राजतन्त्रका नाममा भोट लिएपछि राजाबादीलाई लोप्पा

जनक पौडेल

kamal-thapa-gyanendra

राजा फाल्न गरिएको गत जनआन्दोलनताका धेरैले आस्था त्यागे । स्वार्थ परुन्जेल राजा, राजदरबार र राजतन्त्रको छत्रछायाँमा बसेर सत्ता र शक्तिको फाईदा लिएका धेरै गणतन्त्रबादी बने । राजा फालिएपछि । तर कमल थापा यस्ता एक्ला ध्रुव तारा जस्ता देखिए कि उनले ज्यान जाला अँहँ राजतन्त्र छोडेनन् । राजतन्त्रबादीलाई कार्यक्रमपनि गर्न नदिएर उनी कति ठाउँबाट त लघारिएपनि । तैपनि उनले राजतन्त्र त्याग्न सकेनन् । त्यसैका पक्षमा लागिरहे । त्यसैको वकालत गरिरहे । पूर्व राजा ज्ञानेन्द्रले कमल थापालाई विश्वास गर्दैनन् पनि भनियो । तरपनि उनले त्यसलाई बेवास्था गरे। ब्यक्ति विशेषको समर्थन र बिश्वाश हेरेरनन् कि समग्र रुपमा राजतन्त्रकै पर्खाल बनेर उनी उभिए । संविधान सभाको यो दोस्रो निर्वाचनमापनि संवैधानिक राजतन्त्र भनेरै मत मागे । उनको पार्टीलाई जनताले चौथो शक्ति बनाइदिए । तर उनी धोकेबाज रहेछन् । भोट लिएपछि उनले धेरैलाई धोका दिईसकेका छन् । 

राजतन्त्र घिटिर घिटिर हुँदासम्मपनि उनी ग्रिहमन्त्री थिए । पूर्व राजा ज्ञानेन्द्रले सबैभन्दा बढि पत्याएका । विश्वास गरेका । अन्तिमसम्मपनि गणतन्त्रबादीको आन्दोलन दबाउनै कस्सिएका थिए उनी । गणतन्त्र आएपछि पनि उनले गणतन्त्रको बिरुद्द आफ्नो सामर्थन केन्द्रित गरिरहे । नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्दै वकालत गरिरहेका छन् । कि त संवैधानिक राजतन्त्र राख्नु पर्छ । कि राजतन्त्र राख्ने कि नराख्ने जनतामा लगेर परिक्षण गरिनुपर्छ । त्यसकालागि जनमत संग्रह गरिनुपर्छ भन्दै आए । राजतन्त्रलाई संवैधानिक रुपमा राख्नै पर्छ । नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनु पर्छ भनेरै उनले संविधान सभाको दोस्रो निर्वाचनमा मुख्य मुद्दा बनाए । त्यहि नारा लिएर मत मागे । जनतासित ।

उनको चुनावी घोषणा पत्रमा त्यहि उल्लेख थियो । स्पष्ठसित । जसले जे भनेपनि कमल थापालाई मत दिनेहरु हिन्दू राज्य र संवैधानिक राजतन्त्रका पक्षमा रहेछन् भनेरै बुझ्नुपर्छ । किनभने जनताले जसको जस्तो घोषणापत्र छ त्यसैमा मत दिने हो । निर्वाचनका प्रतिबद्दताहरु हेरेर मत दिने हो। जनआन्दोलनले राजा फालेपछि राजनितिक दलहरुको घुस्याहा शैली, महँगी, अशान्ति, राजनितिक खिचातानी र राजनितिक अनिर्णयको बन्दि बनाएकाले बरु राजतन्त्रै ठिक भनेर जनता वाक्क भएको पनि कमल थापाले पाएको मतले संकेत गर्यो । बरु राजतन्त्र आए एउटा राजा र तिनका परिवारले खालान्, अहिले त नेताहरुका लस्करले पालै पालो देश लुट्ने भए भनेरपनि कमल थापालाई मत हालेको देखियो । बरु हिन्दू राज्य हुँदा यति बिघ्न अशान्ति थिएन । धर्मका नाममा झन धेरि राजनिति र अशान्ति मच्चाउन थाले भनेर पनि कमल थापाको नारालाई बिकल्पका रुपमा धेरैले मत दिए । नेता र दलबाट वाक्क बनेकाहरुले उनलाई मत दिएका हुन् ।

