आरोप प्रत्यारोप र खिचातानीमा माओवादी शिर्ष नेता
अब माओवादीलाई सरकारमा जान कसैले रोक्न सक्दैन भन्थे नाराणयकाजी श्रेष्ठ । प्रचण्डले त हाकै भनेका हुन् ‘अब माओवादीले ४० वर्ष शासन गर्छ’ भनेर । त्यसैले बाबुरामले मुख मात्रै मिठ्याएनन् ‘राष्ट्रपती हुँला भन्ने दाउ’ गरेर । तर संविधान सभामा माओवादी पछारिनु र सडकमा ट्रकले किचिएको पाओको हालत एकै भयो । अब त्यो हालत बनाउने को हो ? यति खेर एकिक्रित नेकपा माओवादीका शिर्ष नेताबिच बिबाब्द चुलिएको छ । निर्वाचन पाओ जसरि पछारिनुको कारण खोज्दै छन् । त्यसको दोष कसका ढाडमा लगेर बिसाउने तिब्र खोजि हुँदा नेताबिच बिबाद, आरोप र कटुता बढ्नु स्वभाविकै हो ।
निर्वाचनमा हारको पूर्ण बिवरणपनि न आउँदै प्रचण्डले धाँधली भएको भनेर आफ्नो ढाडको भारी सुरक्षा निकायतिर, प्रतिपक्षी दल र अ मूक बिदेशी चलखेलका ढाडमा बिसाउन खोजेका थिए । तर त्यो अंशिक कारण हुँदो हो, मूल थिएन । बिस्तारै उनैका पार्टीका नेता, कार्यकर्ताले पत्याएनन् । पार्टी अध्यक्ष भएकाले यसको जिम्मेवारी लिनुपर्ने भो । अनि कसो गर्ने ? प्रचण्ड अझैपनि सुबिस्ता पर्ने ढाडको खोजिमै छन् । त्यो मूल्यको भारी बिसाउन ।
बाबुराम भट्टराई पक्षका नेता यतिखेर बदला लिने दाउमा छन् । नेत्रित्वका लागि प्रचण्डसितै टक्कार नभएपनि पार्टी पहुँचकालागि केन्द्र र स्थानिय तहमा सधैं तानातान हुन्छ । यहि मेसोमा बाबुराम पक्ष प्रचण्डको नेत्रित्वलाई चुनौति दिँदै छन् । बाबुरामका विश्वाशिला टोप बहादुर रायमाझीले त हाकै भनिदिए ‘आकाशमा धेरै उड्नाले जमिनमा ध्यान गएन, हारियो ‘। यो उनको प्रचण्डतिर सोझिएको हो ।
भट्टराई पक्षका नेता यहि मौकामा प्रचण्ड पक्षलाई कमजोर बनाउन चाहन्छन् । पार्टी नेत्रित्व, कार्यकर्ता, पार्टी संरचना र निर्वाचनको समग्र मूल्यांकन हुनुपर्छ । उनीहरुले उठाएको आवाज हो । अहिले । यसको अर्थ प्रचण्डको नेत्रित्व असफल भयो भन्ने उनीहरुको मूल्यांकन छ । तर नेत्रित्व बदल्न सक्ने क्षमता भने उनीहरुसित छैन । पार्टीमा उनीहरु अझैपनि प्रचण्ड भन्दा कमजोर अवस्थामा छन् । नेत्रित्वको प्रश्न उठाएर आफू बलियो बन्ने, आफ्ना पक्षलाई बढि स्थान दिने उनीहरुको रणनिति हुन सक्छ ।
तैपनि यतिखेर बढि बिबाद प्रचण्ड र नारायणकाजी श्रेष्ठकै बिचमा छ । किनभने एक त बाबुराम भट्टराई धेरैजसो प्रचण्डकै पक्षमा थिए । उनीसितै हेलिकोप्टर यात्रामा जाने बाबुराम भट्टराईनै थिए । सुरक्षा निकायको जुलुस अघि पछि लगाएर गाउँ घुम्ने सोखिन नेतामा बाबुरामपनि थिए । नारायणकाजी श्रेष्ठ शुरुदेखिनै भारतीय पक्षमा धेरै निहुरिने बाबुराम र प्रचण्डका बिरोधी थिए । त्यसैलेपनि उनीहरुसित शुरुदेखिनै नारायणकाजीको बिबाद हुँदै आएको हो ।
खासगरि यो बिबाद निर्वाचनपछि आगो झैं पुत्पुताएको हो । माओवादीसहित ३३ दललाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने सोचमा थिए नारायणकाजी । तर मानेनन् प्रचण्डले । निर्वाचनमा तालमेल मिलाएर नजानु र ३३ दललाई निर्वाचन बाहिरै राख्नु पार्टीको दोष हो । त्यो दोष नेत्रित्वले लिनुपर्छ भन्ने गरेका छन् उनले । त्यसको अर्थ उनले सिधा प्रचण्डलाई दोष दिएका छन् ।
