छ । पार्टीले दुखि गरिबका लागि जति काम गरेको छ । त्यहि काम अनुसारको महल हुनै पर्छ । त्यो अनुसार बल्खुको भवन दरबार होइन । त्यो कुटुरो हो । तर दुखको कुरो, त्यहाँ हुनुपर्ने जे हो त्यो हुन्न । जे हुनु पर्छ त्योपनि हुन्न । जे हुनुहुन्न त्यो हुन्छ । हुँदै आएको छ । जनताको रगत र पसिनामा साथ दिनेहरुलाई गल्हत्याएर त्यो भवनबाट हुने र खानेहरुले सभासद पद बिक्रि गरेका छन् । अर्थात् त्यो बल्खु दरबार सभासद बिक्रि गर्ने थलो, पसल पनि हो ।
आम जनता एमाले कार्यकर्ता राम कुमारी झाँक्री जस्ता कर्मशिल, कर्मठ कार्यकर्ताको उपस्थिति चाहन्छन् संबिधान सभामा । त्यो नारीले अहिलेको प्राजातान्त्रिक हक, ब्यवस्था, गणतन्त्र स्थापनामा बगाएको रगतको पूर्ण मूल्य नपाएपनि बल्खु दरबारको आँगनमा यस्तै पात्र उभिएको देख्न चाहन्छन् । संविधान सभा भन्ने जिनिस जुन पात्रको रगत र पसिना, सामर्थ्य र शक्तिमा स्थापित भयो त्यो पात्रलाई देख्न चाहन्छन् संविधान सभामा । ठाकुर गैह्रे जस्ता संगठनकालागि खटेकाहरुको मूल्य चाहन्छन् कार्यकर्ताहरु । एमाले भन्ने विश्वको सर्बश्रेष्ठ गरिबको पार्टीले आव्हान गर्दा अखिलको सम्पूर्ण सामर्थ लगाएर, स्कूल र क्याम्पस बन्द गराएर, कलम र कापी कतै मझेरीतिर मिल्काउन लगाएर सडकमा बिध्यार्थीहरु ओराल्ने गैह्रेहरुको उपस्थिति चाहन्छन् एमाले कार्यकर्ताहरु । पुराना बिध्यार्थीहरु ।
जनता राम कुमारी जहँक्रिले जन आन्दोलनमा रगतका धारा बगाउँदै आन्दोल्नाको अग्र पंक्तिमा उभिएर अत्याचारीका बन्दूकहरुलाई चुनौति दिएको संझिरहेछन् यतिबेला झलझली । तर गैह्रे र झाँक्रीहरुको त्यहाँ कदर हुन्न । किन ? सभासद पद जनचाहनाले हुन्न । जनताले संविधान सभामा जसलाई देख्न चाहन्छन् त्यसले निर्णय गर्दैन । सभासद हुन खरिद बिक्रिमा माहिर हुनुपर्छ ।
सभासदमा छानिन भ्रस्टाचारी हुन सक्नुपर्छ । ब्यापारी हुनुपर्छ । एमाले नामको सर्बोत्क्रिष्ठ पार्टीमा सभासद बन्न, खासगरि पार्टीले रोज्न नोंटका बिटा लिएर उपस्थित हुनुपर्छ । लिलाम बढाबढमा सहभागि हुनुपर्छ । सभासद पदको बिक्रि, लिलाम बढाबढमा सहभागि भएर खरिद गर्न सक्नुपर्छ । कि खरबपतीकि बुहारी हुनु पर्छ । कि तस्करकी छोरी हुँ भनेर उपस्थित हुनुपर्छ । कि चुनावका बेला पार्टीका उच्च नेताहरुलाई मोटो रकम दिएर सभासद पद खरिदका अग्रिम बहिना गरेको हुनुपर्छ । अग्रिम भुक्तानी गरेर भित्र भित्रै सभासद पद खरिद गर्न सक्षम हुनुपर्छ ।
एमाले पार्टी अरु जस्तो बेकामी होइन । सभासद जस्तो पद सडकमा नारा लगाउँदै हिँड्नेलाई दिने । सडकमा जुलुसको नेत्रित्व गर्नेले पाउने यो पद होइन । हातमा नोटका बिटा बोकेर बल्खु दरबारभित्र नेताका अगाडि जुलुस लगाउन सक्नुपर्छ ।
महल नभएका । सडकमा जुलुस निकाल्ने बेला बाहेक अन्य बेला पार्टीका शिर्षस्थ नेतालाई काम लाग्ने हैशियत नभएका । आर्थिक मामिलामा रित्ताहरुका लागि यो सभासद सुहाउने पद होइन । एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी युग, काल र समय अनुसार चल्न सक्नुपर्छ । यूगनै पैसा, आर्थिक लेनदेन, ब्यापार, उध्योगको छ । यस्तो बेला गरिबका छोरा, गरिबकी छोरीले यो पद पाएर के काम ? उध्योगपती, ब्यापारी, कालाबजारी, तस्कर, घूसखोरहरुको खाँचो हुन्छ । देश विकास गर्न गरिबको झुण्ड लगेर के काम ? पैसावाल हरुको झुण्ड लैजानुपर्छ । चुनाव लड्न सडक आन्दोलन गर्नेको क्षमता होइन दामको, स्रोतको खाँचो पर्छ । देशलाई औधोकिकरण गर्न उद्दमीहरुको जरुरत पर्छ । आर्थिक रुपमा सबल बनाउन अर्थको नभै हुन्न । बल्खु दरबारले त्यसैको जोहो गरेको हो ।
त्यसैले सभासद पद बल्खु दरबारबाट लिलाम बढाबढमा बिक्रि गरिएको हो । जे हुनुपर्ने हो त्यहि भएको हो । एक्काइशौं शताब्दी अनुकूलको क्रान्तिकारी पार्टीले सहि निर्णय गरेको हो । यो निर्णयले एउटी राम कुमारी झाँकी, ठाकुर गैह्रे वा तिनका फाट्ट फुट्ट समर्थकले कोकोहोलो मच्चाएर केहि हुन्न । अर्को चुनावमा अझ धेरै सभासद जिताउन मोटो रकम वर्साउने निर्णय गरेको छ एमालेले । यो उसको सहि निर्णय हो । राम कुमारी र ठाकुर गैह्रे जस्ता भाँडमा जाउन् । बल्खुदरबार जिन्दाबाद । तस्कर, ब्यापारी र घूसखोरहरु जिन्दाबाद !!!