त्यहि मतले उनी चौथो शक्ति बने । उनलाई त्यो चौथो शक्ति बन्न एक्लो प्रयासले संभव थिएन । उनको पार्टीको प्रयाश मात्रै यथेष्ट थिएन । निर्वाचन अगाडि राजतन्त्रकालागि पूर्व राजा र उनको परिवारले खेलेको भूमिकापनि महत्वपूर्ण थियो । पूर्वा राजा ज्ञानेन्द्र देश दौडाहामा दगुरेका थिए । ठ्याक्क चुनाव अघि। कतै धर्मका नाममा । कतै पूजाका नाममा । कतै बाढी पिडितलाइ राहत बाँड्ने नाममा । उनकी बुहारी हिमानी शाह आफ्नै नाममा खोलिएको हिमानी ट्रष्टका नामबाट उसैगरि लुगाफाटा बाँड्दै गाउँ गाउँ चहारेकि थिईन् । राजतन्त्रका पक्षधर जतिले कमल थापालाईनै विश्वाश गरे । हिन्दू धर्मका पक्षधरलेपनि उनैलाई साथ दिए । दलहरुको मनपरि र अनिश्चयताबाट वाक्क दिक्क बनेकाको समर्थनपनि कमल थापालाईनै गयो । यति गर्दापनि कमल थापाले गुन देखेन भनेर अहिले उनीसित गुअनसो गर्नेहरुको संख्या हजारौं भैसकेको छ । जसले मत दिए उनैले उनीसित गुनासो गरिरहेका छन् । राजतन्त्रबादीहरुनै आगो बनिरहेका छन् ।

कमल थापाले राजतन्त्र बिघटनपछि असन्तुष्टहरु जति सबैको मत सोहोरे । हिन्दू धर्म र संवैधनैक राजतन्त्रका पक्षमा भन्दै मत मागे । मत पाएर बिजयी भैसकेपछि उनले राजतन्त्रबादीलाइ मात्रै धोका दिएका छैनन् । हिन्दू धर्मका पक्षधरलाईपनि लात्ता हानिदिएका छन् । हिजो जे बचन दिएर मत मागे । आज उनी त्यसैको बिपक्षमा उभिएका छन् । किनभने जित्नासाथ उनले राजतन्त्र बिघटन भैसकेकाले अब आफ्नो पार्टी नयाँ शिराबाट अगाडि बढ्ने, राजतन्त्र पूनर्गठित हुन नसक्ने बताउँदै हिँडे । यो राजतन्त्रबादीलाई धोका हो । यो उनले पाएको समर्थकमाथिको धोका हो । पूर्व राजाबादीहरुलाई खुवाएको लोप्पा हो ।

अरु दल, गणतन्त्रबादी राजनितिक दलहरुलाई उनले बैमान, राजनितिक अडान नभएको भन्ने आरोप लगाउँदै आएका थिए । उनी आफैंपनि धोकेबाज, अडान नभएका देखिए । उनले जे भनेर मत मागे, लिए आज तिनैलाई धोका दिएका छन् । राजतन्त्रबादीको समर्थन लिएर लोप्पा खुवाईदिएका छन् । पूर्व राजा र उनको परिवारले गरेको घुमाउरो समर्थनमाथिपनि उनले आगो झोसिदिएका छन् । उनी चौथो स्थानमा आउनसाथ एक्कासि आफ्ना अडान त्यागेर राजतन्त्रलाई समर्थन गर्न नसक्ने बताउँदै हिँडेका छन् । यो गणतन्त्रबादीहरुका लागि ज्यादै खुशिको खबर हो । तर उनी स्वयंकालागि भने उनको यो धोका, द्वैध चरित्र आगामी निर्वाचनमा घातक बन्न सक्छ । जसरि एमाओवादीले आफ्ना एजेन्डा त्यागेकोले उसलाई जनताले झाप्पड दिए । उसैगरि अर्को निर्वाचनमा कमल थापाको हैशियत शुन्य बन्न सक्छ । राजनितिमा ईमान्दारिता, बचनको पक्का, आफ्ना नितिहरुमा अडान राख्न नसके तत्कालिन फाईदा त होला । दिर्घकालिन रुपमा भने त्यसले क्षती गर्छ गर्छ ।

तपाइँको प्रतिक्रिया