प्रचण्ड पक्ष त झन यसै बहुमतमा । के कम ? बैध्य पक्षका नेतालाई पार्टीका सूचना पुर्याएको आरोप लगाउने गरेका छन् । नारायणकाजी माथि । दुई पार्टीका बीचको सम्बन्ध विगार्न लागेको आरोपपनि उनैमाथि लगाउने गरेका छन् । माओवादी र एमाओवादीबीचमा मारमुंग्री मच्चाउने तहको वातावरण बनाउनेनै नारायणकाजी हुन् भनेर प्रचण्ड पक्षकाले बुइँबुइँ मच्चाउने गरेका छन् । यसले झन नारायणकाजी पक्षलाई सनक्क सनक्क बनाएको छ । बहिस्कारको पक्षमा हिँडेको माओवादीलाई सेना लगाएर दबाउने पक्षमा प्रचण्डले भूमिका खेलेका थिए । हो त्यहि विषयलाई सिद्द गर्ने गरि भाषण ठोक्दै, अर्थ लगाउँदै गएर झन ड्यास माओवादीसित दूरी बढाइदिए । आफू साखुल्ले हुनकोलागि । प्रचण्ड पक्षले यस्तो आरोप लगाउँदै आएका छन् ।
पार्टी हार्नुको कारण धाँधली र बिदेशी अद्रिश्य शक्तिको कारण भन्दै अन्टोसन्टो बोलेर पन्छिन खोजिरहेका छन् प्रचण्ड । नारायण काजीले त्यसमा मुकाबिला गरिहाले । जनतालाई कुरा बुझाउन सकिएन । पार्टी प्रचार शैली भड्किलो भयो । पार्टीमा तिब्र कमजोरी रह्यो भनेर । स्थानिय उमेदवार दिनु भन्दा टापटिपे शैली अपनाईयो । पार्टी निर्णय भन्दा ब्यक्तिले मनपरी निर्णय गर्ने गरियो । प्रचण्डको नेत्रित्वलाई उनले यसरि तत्कालै चुनौति दिएका थिए ।
यहि मेसोमा डा भट्टराईपनि प्रचण्डसित बदला लिन खोजिरहेका छन् । सजिलोपनि यहि बेला छ । नेत्रित्वको हार भएको भन्दै प्रचण्डलाई राजिनामा दिन लगाउन भट्टराई पक्षले भित्रभित्रै आवाज उठाइरहे का छन् । टोप बहादुर रायमाझीले ‘यसको जिम्मेवारी नेत्रित्वले लिनुपर्छ’ भनेर हाँक दिनुको अर्थपनि य्है हुन सक्छ ।
बाबुरामको चलाखीपनि गज्जबकै छ । आफू सिधा नदेखिने । प्रचण्डको राजिनामा मागेर आफू पाएसम्म नेत्रित्वमा पुग्ने । आफ्ना निकट मार्फत यो खेल भट्टराईले खेलिरहेको प्रचण्ड पक्षले आरोप लगाइरहेको छ ।
उता नारायणकाजी पक्षको दाउ फेरि छुट्टै छ । पाए आफ्नै नेत्रित्वमा होस् । नसके बाबुराम पक्षमा नेत्रित्व नजाओस् । किनभने बाबुराम त झन भारतीय पक्षका हुन् । बाबुराम आएभने पार्टी झन पूर्णरुपमा भारतीय दलाली गर्ने बन्छ । त्यसैले बाबुराम भट्टराईलाई स्विकार्नु भन्दा प्रचण्डकै नेत्रित्व स्विकार्नेमा नारायणकाजी पक्ष छ ।
उता बाबुरम पक्ष भने शुरुदेखिनै नारायणकाजी पक्षसित असन्तुष्ट रहँदै आएको छ । प्रचण्डले आफूलाई भन्दा उनलाई काखि च्यापेको । बढि विश्वाश गरेको । बढि स्थान दिएको । उचालेको । उनलाई काखि च्यापेर आफूलाई पेलान दिने गरेको आरोप लगाउँदै आएका छन् । यहि मेसोमा बाबुराम पक्ष प्रचण्डलाई कमजोर पार्न चाहन्छन् ।
उता भट्टराईमाथि नारायणकाजीको आरोपपनि कम छैन । राष्ट्रियता बिरुद्द काम गरेको । बिमानस्थलको सुरक्षा भारतलाई दिन लाग्दा आफूले परराष्ट्र मन्त्रीका तर्फबाट रोकिदिएको । अनावश्यक बिप्पा संझौता गरेर भारतलाई खुशि पारेको । हतारिएर पहिलो संविधान सबह बिघटन गरेको । भारतीय पक्षको विश्वास जित्न खोजेको ।
बाहिर धाँधलीको कुरा उठाउँदै भित्र भित्रै एक आपसमा मारामार गरिरहेका माओवादीले पौष ९ गते केन्द्रीय समितिको वैठक डाकेका छन् । त्यहाँ घम्साघम्सी हुने स्थिति छ । नेत्रित्वको आलोचना तिब्र भएपनि नेत्रित्व बदलिएला भन्ने संभावना भने तत्कालै छैन । किनभने एकातिर नारायणकाजी र भट्टराई पक्ष मिल्दैनन्न् । ति नमिलेसम्म प्रचण्डलाइ चुनौति दिएर ढाल्न सक्ने हैसियत तिनले एक्लाएक्लै राख्दैनन् । तैपनि एकिक्रित नेकपामाओवादीले कस्तो निति अपनाउँछ ? कता जान्छ यसको धार ? यसमा भने केहि परिवर्तन हुन सक्छ !




